नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Wednesday, December 29, 2010

असहमतिले उब्जाएको अविश्वास > सुधिर अर्ज्याल .

विडम्बना, नेपालका राजनीतिक दलहरूबीच र भित्र घातप्रतिघातको खेल सधैँ चलिरहेको छ। निरन्तरको राजनीतिक द्वन्द्वबाट उत्पन्न अशान्तिले सामान्य नेपाली पीडित भएका छन्। लाग्छ, नेपालीहरू यसैगरी पिल्सिन अभिशप्त छौँ। यस्तो अन्योलपूर्ण अवस्थाका लागि हिजो निरंकुश राजतन्त्रात्मक व्यवस्थालाई दोष दिएर उम्कने ठाउँ थियो। तर मुलुकमा गणतन्त्र आइसकेपछि पनि सर्वसाधारण नेपालीको अनुहारमा हाँसोको रेखा देख्न नपाउनुको दोष अन्यत्र दिएर राजनीतिक दलका नेताहरू अब उम्कन पाउँदैनन्। समयमै नयाँ संविधान जारी गरेर राजनीतिक गतिरोध अन्त्य गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलले मतदाताबाट जिम्मेवारी पाएका हुन्। तर उनीहरू यसमा केन्द्रित हुनुको साटो सत्तामा कसरी पुग्ने र टाँसिने ध्याउन्नमै लिप्त भए। यही कारणले देश अप्ठेरोमा पर्दैछ। सत्तामा पुग्न र त्यहाँ अडिन जुनसुकै सहमति ,समझदारी एव विश्वास तोड्न तम्सने संस्कारले निम्त्याउने दावानल सल्किन अब ६ महिनापनि बाँकि छैन।
नेपालको आधुनिक इतिहासमा राजनीति खासगरी २००७ सालपछि प्रायः अस्थिर नै रह्यो। यस अस्थिरताको लागि धेरै हदसम्म निरंकुश राजतन्त्र नै जिम्मेवार थियो। राजतन्त्र ०७ सालदेखि १५ सालसम्म दलहरूबीच झगडा गराउन लगाउन सफल रह्यो। त्यसपछि २०१५ सालमा निर्वाचन
गराए पनि जननर्िाचित संसद् र त्यसका नेता बीपी कोइरालाको सरकारलाई १७ महिनामा नै विघटन गरेर राजा महेन्द्रले रोपेको निरंकुशताको वृक्ष २०४६ सालसम्म झांगिइनै रह्यो। विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि जनताको हातमा शासन आयो भनेर जनता स्वाभाविकरूपमा खुसी भएका थिए । तर दलहरूबीच मात्र होइन पार्टी भित्रै पनि चलेको घातप्रतिघातको खेलले गर्दा निरंकुश राजतन्त्रले टाउको उठाउने मौका पायो। सात राजनीतिक दल एवं एनेकपा (माओवादी) बीच १२ बुँदे सहमति भएपछि ०६२-०६३को जनआन्दोलन भयो। त्यसले निरंकुश राजतन्त्रलाई जरैदेखी उखेलेर समाप्त पारिदियो। आपसी सहमति, समझदारी एवं विश्वासका कारण यो सम्भव भएको थियो। तर जनताको छोराको हातमा सत्ता आउनेबित्तिकै थालिएको सत्ता केन्द्रित राजनीतिले सबै राजनीतिक दललाई असहमति, असमझदारी एवं अविश्वासको माखेसाङ्लोमा पार्‍यो। त्यसले गर्दा गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान कतै वीरबलको खिचडी हुने हो कि भन्ने शंका जनमानसमा व्याप्त हुन थालेको छ।
विगतमा सहमतिको राग अलापिरहेका नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आँफू सत्तामा जाने सम्भावना देखिने बित्तिकै बहुमतीय सरकारका लागि पनि आफनो पार्टी तयार रहेको भन्ने निर्णय गराई नयाँ दाउ फयाँक्नु भएकोे छ। हुनत तटस्थताको अडानमा रहेका पार्टीहरूको निर्णयलाई सर्वोच्च अदालतको आदेशले औचित्यहीन साबित गरिसकेको सन्दर्भमा यसलाई भूल सुधारका रूपमा लिनुपर्ने हुन्छ। तर ...चित आयो भने मैले जितेंँ, पट आयो भने तैंँले हारिस् ' भन्ने नियत राखेर गरिने कुनैपनि प्रस्तावले मुलुकलाई निकास दिन सक्दैन। राजनीतिक निकासको प्रस्ताव राख्दा जसले पनि सत्ताको साँचो आफनै हातमा रहनुपर्छ भन्ने मानसिकता राख्नाले ६ महिनाभित्र नयाँ संविधान आउने सम्भावना क्षीण हुँदै गएको छ।
अन्त्यहीन राजनीतिक गतिरोधलाई निकास दिन संविधान सभामा प्रतिनिधित्व गर्ने २७ वटै दल अब गम्भीर हुनुको विकल्प छैन। यसका लागि नेतृत्ववर्गले आत्ममूल्यांकन गर्न जरुरी छ। आँफूलाई बिर्संदा माझीहरूले दुःख पाएको कथाको अवस्था नहोस्।
एकपटक उर्लदो नदीमा नाउ चडेर २७ जना माझी पारी गएछन्। पारी पुगेर गन्दा २६ जनामात्र पुगेपछि उनीहरू रुनकराउन थालेछन्। माझीहरूको कुरा सुनेर त्यहींँ छेउमा उभिरहेको बटुवाले गन्दा भने २७ जनै पुगेछन्। भएको के रहेछ भने, नाइके माझीले आँफूलाई गन्न बिर्सेर अरूलाई मात्र गन्दा २६ जना
पुगेको रहेछ। त्यसैगरी अहिले २७ वटै दलले निर्वाचनरूपी खोला तरेपछि आफूबाहेक २६ वटा दललाई दोषी ठान्नाले अन्योल दिनप्रतिदिन बढ्दै गइरहेको हो। त्यसैले समग्र मुलुकको निकासको लागि पहिले आफैँलाई अघि सार्न सकेमात्र २७ वटै दलले संविधान सभारूपी नाउलाई सकुशल पार लगाउन सक्छन्। अन्यथा, असहमतिले गर्दा असमझदारीको थुप्रो त्यसमा थपिंदै गई अविश्वासको खाडल गहिरिंदै जान्छ। अनि अविश्वासको खाडलमा हालिने समझदारीको जग सानो असहमतिमा पनि सहजै भत्किन गई देशै लथालिंग हुन पुग्दछ। अहिले मुलुक त्यही अवस्थामा पुगेको छ। तसर्थ, संविधान सभाका २७ वटै दलले कुनै छलफलमा बस्नु पूर्व आत्ममूल्यांकन गर्न सकेमात्र देशमा मेलमिलापको नयाँ बिहानी उदाउनेछ। होइन, लथालिंगे देशको भताभुंगे चाला, जहाँ जाला उहीं खाला भन्ने हो भने के भन्नु?

Saturday, December 11, 2010

सके रामचन्द्र पौडेल नत्र माधवकुमार नै

(मदनमणि दीक्षित), चमत्कार ! अचम्म !! नेपालमा निर्वाचित प्रधानमन्त्री नरहेको अवस्था अब ५ महिना भयो।

विश्वकै निम्ति यो अचम्मको स्थिति हो यो स्थितिप्रति भारतीय नेताहरु चिन्तित रहेकोबारे २० मार्गको दिन पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतमा २१ दिनको भ्रमणपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा विमानबाट अवतरण गरेपछि साचारमाध्यमसामु प्रकट गरिएको चिन्ता हो। ज्ञानेन्द्र शाहका अभिव्यक्तिहरुमा संवैधानिक जिम्मेवारी रहँदैन तथापि नेपालको राजनीतिबारे ५० वर्षभन्दा बढी समयदेखि उहाँमा निरन्तर जानकारी छ। अतः उहाँको भनाइमा म अधिक जिम्मेवारी अनुभव गर्ने पक्षमा छु।

देशको प्रधानमन्त्रीको रुपमा माधवकुमार नेपाल हुनुहुन्छ तर काम चलाउ’ रुपमा। काम चलाउ किनभने नेपालको संसद्ले उहाँमाथि कुनै महाअभियोग वा अविश्वास प्रकट गरेको होइन कि उहाँकै पार्टीका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिन नेपालमाथि परोक्ष तवरमा प्रबल दबाब दिएर प्रधानमन्त्री पदबाट राजीनामा गर्न बाध्य तुल्याइएको थियो। त्यसो किनभने खनाल स्वयम् देशको प्रधानमन्त्री हुन आफै चाहन्थे। झलनाथ खनालको दबाबमा माओवादी अध्यक्षको परोक्ष दबाब थपिनाले पनि माधवकुमार नेपाल काम चलाउ प्रधानमन्त्रीमा परिणत हुनुभएको हो। यही स्थितिलाई भारतीय नेताहरुले समेत अचम्मको चमत्कार तर लोकतन्त्र निम्ति अमान्य व्यवहार ठानेका थिए होलान्।

५ महिनाभन्दा बढी समयदेखि प्रधानमन्त्री नेपाल काम चलाउ अवस्थामा हुनुहुन्छ। कारण ५ महिनाको बीचमा संसद्ले प्रधानमन्त्रीका उम्मेदवार निम्ति १६ पटक मतदान गरिसक्यो तर कुनै पटक पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न सकेनन् किनभने माओवादी र एमाले दुई पार्टीले आफ्ना सांसद सदस्यहरुलाई नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलको नाममा मतदान नगर्न ह्वीप जारी गरेका थिए। १६औं पटक भइसक्यो रामचन्द्र पौडेल एक्लालाई प्रधानमन्त्री पदमा निर्वाचित हुनबाट त्यसरी रोक लगाइएको थियो तथा कथित संसदीय अभ्यास अनुसार नै ! यो पनि अचम्मकै स्थिति हो।

रामचन्द्र पौडेलले किन प्रधानमन्त्री पदमा निर्वाचित हुनबाट वंचित हुनुभयो के निर्वाचनमा एक्लो उम्मेदवार हुनु अपराध हो नेपालको संविधानले अथवा संसदीय नियमावलीले एक्लो उम्मेदवार हुनु अथवा एक्लो उम्मेदवार गराइनु के अपराधको स्थिति ठहर्याएको छ त्यस्तो देखिँदैन। रामचन्द्र पौडेलले चाहेर आफू एक्लो उम्मेदवार भएका त होइनन नै। पहिलो पटकको निर्वाचनमा झलनाथ खनाल आफ्नो महत्वाकाङ्क्षाको शिकार भएर आफै समर्थकहरुको संख्या जुटाउन नसकी निर्वाचित हुनबाट पराजित भए। दोस्रो निर्वाचनदेखि सातौं निर्वाचनसम्म प्रधानमन्त्री पदमा दुई जना उम्मेदवार थिए। ती निर्वाचनहरुमा पुष्पकमल दाहालले पनि आफूहरुले प्रस्तुत गरेका राष्ट्रिय सहमतिको आधारमा समर्थन प्राप्त गर्न नसकेका हुँदा पराजयमा पुगी आफ्नो उम्मेदवारीलाई अन्त्य गरे।

त्यसरी प्रधानमन्त्री पदमा शुरुमा तीन जना र सातौं निर्वाचनसम्म आइपुग्दा दुई जना उम्मेदवार बाँकी रहे। आठौं पटकको निर्वाचनमा प्रधानमन्त्री पद निम्ति रामचन्द्र पौडेल एक मात्र उम्मेदवार बाँकी रहेका हुँदा मतदान प्रकि्रयालाई नै अन्त्य गरेर एक्लो उम्मेदवारलाई नै प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा किन गरिएन त्यो अवस्था आठौंदेखि १६औं निर्वाचनसम्म जस्ताको त्यस्तै छ। रामचन्द्र पौडेल एक्लो उम्मेदवारको रुपमा बाँकी रहनुभएको हुँदा उहाँलाई देशको प्रधानमन्त्री भनी घोषणा गर्नेबाट माओवादी पक्षले ल्याएको राष्ट्रिय सहमित’जस्तो अप्राकृतिक प्रधानमन्त्री पदको निर्वाचन निम्ति कुरा गरेर संसदीय प्रणालीलाई नै अवरुद्ध तुल्याइयो।

संवत् २०६२ को मङ्सिरमा दिल्लीमा त्रिपक्षीय सम्झौता भएर १२बुँदे सहमतिमा पुगेर माओवादीले सशस्त्र सङ्घर्षलाई रोकी संवैधानिक बाटोमा आफूलाई अग्रसर तुल्याउँदा त्यो पार्टीले आŠनो आन्तरिक अनिक्षावश शान्तिलाई रोजेको रहेछ तर १२बुँदे सम्झौतापछि मौका पाउनासाथ थरिथरिका बिङगो र असम्भव सिद्धान्तहरु उपस्थित गरेर आफ्नो दललाई फेरि मुलुकमा सशस्त्र विद्रोहमा उतार्ने षड्यन्त्र गर्दै आएको रहेछ। अहिले प्रधानमन्त्री पदको निर्वाचनलाई राष्ट्रिय सहमति भन्ने गैर संवैधानिक पद्धतिद्वारा १६ पटकसम्म अवरुद्ध तुल्याउनुको कारण खोजी रहन नपर्ने देखा परिसक्यो। यो अवधारणामा असत्यता छ भने प्रधानमन्त्री पद निम्ति बाँकी रहन गएका एक जना उम्मेदवारलाई नै तुरुन्तै विजयी भनी घोषित गर्नु जरुरी भएको छ।

त्यसो नगर्ने हो भने संसद्मा बहुमत प्राप्त गरी प्रधानमन्त्री पदमा विजयी भएका र सो पदमा वर्ष दिनदेखि समयानुसार सफल हुँदै गएका प्रधानमन्त्री माधवकुमार नेपालको पदबाट राजीनामालाई अस्वीकार गरी काम चलाउ सरकार भन्ने स्थितिलाई अन्त्य गरी फेरि उहाँलाई नै देशको प्रममा पुनःस्थापित गर्नु अनिवार्य आवश्यकताजस्तो भएको छ। यस विषयमा गत मङ्गलबार २१ मार्गमा यसै छापामा प्रकाशित रौतहट जिल्लाका पेशागत महासंघका अध्यक्ष रहनुभएका लेखनाथ कोइरालाद्वारा लिखित वर्तमान सरकार नै निर्विकल्प देखिँदै शीर्षकअन्तर्गतको लेखलाई म आफ्नो हार्दिक समर्थन अर्पित गर्छु।

उक्त अत्यन्तै पठनीय र अनुसरणयोग्य लेखको छोटकरी सारांश यस्तो छ- आजको विकल्प भनेको वर्तमान सरकारलाई नै निरन्तरता र वैधता प्रदान गर्नु हो। यसका लागि दुई तरिका अपनाउन सकिन्छ- पहिलो व्यवस्थापिका-संसद्बाट बहुमत सिद्ध गर्ने अवसर दिने दोस्रो सुविधाजनक बहुमत हुँदाहुँदै राजीनामा गर्न बाध्य पार्ने नेताहरुले आत्माआलोचनासहित राजनीतिक निर्णयका साथ राजीनामापूर्वको अवस्थामा फर्काइएको घोषणा गर्ने। अन्यथा अनन्तकालसम्म सरकार बनाउन पनि नसक्ने भएको सरकारलाई काम चलाउको बिल्ला भिराएर दैनिक प्रशासन साचालन गर्न समेत प्रतिबन्ध लगाउनु त संसारको आठौं आश्चर्य नभएर अरु के हुन सक्छ ?

लेखनाथ कोइरालासित मेरो कुनै पनि परिचय छैन। उहाँको राजनीतिक समर्थन अथवा झुकाव कतापट्टि छ भन्ने बारे पनि मलाई थाहा छैन। उहाँले भन्नुभएको छ- अनन्तकालसम्म सरकार बनाउन पनि नसक्ने भएको सरकारलाई काम चलाउको बिल्ला भिराएर दैनिक प्रशासन साचालन गर्न समेत प्रतिबन्ध लगाउनु त संसारको आठौं आश्चर्य नभएर अरु के हुन सक्छ उहाँ प्रश्न गर्नुहुन्छ गत ३ मार्गको व्यवस्थापिका-संसद्मा भएको हातपात अल्पमतद्वारा बहुमतमाथि एकाधिकार लाद्ने कोशिश हुन्। उहाँले गम्भीर प्रश्न उठाउनुभएको छ- महिनौंसम्म पनि सरकार बन्दैन भने कति दिनसम्म काम चलाउको नाममा मुलुकलाई समग्रबन्दी बनाउन सकिन्छ। यस अवस्थामा संसद्को अधिवेशन ३ मार्गको कारणले अन्त्य गरिएको अवस्थामा ३ मार्गको घटना गराउनेहरुलाई दण्ड सजाय नगरुन्जेल र माओवादी पार्टीले सो घटनाबारे सार्वजनिक तवरमा माफी नमागुन्जेल अधिवेशन आ³वानको कुनै औचित्य देखिँदैन। सत्य हो ३ मार्गको घटनालाई अनुचित भनी ठहर गरेर क्षमा नमागुन्जेल उक्त घटना यथावत् बारम्बार दोहोरिन सक्छ भन्ने सत्यलाई पुष्पकमल दाहाल अथवा झलनाथ खनालले कसै गरी पनि इन्कार गर्न सक्लान् र
समष्टिमा भन्दा अहिलेको संसदीय गतिरोधलाई अन्त्य गरी मुलुकमा लोकतन्त्रलाई जीवित राख्ने हो भने या त लोकतान्त्रिक सिद्धान्तअनुसार एक्लो उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएको घोषणा गर्ने नत्र माधवकुमार नेपालको सरकारको काम चलाउ स्थितिलाई अन्त्य गरी उहाँको पदबाट राजीनामा गरेकोलाई विधिवत् समाप्त गरी उहाँलाई नै मुलुकको निर्विकल्प सरकारको प्रधानमन्त्री घोषणा गर्ने उत्तम उपाय हुन सक्छ।

Sunday, December 5, 2010

नागरिक समाजको भूमिका खै ?

देवीप्रसाद आचार्य), नागरिकको स्वतन्त्र पहिचान आधुनिक राज्य व्यवस्थाले दिएको एउटा महत्वपूर्ण योगदान हो । समाजका शिक्षित र चेतनशील अग्रदुतहरुको गैर राजनीतिक संघ नै नागरिक समाजको पहिचान हो ।

प्राचीन समाजमा पनि विभिन्न संघसंस्थाहरुको माध्यमद्वारा समाजका विविध समस्याहरु समाधान गर्ने प्रचलन भएको पाइन्छ । गुठी पर्म ढिकुर आदि सामाजिक संस्थाहरुको प्रचलन र यसले विकास गरेको संस्कृतिले मानिसको अवस्था र जन्ममा आधारित विशेष सुविधालाई मात्र जीवनयापन गर्ने शैलीको मात्र पृष्ठपोषण नगरी सर्वो हितायको लागि काम गरेका थिए ।

नेपालमा विभिन्न कालखण्डमा नागरिक समाजको स्वरुप र अस्तित्व विविध प्रकारको देखिए तापनि खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपछाडि यसको सक्रियता देखिएको हो । प्रजातन्त्र पूर्ण बहालीका प्रारम्भिक समयमा नागरिक समाजले समसामायिक चेतना फैलाउने प्रजातन्त्रको सुदृढीकरणका लागि खबरदारी गर्ने वैदेशिक हस्तक्षेपको विरुद्धमा आवाज उठाउने जस्ता चेतनामूलक कार्यमा संलग्न देखिन्छ । दोस्रो जनआन्दोलन २०६२/०६३ मा राजतन्त्रविरुद्धको नारामा सम्भवतः नेपालको इतिहासमै विभिन्न तह र क्षेत्रबाट नागरिकहरुको सहभागिता राजनीतिक नेता र कार्यकर्ताकोभन्दा अगाडि देखियो । जनाताले चाहे भने राजनीतिक दलका नेता पार्टी र कार्यकर्ताहरुलाई पछाडि पार्दै प्रजातन्त्र स्वतन्त्रता र शान्तिका लागि नागरिकहरु अग्रपंक्तिमा आउन सक्छन् र परिवर्तनको ढोका खोल्न सक्छन् भन्ने प्रमाण दिएका छन् ।

यतिखेर राज्यका अगाडि जटिल प्रश्नहरु खडा भएका छन् । संघीय गणतन्त्रको पण्डित्याइँले व्यवहारतः समाधानका उपायहरुको खोजीमा राजनीतिक दलहरु लागेका छैनन् । पार्टीगत स्वार्थ र आत्मगत चिन्तनले देशमा भाँडभैलो मच्चिएको छ । जनताले आर्थिक सामाजिक र राजनीतिक नियन्त्रण गुमाउँदै गएकाले प्रजातन्त्रको नागरिक नियम घट्दै गएको छ । अहिले राज्यमा जटिल समस्याहरु छन् । संघीय गणतान्त्रिक संविधान निर्माण गर्न शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर मात्र पनि नेपाली समाजमा रहेको समस्या पूर्ण रुपमा हल हुन सक्दैन । गरिबी कम गर्नु सामाजिक विभेदको अन्त्य गर्नु राजनीतिक पृथकतासँग जुध्नु र उत्तर आधुनिक कालका लोकप्रिय तथा आधारभूत आवश्यकता जस्तै लेड्डिक वातावरणीय मानवअधिकार शिक्षामा समान पहुँच स्वास्थ्य सेवासम्बन्धी समस्याहरु समाधान गर्नु पनि आजका जल्दाबल्दा विषयहरु हुन् ।

प्रजातन्त्रलाइ केवल उपयोगितावादी दृष्टिकोणले मात्र हेरिएको छ । यस्तो चिन्तनले प्रजातन्त्रको आधारलाई भत्काइदिएको छ । जनता राजनीतिक पार्टी र उनीहरुका क्रियाकलपसँग सन्तुष्ट छैनन् । ८० प्रतिशतभन्दा बढी गाउँका दूरदराजका बासिन्दाहरुमा विकासको पहुँच शून्य छ । ४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । राज्यका आन्तरिक विषयवस्तुहरुमा राजनीतिक दलहरुबीचको आन्तरिक कलहले वैदेशिक हस्तक्षेप बढ्दो छ । राष्ट्रियता सार्वभौमिकता र इतिहासको कालखण्डमा देश अहिले गम्भीर अवस्थाबाट गुज्रिइरहेको छ । यस्तो परिस्थितिमा राज्यका विभिन्न संघसंस्थाहरु नागरिक समाज शिक्षक विद्यार्थी प्राध्यापक पत्रकार वकिललगायत हरेक तह र तप्काका जनसमूह निरंकुश व्यवस्थाको विरुद्धमा अप्रिल क्रान्तिमा होमिएका थिए र सदियौंदेखि जरा गाडेको राज्यव्यवस्थाको अन्त्य भई नयाँ नेपालको शुरुआत भएको थियो । तर हालैका दिनमा भने राज्य व्यवस्थापन र विकास गर्न राजनीतिक दलहरु असफल प्रायः भइरहेको देखिन्छ । यस्तो अवस्थामा कुनै राजनीतिक संस्थाको क्याडरभन्दा नेपाल राष्ट्र ठूलो हो भन्ने अवधारण शिक्षित र दीक्षित जनसमूहमा परिरहेको छ ।

नेपाली जनता शान्ति सुरक्षाको प्रत्याभूति चाहन्छन् । आर्थिक र सामाजिक विकास चाहन्छन् । संविधान बनाउन पठाएका नेताहरु गतिहीन भएका छन् । उनीहरुले जनविश्वास गुमाउँदै गएका छन् । यस्तो अवस्थामा नागरिक समाजका अग्रदुतहरुले बुद्धिजीवी र राष्ट्रवादीहरुको सहयोग लिँदै संविधान निर्माण र शान्ति स्थापनाको लागि दबाबमूलक कार्यक्रमहरु गरेको खै जनता कुइरोको काग जस्तै अलमल्लमा परेका छन् । प्रत्येक दिनका दलका छेपारे छलफल र कुटिल चालबाजीले नागरिकहरु निराश वाक्कदिक्क र पीडित भएका छन् । नागरिकहरुको चाहनाको नेतृत्व दलहरुले गर्न नसक्दा देश दिनानुदिन अधोगतिमा जाँदै छ । राष्ट्रिय ढुकुटीबाट जनताको पसिनाबाट आर्जित धनराशि कुम्ल्याउने दलगत राजनीति गर्ने जनताको भावनालाई कुल्चने राजनीतिलाई स्वार्थकेन्द्रित विषय बनाउने र देशलाइ बर्बाद पार्ने नेताहरुलाई खबरदारी गर्न ढिलो भइसकेको छ ।

अब जनताले कतिसम्म सहने यसको नेतृत्व नागरिक समाजले गर्नुपर्छ । नागरिक समाज के गर्दै छ राज्यको जटिल स्थितिमा यो संस्थाको भूमिका खै नागरिक समाज किन चुपचाप बस्दै छ जनताको दबाब नभई परिवर्तन सम्भव छैन । राजनीतिक दलहरुले कार्यकर्तालाई प्रजातान्त्रिक चरित्रभन्दा पार्टीतान्त्रिक बुद्धि मात्र दिएकाले उनीहरुले अरुलाइ देख्दैनन् । र अरुको अस्तित्व स्वीकार गर्न सक्दैनन् । पार्टीगत दलीय र व्यक्तिगत स्वार्थले कदापि देश निर्माण गर्न सकिन्न भन्ने कुरा बुझेर अगाडि बढ्न अब कसैलाई पर्खनुपर्दैन । लामो समयसम्म नागरिकहरुले भोगे देखे अनुभव गरे । अब जनतालाई साथमा लिएर नागरिक समाजले अगुवाइको कार्य गर्न चुक्नु हुँदैन ।

राजनीतिक नेता र कार्यकर्ताहरुलाई जनमुखी बनाउन सजिलो माध्यम अहिलको समयमा नागरिक दबाब जनताको शक्तिको समयानुकूल प्रदर्शन नै हो । वुद्धिजिवी वर्ग प्रजातन्त्रका सेनानी प्राध्यापक शिक्षक वकील पत्रकार आदि जनशक्ति अपि्रल क्रान्तिमा जसरी परिवर्तनको लागि होमिएका थिए त्यो परिवर्तनलाई सही निष्कर्षमा पुर्याउन फेरि लाग्न यो खेमा तत्पर छ तर कुनै राजनीतिक दलप्रति विश्वास नभएको बेला समाज परिवर्तनको संवाहक शक्ति नागरिक समाजले गोलबद्धरुपमा कार्यक्रम गर्न जरुरी छ । फ्रान्सको राज्य क्रान्तिमा जनताले सिनेटहरुलाई भर्सेली प्यालेसमा थुनेर परिवनर्तको बिगुल बजाएका थिए । संसारका धेरै मुलुकहरुमा राजनीतिक दलहरुले बुद्धिजीवीहरुसँग सरसल्लाह र समन्वयमा राज्यका समस्याहरु समाधान गर्ने गर्दछन् । नेपालमा आफ्नो डम्फु बजाउँदाबजाउँदै अरुको आवाज नै नसुनिने भैसकेको छ । अबको नेपाल बुद्धिजीवीहरुको हातमा छ । प्रत्येक दलका आदर्शका शब्दकोषहरुमा रहेका नागरिक सीप ज्ञान र राष्ट्रिय हितको पाठ फेरि घोकाउनुपर्ने बेला आएकोले अब नागरिक समाज चुप लागेर बस्नु हुँदैन ।

राजनीति नेतृत्वलाई सही मार्ग दर्शन गराउन पार्टीका कार्यकर्ताले नसक्ने प्रमाण नेपालको इतिहासमा ताजा छ । प्रजातन्त्रपछाडि नेपाली कांग्रेस कार्यकर्ताकै बुद्धिबाट विखण्डित भयो । एमालेलगायतका वाम घटकहरु पनि आन्तरिक विवादले द्वन्द्वको पराकाष्ठामा रुमल्लिएका छन् । एकीकृत नेकपा माओवादीको उच्च नेतृत्वका निर्णयहरु कार्यकर्ताले सहजै स्वीकार्न नसक्दा जनताले सोचे जस्ता अग्रगामी छलाङ मार्न पार्टी सफल भएको छैन । नेता तथा कार्यकर्ताहरु आपसी सद्भाव र सहिष्णुतापूर्ण व्यवहारको वास्तविक प्रयोगभन्दा बढी राजनीतिक दाउपेचमा केन्द्रित भएकाले अबको गणतान्त्रिक नयाँ नेपालमा अपेक्षित अग्रगामी विकास गर्न राज्यका सचेत र सुझबुझ भएका गैरराजनीतिक दलगत स्वार्थ नभएका नागरिक समूह नै यस्तो भाँडभैलो र फोहोरी राजनीतिक खेलमा पूर्णविराम लगाउन अग्रसर हुनुपर्ने देखिएको छ । त्यसै गरी देशमा शान्ति बहाली गरी नयाँ संविधान बनाउन मार्गप्रशस्त गर्न जुट्नुपर्ने भएको छ । यस महान् कार्यका लागि नागरिक समाजले अगुवाइको भूमिका निर्वाह गर्नुपर्छ र अहिलेको राजनीतिक अन्योललाई चिर्दै देश निर्माणमा कोशेढुंगाको काम गर्न सक्नुपर्छ ।

कांग्रेस विवादले उब्जाएको आशंका

नेपाली कांग्रेसको विधानले पदाधिकारी चयनलाई सभापतिबाट प्रस्ताव गर्ने र केन्द्रीय समितिले त्यसको अनुमोदन गर्ने व्यवस्था गरेको छ । यसपटक पनि सभापति सुशील कोइरालाले पदाधिकारी चयनको प्रस्ताव गर्नुभएपछि उक्त प्रस्तावमाथि लगभग सबै केन्द्रीय सदस्यले पाँच दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा प्रस्तुत गरे । बोल्ने प्रायः सबै सदस्यले केवल पदाधिकारी मनोनयनका विषयमा मात्र आफूहरूलाई सीमित नगरी संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिका यावत् पक्षमा प्रस्तुत गरे । जजसले जेजे कुरा राखे पनि सारमा पार्टीलाई सकारात्मक र रचनात्मकतातिर अभिमुख गराउने असल नियत झल्किन्थ्यो । पार्टीको संस्थागत विकासको पक्षपोषण गर्दै आउनुभएका सभापति कोइरालाले आफ्नो प्रस्तावलाई बिनाछलफल पारित गराउनुभन्दा केन्द्रीय समितिमा बृहत् छलफल गरेर निष्कर्षमा पुग्ने लोकतान्त्रिक बाटोलाई अख्तियार गर्नुभयो । यसले गर्दा पनि बैठकलाई सफल मान्न सकिन्छ ।
पदाधिकारी मनोनयनमा केन्द्रीय समितिभित्र लोकतान्त्रिक ढंगले सार्थक संवाद भएको कुरालाई कसैले पनि नकार्न सक्दैन । यति हुँदाहुँदै पनि पदाधिकारी मनोनयको विषयलाई लिएर बैठकमा गर्मागर्मी नभएको भने होइन । यसले गर्दा महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिप्रतिको अपेक्षामा केही निराशा छायो । कांग्रेसका मातहतका निकाय, समर्थक, शुभेच्छुक अनि आमलोकतन्त्रवादीहरूले चिन्तापूर्ण चासो र जिज्ञासा व्यक्त गरे किनभने उनीहरू सबै दिगो शान्ति र लोकतन्त्रको संस्थागत विकास कांग्रेसको कार्यक्षमतामा निर्भर छ भन्ने कुरामा विश्वस्त छन् जुन कुरा घटनाक्रमले प्रस्ट पारिसकेको छ । त्यसैले उनीहरू कांग्रेसको आन्तरिक एकतामा समयसापेक्ष सुधार चाहन्छन् ।
कांग्रेसको इतिहास, परम्परा र विगतको कुशल नेतृत्व आदिले धेरै विषय निर्धारण गरिसकेको छ । यसै पृष्ठभूमिमा नवनिर्वाचित सभापति सुशील कोइरालाले आफ्नो जीवनभर देखाउनुभएको समर्पण र निष्ठाको राजनीतिले छुट्टै पहिचान बनाएको छ । सभापतिले वर्षौंदेखि वकालत गर्दै आउनुभएको पार्टीलाई संस्थागत विकास गर्ने भावनालाई मूर्त ढंगले अभ्यासमा रूपान्तरण गर्ने बेला आएको छ । यसैको सकारात्मक दृष्टान्तका रूपमा पार्टीको पछिल्लो छलफल र संवादलाई अनुभव गर्न सकिन्छ ।
अन्य पार्टीसँग भएका छलफल, विदेशी कुटनितिज्ञहरूसँगका संवादलाई समेत पार्टीका साथीहरूसँग राख्नु, पार्टीको धारणा र  अडानमा स्पष्ट रहनु र अरूलाई पनि स्पष्ट पार्ने प्रयास प्रशंसनीय छ जहाँसम्म पदाधिकारी मनोनयनका सन्दर्भमा कांग्रेस सभापतिको विशेष अधिकारको विषय छ त्यसमा केन्द्रीय समितिसमेत जानकार र जिम्मेवार होस् भन्ने वैधानिक उत्तरदायित्वलाई समेत सभापतिले बोध गरेको बुझ्न सकिन्छ । यसैअनुरूप केन्द्रीय समितिको मर्यादा, अधिकार र कर्तव्यको समुन्नत अभ्यास गर्दै संस्थागत गराउने प्रयासमा सभापतिले छलफलको वातावरण निर्माण गर्नुभएको कुरालाई सकारात्मक मान्नुपर्छ । उहाँको यस्तो चरित्र र उदारतालाई कमजोरीका रूपमा लिँदा पार्टीलाई बल पुग्दैन । सभापतिको सदाशयलाई सकारात्मक आरम्भका रूपमा लिँदै कार्यसम्पादनलाई सहज बनाउन र पदाधिकारी चयनको विषयलाई टुङ्ग्याउन केन्द्रीय समितिले थप रचनात्मक, सकारात्मक र सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ ।
पार्टीको आन्तरिक जीवनलाई कसरी र कुन तरिकाले चुस्त र जीवन्त बनाउन सकिन्छ भन्ने विषयमा नयाँखालको प्रयास हुनु सराहनीय नै हो । यसका लागि सभापति र केन्द्रीय समिति मनसा, वाचा कर्मणा एकाकार हुन जरुरी छ । सभापतिको व्यक्तित्व र छविले पार्टीको सफलता र प्रभावलाई झल्काउँछ । केन्द्रीय समितिको सहयोग र शक्ति नै सभापतिको वास्तविक शक्ति हो । सभापति र केन्द्रीय समिति एकअर्काका प्रतिद्वन्द्वी होइनन् बरु अन्योन्याश्रति हुन् ।
बाह्रौं महाधिवेशनका दौरानमा नेपाली कांग्रेसलाई वडादेखि केन्द्रीय तहसम्म सांगठनिक रूपमा मजबुत पार्ने काम भएको छ । करिब साढे   तीन लाख सक्रिय सदस्य, लाखौं शुभचिन्तक र समर्थकको भावभूमिमा पार्टीको जग मजबुत भएको छ । सक्रिय सदस्यहरूले वडासमिति, गाउँ/नगर समिति क्षेत्र र जिल्ला समिति हुँदै केन्द्रीय समिति निर्माणको तहगत प्रक्रियालाई सम्पन्न गरेका छन् । पार्टीमा विद्यमान संक्रमण र अष्पस्टताको अन्त्य भएको छ । पार्टीभित्र नयाँ उत्साह, उमंग र आत्मविश्वास पैदा भएको छ । दलित, महिला, जनजाति, मधेसी, मुस्लिम र युवाहरूको प्रचुर मात्रामा सबै तहमा उपस्थितिले वास्तविक अर्थमा कांग्रेस नयाँ र समावेशी नेपालको प्रतिबिम्ब बन्न पुगेको छ । सबै वर्ग, क्षेत्र, पेसा र समुदायको आशा र भरोसा पुनर्संरचित, पुनर्संगठित कांग्रेसप्रति बढेको छ ।
कांग्रेस वैचारिक राजनीतिक दृष्टिकोणले आफ्नो उद्देश्यमा स्पष्ट छ । आफैंले अगुवाइ गरेको शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउने र लोकतन्त्रलाई दिगो, व्यवस्थित र संस्थागत गर्ने अभियानमा स्पष्ट छ । पटकपटक विभिन्न रूप र परिचयका साथ नेपाली राजनीतिको अस्तित्वमा आउन खोज्ने निरंकुशतावादीहरूसँग जनअधिकारका लागि संघर्ष गरेको यो पार्टी उग्रवामपन्थी कोणबाट फेरि पनि अधिनायकवादतिर जान चाहनेका विपक्षमा यतिखेर दृढतासाथ उभिएको छ ।
माओवादीको पालुङटार बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजले जनतालाई झनै झस्काएको छ । जनविद्रोहको बाटोबाट कथित 'जनताको संघीय गणतन्त्र' तिर जाने माओवादी मनोकाङ्क्षा शान्ति प्रक्रियाको बर्खिलाफ छ । एकातिर यो निहितार्थले शान्तिभन्दा हतियारलाई प्राथमिता दिएको छ भने अर्कोतिर लोकतन्त्रभन्दा एकदलीयतालाई अँगाल्न खोजेको देखिन्छ । त्यस्तै माओवादी दस्तावेजमा लोकतन्त्र शब्दको प्रयोगमा देखिएको संकुचनले अलोकतान्त्रिक बाटोपट्ट अभिमुख हुने संकेत गरेको छ । शान्ति प्रक्रियाको आधारबिन्दु बाह्रबँुदे समझदारीले दृष्टिगोचर गरेको शान्ति र लोकतन्त्रको मिलनबिन्दुमाथि समेत गम्भीर तुषारापात भएको छ । शान्ति प्रक्रिया वा हिंसाको बलमा अगाडि बढ्ने द्विविधाले लामो समयदेखि ग्रसित माओवादीले पालुङटार बैठकपछि जनविद्रोहका माध्यमबाट राजनीतिमा बलपूर्वक हस्तक्षेप गर्ने नीति लिन खोजेको सहजै अनुमान गर्न सकिन्छ ।   
नेपाली लोकतान्त्रिक आन्दोलनको संस्थापक र संवाहक शक्ति नेपाली कांग्रेसले शान्ति र लोकतन्त्रका मार्गमा सबैलाई विगतमा जस्तै हिँडाउन निरन्तर चेष्टा गरिरहनुपर्छ । कुनै पनि पक्षलाई पूर्णतः निषेध नगरीकन सकारात्मक र लोकतान्त्रिक नियन्त्रणको सिद्धान्तका आधारमा माओवादीलाई समेत शान्तिपूर्ण राजनीतिको मार्गबाट विचलित हुन नदिन अन्तिमसम्म प्रयास गर्न हिच्किचाउनु हुँदैन । माओवादीलाई सततः निषेध गर्ने कुराले अथवा उसका सबै योजनाप्रति समर्थन र समर्पण गर्ने कुराले लोकतन्त्रको यात्रा जोखिमपूर्ण बन्छ । त्यसैले लोकतान्त्रिक लगाम लगाउँदै क्रमशः उनीहरूलाई लोकतान्त्रीकरणको दिशामा सामेल गराउने हिम्मत र क्षमता राख्नुपर्छ । यसका लागि कमजोर कांग्रेसबाट सम्भव छैन । कांग्रेस आफैंमा बलियो हुनुपर्छ । त्यसैले कांग्रेसको आन्तरिक जीवनमा समयसापेक्ष रूपान्तरण जरुरी छ । सांगठनिक हिसाबले मजबुत, जीवन्त र प्रभावकारी कांग्रेसले मात्रै यो अभिभारालाई पूरा गर्न सक्नेछ ।
शान्ति र संविधान निर्माण प्रक्रियामा माओवादीको इमानदारीबारे घटनाक्रमले निराशाजनक संकेत दिइरहेका छन् । लडाकु समायोजनका सन्दर्भमा माओवादी आफैंले अरुचि प्रदर्शन गरिरहेको छ । राज्यबाट उपलब्ध सुविधाबाट सञ्चालित 'क्यान्टोनमेन्ट' का लडाकुहरू सबै पक्षको विरोधका बाबजुत पनि केन्द्रीय विस्तारित बैठकमा सामेल गराइए । अरू पार्टीजस्तै नागरिक पार्टी बन्ने दायित्वबोध उसले अझै गरेको देखिँदैन । लडाकुहरूकै आड र भरोसामा आफ्नो राजनीतिक प्रभाव रक्षाको कसरत गरिरहेको छ । अन्य राजनीतिक दलहरूको आग्रहलाई स्वीकार गर्ने त कुरै छाडौँ । शिविर, हतियार र लडाकुहरूको अनुगमनको जिम्मा लिएको 'अनमिन' को आज्ञालाई समेत अवज्ञा गरेर उसले शान्ति प्रक्रियाको मर्ममाथि कठोर प्रहार गरेको छ । संविधान निर्माणका क्रममा समेत उसले लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगीकार नगर्ने संकेत देखिसकिएको छ । स्वतन्त्र न्यायपालिकालाई अस्वीकार गर्ने, नागरिकले व्यक्तिगत सम्पत्ति राख्न पाउने नैसर्गिक अधिकारलाई अस्वीकार गर्ने, लोकतन्त्रको सुन्दर पक्ष बहुलवादलाई सुन्नै नचाहनेलगायतका लोकतन्त्रका आधारभूत स्तम्भमाथि नै धावा बोल्ने चेष्टा उसले गर्दै छ । व्यवस्थापिका संसद्मा बजेट प्रस्तुत गर्ने सिलसिलामा देखाएको असंसदीय र अमर्यादित व्यवहारले तल्ला निकाय र मातहतका कार्यकर्तालाई हिंसात्मक हस्तक्षेपको अनुकरण गर्न झनै उक्साएको छ ।
यस्तो विषम परिस्थितिमा दिगो शान्ति र लोकतन्त्रप्रति निष्ठावान् कांग्रेसले पदाधिकारी मनोनयनको बहसलाई शीघ्रातिशीघ्र निर्णयमा पुर्‍याउनुपर्छ । केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यसम्पादन समिति, केन्द्रीय विभागहरू यथाशीघ्र गठन गर्नर्ुर्छ । केन्द्रदेखि तल्ला निकायसम्मका सबै संरचनाले तत्काल पूर्णता प्राप्त गर्ने गरी लोकतान्त्रिक जागरण अभियान देशव्यापी रूपमा सञ्चालन गर्नुपर्छ । राष्ट्रिय राजनीतिमा देखिएको संवादहीनता र गतिरोधको अन्त्यको पहलकदमी पनि कांग्रेसले नै गर्नुपर्छ ।
चलिरहेको व्यवस्थापिका संसद्को बैठक अन्त्य गरेर अध्यादेशबाट बजेट सार्वजनिक भएको छ । करिब ५ महिनापहिले प्रधानमन्त्रीले दिएको राजीनामाको संवैधानिक निकासको सार्थक प्रयत्न भएको छैन । सर्वोच्च अदालतले परिणाम नआउने पटकपटकको उम्मेदवारीलाई असंवैधानिक ठहर्‍याई परिणाममुखी निर्वाचनका निम्ति व्यवस्थापिका संसद् र सभामुखको ध्यान आकृष्ट गराइसकेको छ । तैपनि सभामुख अन्यमनष्क र अनिर्णयको बन्दी बनिरहनुभएको छ । सरकार निर्माणको संवैध्ानिक बाटो पनि नसुझाउने र एकमात्र उम्मेदवारलाई प्रधानमन्त्री स्वीकार पनि नगर्ने हठले नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध हुनपुगेको छ । एकपटक अवधि समाप्त भएको संविधानसभाले पुनः थपिएको समयसमेत बिनाउपलब्धि गुजारिरहेको छ । 'अनमिन' बिदाइको पूर्वसन्ध्यामा छ ।
यतिखेर संवाद, सहमति र सहकार्यको झनै टड्कारो आवश्यकता देखिएको छ । त्यसैले नेपाली कांग्रेसले आन्तरिक विषयमा अनावश्यक किचलोबाट मुक्त हुँदै राष्ट्रिय मुद्दाहरूमा आफूलाई केन्दि्रत गर्नुपर्छ । पार्टीलाई स्वस्थ्य र तन्दुरुस्त बनाएर राष्ट्रिय राजनीतिको समयसापेक्ष नेतृत्व सम्हाल्दै जनअपेक्षा मुताविक क्रियाशील हुनसके कांग्रेसले पुनः एकपटक ऐतिहासिक भूमिका निर्वाह गर्न सक्नेछ ।
लेखक कांग्रेसका केन्द्रीय सदस्य हुन्

Saturday, November 27, 2010

दाहालको दोधार >नारायण वाग्ले

पालुङटार पुग्नुअघि एकीकृत माओवादीका सांसदहरूले छापामारका रूपमा संसद बैठकमा अन्तिम रिहर्सल गरेका थिए। लडाकु प्रवृत्तिका केही सांसद गत शुक्रबार प्रस्तुत गरिन लागेको बजेटलाई अवरोध गर्न सुरूका लहरतिर लहसिएका थिए। अन्य दिन भन्दा फरक पछिल्ला लहरमा बस्ने सांसदहरूको गतिबिधि अघिल्लो पंक्तिका सीटतिर बढ्न थालेको थियो। अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सहधर्मी मन्त्रीहरूले साउती पार्दै 'निको चाल छैन है' भन्ने देखाउ"दासम्म सरकार र अन्य दललाई माओवादीको सम्भावित आक्रमणको पूर्वाभ्यास थिएन। माओवादीहरूले बढीमा रोष्ट्रम घेर्लान् भन्ने थियो तर जब सभामुखले अर्थमन्त्री पाण्डेलाई बजेट पेश गर्न बोलाए, तब लडाकू स्वभावका माओवादी सांसदहरू एकाएक उठेर रातो रिबनको सिलसहित ब्रिफकेशधारी मन्त्रीलाई एम्बुसमा पारे। धकेलाधकेल गर्दै अपहरित मन्त्रीका हातबाट भावी बजेटका गोप्य कागजातको ब्रिफकेश लात्ताले फोड्दै तिनले संसद, संविधान सभा, अन्तरिम संविधान र भर्खर प्राप्त नेपाली गणतन्त्रको चीरहरण गरे।
संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित रहेको बैठकमा ती सांसदको नेतृत्व उपनेता नारायणकाजी श्रेष्ठले गरेका थिए जसले अध्यक्षको इशारा मुताबिक पालुङटारमा जम्मा हुने संसदीय व्यवस्था विरोधी मतको विश्वास आर्जन गर्नु थियो। त्यही भएर त पालुङटारमा पार्टी केन्द्रीय समितिको विस्तारित बैठकको तेस्रो दिन अध्यक्ष दाहालले आफूलाई सधैं वरिष्ठ उपाध्यक्ष मोहन वैद्यस"ग 'निकट' रहेको दुहाई दिए। बजेट पेश गर्न सहमति दिने त्रिदलीय कार्यदलका सदस्य तथा आफ्नै पार्टीका अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई दूरदूर गर्न उनले सधैं उनीस"ग 'संघर्ष' गर्नुपरिरहेको सुनाए।
बजेट घोषणा कार्यक्रम बलात् रोकेर संसदको अधिकार राष्ट्रपतिकहा" बुझाउन माओवादी तम्सिनुको तात्पर्य पालुङटार बैठकलाई प्रभावित गर्नुमात्र थियो। सहमतिको राजनीतिलाई तिलाञ्जली दिने त्यो संसद-घटनाप्रति माओवादीले क्षमाशील हुन आवश्यक पनि सम्झेको छै्रन। राष्ट्रिय जिम्मेवारीबोध बहन गर्न लगाउनुको सट्टा पार्टीलाई 'राष्ट्रिय स्वाधीनता'को आन्दोलनमा फेरि होम्न अध्यक्ष दाहाल तत्पर देखिएका छन् जसको नियत शुद्वरूपमा वर्तमान राजनीतिक मूलधारबाट आफ्नो प्रभाव कम हुँदै जान्छ भन्ने डरपोक मानसिकता हो।
समकालीन नेपालमा एकसाथ शान्ति र क्रान्तिको कुरा गर्न अध्यक्ष दाहाल मात्र सक्छन्। एकीकृत माओवादीलाई फ्युजनवादी बनाउँदै लगेका उनले पालुङटारबाट पनि देशलाई अन्यौलमा पार्ने घोषणा गराउँदैछन्। शान्तिको कुरा गर्न उनी किन विवश छन् भने संविधानसभा अरूले हरण गर्छन् भन्ने दुहाई दिनु छ, त्यसकै पक्षमा उभिएजस्तो गरेर सत्ता हासिल गर्नु छ। क्रान्तिको कुरा नगरे त उपाध्यक्ष वैद्यका कट्टर हिमायतीहरूको शाख नपाउने डर हुन्छ। दाहालको आफ्नै दोधारको द्वन्द्वले मुलुकको राजनीतिलाई थप गतिरोधमा फसाइरहने निश्चित छ।

संसद भवनभित्र शुक्रबार मध्यरातमा भएको रिहर्सलबाट अध्यक्ष दाहाल आफ्नो पार्टीको पालुङटार बैठकसँग कति सशंकित रहेछन् भन्ने प्रष्ट हुन्थ्यो। नभन्दै उनले आफ्नो उद्घाटन मन्तव्यममा शान्ति तथा संविधानसभाका पक्षधर भट्टराईलाई आफूबाट पर पारेर तत्काल जनविद्रोह गर्ने सडक आन्दोलनका हिमायती बैद्यस"ग लहस्याउन पुगे। बैद्यकै जनविद्रोहको टेको हाल्दै उनले भारतलाई प्रधान शत्रु घोषणा गरे र नेपालका यावत समस्या नया" दिल्लीका कारण बल्झिएको व्याख्या गर्न विवशः भए। तर पनि दिल्लीस"ग वार्ता गर्ने मनसुवा व्यक्त गरेर उनले 'शत्रु'स"ग वार्ताद्वारा कार्यगत एकताको सम्भावना प्रकट गरे जसबाट उनको राष्ट्रवादिता आफैंमा अराष्ट्रिय चिन्तनप्रेरित रहेको छर्लङ्ग भयो।
अध्यक्ष दाहालको राष्ट्रवाद अलोकतान्त्रिक आधारमा टिकेको रहष्य शाहीकालीन गृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष पुष्पकमल दाहालले यही बेला सार्वजनिक गरिदिएका छन्। राजास"ग मिलेर जानुपर्छ भन्ने नीतिका दाहालले भारतको सहयोगमा दलहरूमार्फत लोकतान्त्रिक आन्दोलन गर्ने पक्षका बाबुराम भट्टराईलाई थुनेको टिप्पणी गरेर थापाले खुलारूपमा माओवादीलाई पालुङटारबाट 'राष्ट्रिय स्वाधीनताका पक्षमा उभिन' आह्वान गरे। उनले दाहालस"ग भाका मिलाउ"दै भारतको हस्तक्षेप रहुञ्जेल माओवादीले सत्ता हासिल गर्न सक्दैन भन्ने आफ्नो पनि मान्यता प्रकट गरेर राजावादी र माओवादीबीच कार्यगत एकता प्रस्ताव गरे। दाहाल र थापाको मन मिल्ने परिस्थिति एक्काइसौं शताब्दीको सबभन्दा कान्छो गणतन्त्रका लागि सबभन्दा चुनौतीपूर्ण बनेको छ।
त्यसो त दाहालले केही समययता भारतस"गको विरोधवापत् राजतन्त्र फर्काउने उद्धेश्यमा मग्न कमल थापा र तुलसी गिरीहरूस"ग हात बढाइरहेका छन् र पार्टीभित्र तिनै 'राष्ट्रवादी'हरूसँग कार्यगत एकताको कडि जोड्ने युवा नेता नेत्रविक्रम चन्दलाई बढीभन्दा बढी ढाडस दिँदैछन्। उता पालुङटारबाट राजधानी फर्केर अन्य दलसँग वार्ता गर्ने उद्धेश्य पनि उनले लुकाउन सकेका छैनन्। दाहालको यही दोधार पालुङटारको घोषणा बन्यो भने माओवादीको द्धिविधाग्रस्त मानसिकताबाट मुलुक अझै ग्रसित रहनेछ। शान्ति र संविधानका पक्षमा उभिएर उनले लडाकु समायोजन-व्यवस्थापन गर्ने र अराजनीतिक वाइसिएलजस्ता सैन्य संरचना भङ्ग गर्ने अठोट गर्दैनन् भने राष्ट्रिय सहमतिका विरूद्व उनी उभिएको ठहर्नेछ। राष्ट्रलाई विभाजित तुल्याएर सीमाबाहिर 'प्रधान शत्रु' खोज्दै हिँड्ने उनको राजनीतिले अन्ततः पालुङटारमा एकत्रित कर्मठ कार्यकर्ताहरूलाई नै पुनः दिग्भ्रमति तुल्याउनेछ।
शान्ति प्रक्रिया बढाउने प्रतिबद्वता माओवादीका लागि सबभन्दा स्वाभाविक निर्णय हुने थियो। त्यसका लागि पार्टीलाई संविधानसभाका पक्षमा उभ्याउनु सबभन्दा विवेकपूर्ण घोषणा हुने थियो। पालुङटारसामू त्यो ऐतिहासिक अवसर अझै बा"की छ। बाँकी दुई दिनभित्र दाहालले २२ वर्षदेखि पार्टी हा"केको अनुभवबाट दूरदृष्टिपूर्ण कुशलता प्रदर्शन गर्ने हो भने उनका समर्पित कार्यकर्ताहरूले शान्ति र संविधानका पक्षमा बल नदिने गुञ्जायसै छैन। कार्यकर्ताहरूलाई विरोधाभाषपूर्ण र बेमौसमी राष्ट्रिय स्वाधीनता नामको 'जनविद्रोह'का पक्षमा नारा लगाउन बाध्य पार्ने नियत नेतृत्वकै जोखिमपूर्ण रणनीति हो। यसबाट सबभन्दा प्रसन्न राप्रपा नेपालसहित राजतन्त्रको पुनर्स्थापना चाहनेहरू देखिएका छन्। र शैशवकालको नेपाली गणतन्त्र कमजोर बन्ने छा"ट बनेको छ।

Sunday, November 7, 2010

एमालेको तटस्थता र राजनीतिक चक्काजाम

तरुण पौडेल
06 November, 2010
USA

केहि महिना पहिले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका दोश्रो बरियताका नेता डा. बाबुराम भट्टराइले काठमान्डूको टुँडिखेलको ठूलै जनशभामा भनेका थिए �नेकपा एमाले तेश्रो लिंगी पार्टी हो �।
नेपालमा जारी अहिलेको प्रधानमन्त्री नचुनिने शृंखलाबद्ध संसदीय अभ्यासबाट जुनरुपले राजनीति र राजनीतिज्ञप्रति अनास्था र आक्रोस को मात्रा चुलिदो छ, त्यसको जड र उत्तर डा. बाबुराम भट्टराइले  खुलामंचबाट एमालेलाई दिईएको राजनीतिक विभूषणमा अन्तर्निहित छ ।


एमाले अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्रीय उम्मेदवारी एमाले भित्रबाटै क्युरेट गराईए पछि झलनाथ खनालले  अहिलेको गन्जागोल र पार्टीको अध्यक्ष हुंदाहुदै प्रधानमन्त्री हुन नसके संधैका लागि बाँझो हुनुपर्ने हठधर्मिता पाल्दा "राजनीतिक तेश्रो लिंगी" पहिरन एमाले पार्टीलाइ गुथाउन 
सफलता मिलेको छ ।  झलनाथ खनालको  प्रधानमन्त्रीय उम्मेद्वारी फिर्ता त्यही पार्टीको निर्णय र प्रस्तावक माधव कुमार नेपालले संसदीय प्रक्रिया अनुरुप गर्नु भएको  हो । त्यसपछि बाँकि दुइ उम्मेद्वार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र माओबादीका पुष्पकमल दाहाल मध्ये एक जनालाई मत दिनुपर्ने जिम्मेवारीबाट एमाले च्युत हुनु र तथष्टताको नाममा संसदीय हलो अड्काउने कार्य गरिरहेको छ ।


कम्युनिस्ट गोत्रीय हिसाबले माओबादीलाई वा संसदीय प्रजातान्त्रिक कित्तातिर एमाले नजिक हुन चाहने भए नेपाली कांग्रेसका उम्मेद्वारलाई मत दिएर नया सरकार बन्ने प्रक्रियालाई निकास दिनु एउटा राजनीतिक पार्टीको जिम्मेवारी हो । एमाले पार्टीका सांसदलाई कतै पनि भोट नहाल्न वा कुनै निर्णय नगर्न  मतदाताले भोट दिएका होइनन  ।


एमाले पार्टीको आफ्नै उम्मेद्वार कायम भएको भए हामीलाई मत देउ, हामीलाई यो कारणले साथ् दिनु पर्छ भन्न सक्ने आधार एमालेलाई हुन्थ्यो । नत्रभने कुन चाँहि उम्मेद्वारले राष्ट्रिय आवश्यकता संबिधान बनाउने र माओबादी लडाकाहरुको व्यवस्थापन गर्न सक्छन छानेर मत हाल्नु पर्दथ्यो । माओबादीका अध्यक्ष प्रचण्डले यसपालिको प्रधानमन्त्रीय खेलमा कुनै हालतमा पनि जित्न नसकिने देखेर उम्मेद्वारी फिर्ता लिएका हुन् । मुलुक माओबादी र कांग्रेसी पक्षमा विभक्त भएको छ यो प्रधानमन्त्रीय खेलमा तर आँफुलाई ठूला दल मध्येको ठान्ने र संसदीय बाटोको जनबादी ठान्ने एमालेले यता न उता को तेश्रो लिंगी चरित्र देखाएको छ ।


कांग्रेसका  रामचन्द्र पौडेलले पनि उम्मेद्वारी फिर्ता लिईदिए माओबादीको समर्थनमा बहुमत पुर्याएर प्रधानमन्त्री हुन् पाइने आसमा झलनाथ खनालले मुलुकको राजनीतिलाई बन्धक बनाएका छन् ।
रामचन्द्र पौडेलको उम्मेद्वारी प्रक्रिया र बाध्यताको रुपमा जिउँदो छ । संसदीय प्रक्रिया अनुरुप कि त पराजित गर्न सक्नु पर्यो यात साथ् दिनु पर्यो । बिचरा रामचन्द्र पौडेललाई पदलोलुप भन्ने डंका पिटाएर आफ्नो "तेश्रो लिंगी चरित्र " को साबिती दिएर आत्मरतिमा एमालेका अध्यक्ष झलनाथ खनालले  �झर्ला र खाउँला� भनेर मुलकलाई नै बन्धक बनाएका छन् ।

रामचन्द्र पौडेलको उम्मेद्वारी  जारि रहेर कमसेकम संसदीय परिपाटीको निरन्तरता भैरहेको छ  । माननीय मनुवाहरुले कमसेकम आफ्नो काम छ भन्न पाएका छन् । समयमै संबिधान बनाउन असफल व्यवस्थापिका र सांसदहरुको जागिर थाम्न पनि पौडेलको उम्मेदवारीले भयानक योगदान गरेको मात्रै छैन मुलुकको राजनीतिमा माओबादीलाइ निश्चित दवाबमा राख्न पनि कामयावी भएको छ ।


उत्तरी छिमेकी चाइनाको सीमावर्ती भूभागमा चाइनिज जुत्ताले दक्षिणी छिमेकीका राजदूतलाई हिर्काएर माओबादी पार्टीका अध्यक्ष र लडाकाहरुको चाइना भ्रमणद्वारा दिल्लीलाई घुर्की देखाउने माओबादी अध्यक्ष प्रचण्डको रणनीतिले एमालेका अध्यक्ष झलनाथ खनाललाइ मुतको न्यानो दिएको होला तर एमाले पार्टीको साखलाई जनता र अन्तराष्ट्रिय रुपमा गिराउन जेएन कमरेडले राम्रै योगदान पुर्याउनु भएको छ ।

हुनत नया सरकार नबन्दा एमालेकै नेता कमरेडको कामचलाउ दिन थपिईरहेको हुनाले माधव नेपालको सरकारले बजेट समेत ल्याउदैछ । एमाले पार्टीका  केहि नेता कार्यकर्ताहरुलाइ मोज भैरहेको होला तर मुलुकको मुख्य आवश्यकता र जनताको चाहना अनुरुपको संबिधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनु पर्ने महत्वपूर्ण कार्यमा भने एमालेको तेश्रो लिंगी चरित्रले ठूलो अड्चन गरेको छ ।
संसदमा कतैपनि भोट हाल्दिन  भनेर भत्ता मात्रै खान पाईदैन , कालो या सेतो कुन ठिक भन्दा मलाई खैरोमात्रै मन पर्छ भनेर जवाफ दिनु गलत उत्तर दिएको हुन्छ । संसदमा प्रधानमन्त्रिको चुनाबमा पक्ष या विपक्ष एउटा कित्तामा  भोट हाल्नु एमालेको राजनीतिक कर्तब्य हो । एमालेले लिएको तटस्थताको तेश्रो लिंगी अडानले नेपालको राजनीतिलाई चक्काजाममा पारिदिएको छ । एमालेले रामचन्द्र पौडेलको पक्षमा  मत दिए मुलुकले नया सरकार पाउन सक्छ अथवा बिपक्षमा मत दिए रामचन्द्र पौडेलले संसदमा पुर्याउन नसकेको बहुमत पुर्याउन सक्ने अर्को व्यक्तिको लागि नया प्रक्रियामा गएर सरकारबिहिनताको अवस्था तोडिन सक्दछ । मुलुकमा संसदीय प्रक्रिया जारि रहन सक्दछ ।
 हुनत नया सरकार नबन्दा एमालेकै नेता कामरेडको कामचलाउ दिन थपिईरहेको हुनाले माधव नेपालको सरकारले बजेट समेत ल्याउदैछ । एमाले पार्टीका  केहि नेता कार्यकर्ताहरुलाइ मोज भैरहेको होला तर मुलुकको मुख्य आवश्यकता र जनताको चाहना अनुरुपको संबिधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनु पर्ने महत्वपूर्ण कार्यमा भने एमालेको तेश्रो लिंगी चरित्रले ठूलो अड्चन गरेको छ ।
संसदमा कतैपनि भोट हाल्दिन  भनेर भत्ता मात्रै खान पाईदैन , कालो या सेतो कुन ठिक भन्दा मलाई खैरोमात्रै मन पर्छ भनेर जवाफ दिनु गलत उत्तर दिएको हुन्छ । संसदमा प्रधानमन्त्रिको चुनाबमा पक्ष या विपक्ष एउटा कित्तामा  भोट हाल्नु एमालेको राजनीतिक कर्तब्य हो । एमालेले लिएको तटस्थताको तेश्रो लिंगी अडानले नेपालको राजनीतिलाई चक्काजाममा पारिदिएको छ । एमालेले रामचन्द्र पौडेलको पक्षमा मत दिए मुलुकले नया सरकार पाउन सक्छ अथवा बिपक्षमा मत दिए रामचन्द्रले  संसदमा पुर्याउन नसकेको बहुमत पुर्याउन सक्ने अर्को व्यक्तिको लागि नया प्रक्रियामा गएर सरकारबिहिनताको अवस्था तोडिन सक्दछ ।एमालेले एउटा बाटो रोजेमा मधेसबादी र अन्य  साना दलहरुले  पनि आफ्नो पक्षधरता रोज्ने वा निर्णय गर्ने अथवा मोलतोलको लागि बाटो खुल्ने हुन्छ । मुलुकले  तत्कालको लागि एउटा राजनीतिक निकास पाउँछ ।


मुलुक संसदीय प्रक्रियाबाट नै अगाडी बढ्न सक्दछ अन्यथा तुलनात्मक रुपमा सम्मानयोग्य बामपन्थी नेताहरु चित्र बहादुर के.सी.ले भने जस्तो मुलुकमा पंचायत फर्किन सक्ने वा नारायणमान बिजुक्छेले भने जस्तो राष्ट्रपति शासन लागु गर्नु पर्ने स्थिति तर्फ राजनीति उन्मुख हुने खतरा देखिन्छ । एमालेकै नपुंसक  व्यवहारले गर्दा मरेको राजतन्त्रको काँचो बायु काठमान्डू  उपत्यकाबाट  लखेटिएका विक्रम टेम्पोले फ्याक्ने धुँवा जस्तै मन्दबिष जसरि  नेपाली राजनीतिक पर्यावरणमा संक्रमित हुन खोजिरहेको देखिन्छ ।
 समयमा र गतिलो संबिधान बनाउन पनि नसक्ने र सरकार निर्माण गर्न पनि नसक्ने जम्बो व्यवस्थापिकाको औचित्य पनि समाप्त हुन्छ । त्यस्तो अवस्थाको कारक एमाले कै तटस्थताको तेश्रो लिंगी चरित्र हुनेछ । अहिलेको संसदको अप्राकृतिक मृत्युले मुलुकमा संस्थागत हुन लागेको गणतन्त्र र संघियताको पनि भ्रुण हत्या हुनेछ । त्यो राजनीतिक दुर्घटना निम्त्याउन  अहिलेको तटस्थताको रटानले एमालेको संस्थापन पक्ष जोरजुलुम गरिरहेको देखिन्छ । आफ्नो अनुकुलमा परिस्थिति ल्याउन संसद्को नियम र पद्दति नै संसोधन गर्न समेत एमालेका अध्यक्ष मण्डली र माओबादीका अध्यक्ष मण्डलीहरु संबिधान सभाका अध्यक्ष कंहा गएका थिए । त्यसबाट नै प्रचण्ड र झलनाथको नियत स्पष्ट हुन्छ । प्रचण्डको प्रधानमन्त्रित्वमा  रहेको माओबादी नेतृत्वको सरकार र माधव  नेपालको प्रधानमन्त्रित्वको एमाले नेतृत्वको दुवै  सरकार ढाल्न एमाले अध्यक्ष झलनाथ खनाल को मुख्य भूमिका थियो । अहिले आफु प्रधानमन्त्री हुन् पाइन्  भनेर स्वयम्भु र बनकालिमा रमाउने  पात्रहरुको चरित्र कमरेड जेएन ले नेपाली राजनीतिमा देखाउनु भएको छ- आफु पनि घर नबनाउने अरुको पनि भत्काइदिने ।

Thursday, October 28, 2010

नेताहरुको बढ्दो चीन यात्रा

(सूर्य सुवेदी), नेपालका राष्ट्रपति उपराष्ट्रपति एमाओवादी अध्यक्ष प्रचण्ड र एमाओवादीका थुप्रै सेना कमान्डरसमेत चीन भ्रमणमा जाने क्रम बढेको छ।

यसभन्दा अघि प्रधानमन्त्री माधव नेपाल र परराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि चीनको भ्रमण गरी सकेका छन्। यही कात्तिक ५ गते दलबलसहित प्रचण्ड संघाई बेइजिङ पुगेर नेपाल फर्किसकेका छन्। प्रचण्डलाई चीनमा राम्रै स्वागत पनि भयो। एमाओवादी नेताहरुको चीन भ्रमणलाई नेपालका एक जना कम्युनिस्ट नेता नारायणमान बिजुक्छेले भारतलाई चिढुउने कदम भनेका छन्। उपराष्ट्रपति झा र राष्ट्रपति यादवसमेत माओवादी कमान्डरहरुको ताँती हेर्दा लाग्दछ नेपाली राजनीतिज्ञहरुले अब चीनबाट पनि राजनीतिक निकासको लागि बाटो पहिल्याउन खोजेका छन्। सन् २००७ देखि अहिलेसम्म चीनबाट कम्तीमा १७ वटा उच्चस्तरका प्रतिनिधिमण्डलको भ्रमण भएको छ। सो भ्रमणहरुमा एक जना मेजर जनरल र तिब्बत प्रान्तका डिपुटी कमान्डर र चीनका उपप्रधानमन्त्रीसरहका ही योङले समेत भ्रमण गरेका छन्।

एमाओवादी पार्टीले गरेको अनिश्चितकालीन हडतालको बीचमा २०६७ बैशाख २१ गते चीन सरकारले नेपालमा जारी असहज परिस्थितिको निकासका लागि दलीय सहमति कायम गर्न सम्बन्ध पक्षसँग आ³वान गर्यो। यो नेपालको आधारभूत स्वार्थको लागि मात्रै होइन क्षेत्रीय शान्ति र स्थिरताको लागि पनि आवश्यक छ। भन्ने विज्ञप्ति निकाल्यो।

चीनले उक्त शैलीमा यसभन्दा पहिला नेपालको आन्तरिक मामिलालाई लिएर विज्ञप्ति प्रकाशित गर्दैनथ्यो। सन् २००८ को चीनमा भएको ओलम्पिक खेल भाँड्न भारत पश्चिमा राष्ट्रहरु र फ्रि तिब्बतवालाहरुको सक्रियता बढेबाट चीनले नेपालमा गतिविधि बढाएको देखिन्छ।

गत भदौ २०६७ मा चीनी कम्युनिस्ट पार्टीका नेता हि योङले ँसार्वभौम मुलुक नेपालमा विदेशी हस्तक्षेप भएमा आफूहरुलाई स्वीकार्य नहुने’ भनेका थिए। २०१८ सालमा चीनका तत्कालीन रक्षामन्त्री मास्रल चेन इले नेपालमा कसैले हमला गर्यो भने चीन नेपालकै पक्षमा उभिनेछ -भनेर नेपाललाई आश्वस्त पारेका थिए। नेपालको २०६२।६३ को परिवर्तनको आडमा नेपालमा भारतीय गतिविधि अभूतपूर्व रुपमा बढेको छ। जुन कुरो चीनले मन पराएको देखिएन। चीनले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा सन् १९६० को नेपाल चीन सम्झौताको सट्टा नयाँ नेपाल चीन सम्झौता गर्न प्रस्ताव गरेको थियो। सो प्रस्तावित सम्झौतामा सही गर्न सकेको भए चीनले नेपाललाई बढी आर्थिक सहयोग पुर्याउन सक्थ्यो र नेपाल र तिब्बतको भौगोलिक र रणनीतिक मामिलामा नयाँ आयाम थपिन सक्थ्यो। तर भारतीय दबाबले गर्दा प्रचण्डको सरकार चीनसँग सो सम्झौता गर्न असमर्थ रह्यो। बरु सेनापति प्रकरणमा जस्तो झिनामसिना काममा अल्झिएर प्रचण्ड आफैं राजीनामा दिन बाध्य भए।

नेपालको राजसंस्था समाप्त पार्न र नेपालमा गणतन्त्र ल्याउन भारत सरकारको प्रत्यक्ष सहयोग थियो भनेर भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले पुष्टि गरिसकेकोले ०६२।६३ को एमाओवादीको एजेन्डामा भएको आन्दोलन भारतीय डिजायनमा भएको आन्दोलन थियो भन्ने प्रस्ट भएको छ। नेपालमा यत्रो आन्दोलन गराउने भारत सरकार किन नेपाली जनमानसमा लोकप्रिय भइरहेको छैन आठ-आठ वर्षसम्म भारतकै मेजमानीमा बसेका एमाओवादी नेताहरु किन चीनतिर बढी नै लहस्सिए भन्ने प्रश्न पनि कायम नै छ। तत्कालीन सेनापति रुकमाङगत कटुवाललाई सत्ताबाट हटाउन आफूले भारतसँग पनि सहायता मागेको तर भारतले नसुनेको भनेर प्रचण्डले अभिव्यक्ति पनि दिएका थिए। किन एमाओवादी पार्टी भारतसँग बढी टेढियो यसको मूल जरा खोज्दा माओवादीलाई सत्ताबाट हट्नुपरेको पीडा नै प्रमुख देखिन्छ। किन भारत सरकारले झलनाथलाई कटुवाल प्रकरणबाट हात झिक्न दबाब दियो कटुवाललाई बीचैमा हटाउन भारतले सहयोग नगरेकोले नै आफूले राजीनामा दिन बाध्य भएको प्रचण्डले पटक-पटक अभिव्यक्ति दिएका छन्।

नेपालको राजनीतिका जानकारहरु के भन्छन् भने राजाको प्रत्यक्ष शासनका बेलामा शाही सेनाले माओवादीलाई निकै पेल्यो। राजा फ्याँक्ने कार्डको रुपमा प्रयोग गरेको एमाओवादी कमजोर हुनु त्यो बेला भारतको हितमा थिएन। यसकारण नै कांग्रेसका तत्कालीन सभापति गिरिजालाई राष्ट्रपति बनाइदिउँला भनेर भारतले उक्सायो। राजा फालेपछि भारतको लागि गिरिजाको उपयोगिता सकिएको थियो। एक मधेश एक प्रदेश अनेक प्रान्तमा नेपालको विभाजन र कमजोर केन्द्रीय सरकार नै नेपाललाई कमजोर देख्न चाहनेहरुको प्राथमिकता हो। यसतर्फ नेपालका राजनेताहरु गम्भीर देखिएनन्। एमाओवादी पार्टीको अहिलेको राजनीतिक हैसियतको मुख्य स्रोत उसका सेना र हतियार नै हुन्। ६ महिनाभित्र समायोजन गरिने भनिएका सेना चार-चार वर्ष पनि समायोजन नहुनुको कारण माओवादीको रणनीतिभित्रकै कुरा हो। हतियारविनाको माओवादीलाई कसले पत्याउँछ त्यो कुरो माओवादीले नबुझ्ने कुरा पनि भएन।
नेपालका ब्यालेटवादी पार्टीहरु माओवादीले हतियार बिसाउँछ भनेर विश्वस्त छैनन्। नेपालमा राजतन्त्र फ्याँकेपछि माओवादीलाई एमाले बनाउन सक्ने सपना देखेको भारत पनि अब एमाओवादी पार्टी एमाले हुने छैन भनेर निश्चित भएझै देखिन्छ। भारत र पश्चिमा शक्तिहरुसामु दुइटा विकल्प छन् एमाओवादीका हतियार खोस्नु वा हतियारसहितको माओवादीलाई पूर्णरुपमा स्वीकार्नु।

नेपालका पूर्वपाचका पार्टीहरु अस्तित्वविहीन छन्। अतः नेपालमा भारत र पश्चिमाहरुले विश्वास गर्ने शक्ति भनेको धनीमानी वर्गको प्रतिनिधि पार्टीसरह भएको नेपाली कांग्रेस मात्रै हो। जनमानसमा कांग्रेस अत्यन्तै कमजोर छ। माओवादीका बन्दुके र एमालेका जुझारु कार्यकर्ताको प्रतिस्पर्धामा साख हराएका कांग्रेसका कार्यकर्ताहरुले मैदान खाली गरिसकेका छन्। कांग्रेसलाई बचाउन भारत र पश्चिमा शक्ति असफल भए भने उनीहरुका मधेशका उच्च वर्गीयको मात्र प्रतिनिधित्व गर्ने साम्प्रदायिक मधेशवादी भनिने पार्टीहरु निरिह मात्र हुनेछन्। उनीहरुको आडभरोसा भनेको पनि कांग्रेस नै हो।

संविधान बनाउनुभन्दा जसरी पनि सरकार क्याप्चर गर्नुपर्छ भन्ने माओवादीले अहिले आएर भारतलाई घुक्र्याउने र चीनलाई रिझाउने नीति लिएको छ। त्यसै गरेर कात्तिक ७ गते आएको माओवादी उपाध्यक्ष मोहन वैद्य किरणको भनाइले पनि भारतले नेपालमा माओवादीको नेतृत्व सरकार बन्न नदिने भएकोले माओवादी प्रतिपक्षमा बस्ने बताएका छन्।

एमाओवादीका अध्यक्ष प्रचण्डदेखि सैन्य कमान्डरहरुको ठूलो संख्यामा चीन भ्रमणले गर्दा कतै एमाओवादी पार्टी पुनः हतियारबन्द युद्धको पक्षमै लाग्ने त होइन भन्ने आशंका पनि देखिएको छ। एमाओवादी पार्टीको शक्तिखोर टेप र माओवादी सैन्य प्रमुखहरुको चीन भ्रमणसमेतका क्रियाकलापले गर्दा भारत र अन्य पश्चिमा शक्तिहरु माओवादीप्रति निकै सशंकित देखिँदै आएका छन्।

अहिले सरकारमा भएको पार्टी एमाले दुई भागमा बाँडिएको छ। झलनाथ एमाओवादीका आडमा जसरी पनि प्रधानमन्त्री हुने खेलमा देखिएका छन् भने माधव-केपी पक्ष कांग्रेसको सरकारको पक्षमा देखिएका छन्। एमालेभित्रको प्रधानमन्त्रीको उम्मेदवारबाट रामचन्द्रको राजीनामा दिनुपर्छ भन्ने पक्ष र प्याकेजमा सहमति नभै राजीनामा दिनु हुँदैन भन्ने पक्षबीच प्रस्ट फरक मत देखिएका छन्। सैद्धान्तिक रुपमै भिन्न धारमा एमाले पुग्नु र माओवादीले प्रतिपक्षमा बस्छु भन्नुले राजनीतिक धु्रवीकरण अरु बढ्ने देखिएको छ।

एमालेमा भइरहेको राजनीतिक धु्रवीकरण र माओवादीमा देखिएको चीनपक्षीय झुकावलाई सैद्धान्तिक दृष्टिले हेर्नुपर्छ। जसबाट आगामी दिनमा राष्ट्रिय सहमतिको कुरा गफगाफको विषय मात्रै हुन सक्छ।

अहिले जुन रुपमा माओवादी बढी चीनउन्मुख देखिएको छ त्यो सैद्धान्तिक रुपमा जायजै देखिन्छ। माओवादी पार्टीको सैद्धान्तिक आधार नै माओवाद हो। चीन र एमाओवादी दुवै कम्युनिस्ट हुन्।
सन् २००८ को चीनमा भएको ओलम्पिकको बेला नेपालमा जसरी चिनीयाँ दूतावासलाई घेर्न भारत पश्चिमाहरु र दलाई लामा समर्थकहरु लागे त्यसबाट सुपरपावर हैसियतमा भएको चीन- भारत पश्चिमा देशहरु र स्वतन्त्र तिब्बत नीति राख्नेप्रति रुष्ट हुनु स्वाभाविक हो। भारतको डिजाइनमा नेपालबाट राजसंस्था हटिसकेपछि चीनले नेपालमा राजसंस्थाजस्तै विश्वासिलो स्थायी मित्र खोज्नु स्वाभाविक हो। आगामी दिनमा माओवादी नै चीनको भरपर्दो मित्र हुन सक्ने संकेत देखिएको छ। यस्तो स्थितिमा भारत र पश्चिमा देशहरुले पनि नेपालमा आफ्नो भूमिका बढाउनेछन्। नेपालका राजनीतिक पार्टीहरुले बुद्धि पुर्याएनन् भने आगामी दिनमा नेपाल युद्धभूमिमा परिणत हुन सक्छ। जुन सबै नेपालीको चासो र चिन्ताको विषय हो।

Monday, October 25, 2010

एनी हाउ काम चलाऊ! > सी के लाल .

हिन्दी भाषाको 'जुगाड' शब्दले अन्तराष्ट्रिय व्यवस्थापन विधामा स्थान बनाइसकेको छ। भनिन्छ, भारतीय अर्थतन्त्रको गतिशीलतामा जुगाड विधा (नेपालीमा जोगाड)को ठूलो योगदान छ। सामान्य अवस्थामा असम्भव मानिएका कार्य पनि जोडजाम एवं जोगाड गरेर सम्पन्न गर्न सकिन्छ भने उदाहरण पञ्जाबका केही किसानले प्रस्तुत गरेका थिए, टाटाको बहुचर्चित 'लखटकिया' कारको कल्पनासमेत नगरिएको सन् सत्तरीको दशकमा। अनुदानले गर्दा सस्तोमा उपलब्ध पानी तान्ने पम्पको मेसिनलाई फलामे ठेलगाडामा जोडेर बनाइने मोटरको नाम नै बन्न पुगेको थियो 'जुगाड'। जुगाड मोटरगाडामा छाना हालेपछि त्यसको पुनःनामाकरण गरिन्थ्यो 'मारता' अर्थात् सुकोमल र सुकुमार सस्तो मोटर गाडीको बलशाली पर्याय। पञ्जाबीको जोगाड क्षमतालाई अन्य भारतीयले समेत बेजोड मान्ने गर्छन्। पुष्पकमल दाहालले आत्तिएर पदत्याग गरेपछि जोरजाम र जोगाड नगरी वैकल्पिक सरकार बन्नसक्ने अवस्था थिएन। माधवकुमार नेपाल नेतृत्वको सरकार निर्माणमा कुनै पञ्जाबी वा अन्य भारतीय 'विदेेशी प्रभु' संलग्न थिए वा थिएनन् भन्ने कुरा सप्रमाण साबित गर्न असम्भवप्रायः छ। माओवादीले लगाउने गरेका 'कठपुतली' आरोप निराशाजन्य आक्रोशको अभिव्यक्ति पनि हुनसक्छ। तर, एमाले स्वयं प्रभावी रहेको सरकार विघटनपछि पुनः त्यसै दलको नेतृत्वमा नयाँ गठजोड निर्माण हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भने पक्कै थिएन। त्यसैले माओवादी-एमाले गठबन्धन सरकारलाई 'कम्युनिस्ट' उपमा दिने हो भने विद्यमान एमाले नेतृत्वको सरकार स्पष्टरूपले 'कमाउनिष्ठ' छ। अन्य कुनै राजनीतिक, सामाजिक वा आर्थिक नीति तथा कार्यक्रम वर्तमान गठजोड सरकारसँग छ भने आरोप लगाउन सकिने तथ्यपरक आधार भेट्टाउन गाह्रो छ। दीपक बोहोरा, विजय गच्छेदार, भीम रावल र राजेन्द्र महतोजस्ता राजनीतिकर्मीबीच जे जस्तो समानता सम्भव छ, त्योमात्रै हुनसक्छ। त्यसभन्दा बढी दोष अन्य कुनै मन्त्रीलाई पनि दिन मिल्दैन।
सरकार गठन प्रक्रियागत आधारमा खोटविहीन थियो। कामचलाउ हैसियतमा पुगिसकेको भए पनि प्राविधिकरूपमा अहिले पनि प्रधानमन्त्री नेपाललाई विधायिकाको समर्थन प्राप्त छैन भन्न मिल्दैन। एमाले-माओवादी राजनीतिक सहमतिपछि पुष्पकमल दाहालले उमेदवारी फिर्ता लिएको कदम विद्यमान सरकारलाई अनौपचारिक समर्थन प्रदान गरेको रूपमा पनि अर्थ्याउन सकिन्छ। साथै, प्राविधिकरूपले दोषरहित रहेको संरचना वैधानिक पनि हुन्छ भन्ने चाहिँ हैन। विधिसम्मत सरकार राजनीतिका स्थापित मूल्य, मान्यता र सम्मानित प्रचलनमा पनि आधारित हुनुपर्छ। राज्य एवं समाजको स्वीकृतिले कानुनी सरकारलाई वैधानिक सरकारको हैसियत प्रदान गर्छ। त्यस अर्थमा प्रधानमन्त्री नेपालले नेतृत्व गरेको सरकार गठन भएको क्षणदेखि नै कामचलाउमात्र थियो। त्यही विडम्बनालाई बुझेर गिरिजाप्रसाद कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रको परिकल्पना गरेका थिए। जोगाड गर्नेको अत्याधिक प्रभावले गर्दा उनको सदाशयपूर्ण कदम आफ्नै पार्टीभित्र आलोचित भएर असफल भयो।
मलुकले कामचलाउको साटो काम गर्ने सरकार पाउन सकेको छैन। देश निरन्तर जोडजाम र जोगाडको भरमा चलिरहेछ। यो तालले कति दिन धान्ने हो भन्ने सायद कसैले भन्न सत्तै्कन। संकट पूर्वसूचना दिएर आउने गर्दैन। तथापि सम्भाव्य चुनौतीको आकलन भने गरी नै राख्नुपर्ने हुन्छ।
संकटको स्वरूपः
कामचलाउ सरकारले बजेट प्रस्तुत गर्न सकेन भने वित्यास निम्तिन्छ भने कोकोहलोमा कुनै दम छैन। बजेट भनेको विधायिकाले कार्यपालिकालाई कार्य सञ्चालनका लागि प्रदान गर्ने अधिकार प्रत्यायोजन हो। प्रतिनिधित्व बेगर कर निषेध भन्ने सिद्धान्तमा आधारित बजेट मूलतः राजनीतिक अवधारणा हो। योमात्र प्राविधिक विषय हँुदै होइन। राजनीतिक मुद्दा यथावत् रहेका बेला स्वयं आफ्नै पार्टीको विश्वास गुमाइसकेको प्रधानमन्त्रीले बजेटको आवश्यकता दर्शाउनु कृत्रिम संकट सिर्जना गरेर मुलुकको ध्यान अन्यत्र मोड्न खोज्ने षडयन्त्र हुनसक्छ। मुलुकको दुरवस्थाप्रतिको चिन्ता त्यस प्रस्तावमा छैन।
बजेटको विरोध पनि राजनीतिक रूपले इमानदार प्रयास भने होइन। गएको आर्थिक वर्षको बजेट पनि कामचलाउ नै थियो भन्ने राष्ट्रको आर्थिक गतिविधिमा त्यसले ल्याएको प्रभावबाट स्वतः स्पष्ट छ। न्यून आर्थिक वृद्धिदर, दुई अंकको मूल्य वृद्धि, कमजोर राजस्व संकलन, आकासिँदो साधारण खर्च, जोखिमपूर्ण बनिसकेको व्यापार घाटा, नगण्य विकास खर्च एवं चुलिएको भ्रष्टाचार बजेटको उद्देश्य पक्कै थिएन। यी सबै संकट राजनीतिक अराजकता एवं बहुमत प्राप्त कामचलाउ सरकारका अनियन्त्रित गतिविधिका कारण उब्जिएका हुन्। अर्को बजेट प्रस्तुत हुन्छ वा हँुदैन भन्ने विषयले आसन्न आर्थिक संकट सम्बोधन गर्न कुनै भूमिका निर्वाह गर्दैन। यथास्थितिमा नीति र कार्यक्रम बेगरको बजेट प्रस्तुत हुनु भनेकै सरकारको 'लखनउ लुट' लाईसेन्स नवीकरण गर्नु हो। त्यो त तिहार अगाडिको आकाश जतिकै सफा छ। तर, माओवादीसँग त्यसको विकल्प पनि छैन। उसै पनि नेपालको बजेट दातृ निकाय एवं बहुराष्ट्रिय साहुहरूले बनाउने हुन्। निष्कपट एवं दक्ष अर्थमन्त्री भए बजेट दस्तावेजमा अर्धविराम वा पूर्णविरामजस्ता सामान्य हेरफेरसम्म गर्न सक्छन्। कामचलाउ सरकारसँग त्यतिसम्म गर्नसक्ने नैतिक हैसियत पनि हँुदैन। कात्तिकभित्र बजेट प्रस्तुत भयो भने त्यो विश्व मुद्राकोष र विश्व बैंकले नेपालका लागि बनाइदिएको आर्थिक नीति तथा कार्यक्रमको पोको हुनेछ। त्यसलाई परास्त गरेर बाबुराम भट्टराईले आफ्नो राजनीतिक भविष्यमाथि आफैँले प्रश्न चिन्ह लगाउनेबाहेक अरू केही पाउने छैनन्।
वास्तवमा बजेटको विवाद गौण विषय हो। त्यो विधायिकाबाट स्वीकृत भयो भने कामचलाउ सरकारले सदाझैँ कमचलाई नै रहनेछ। अस्वीकृत भयो भने पनि झिंटीगुन्टा कोटेश्वर पठाइसकेका प्रधानमन्त्री नेपालले सिफारिस, शिलान्यास, उद्घाटन र विमोचनजस्ता कार्यक्रमको दबाबबाट मुक्त हुन पाउने छैनन्। अर्को सरकार गठन नभएसम्म उनका विवशता यथावत रहने छन्। कामचलाउ सरकार भएकाले यसले बजेट ल्याएर वा नल्याएर कुनै समाधान प्रस्तुत गर्न सक्तैन। एमाओवादी सरकारबाट बाहिरिएको झन्डै डेढ वर्षसम्म पनि माओवादीविरोधी राजनीतिले स्वीकृति पाउनुको साटो पूर्वविद्रोही अन्तर्राष्ट्रियरूपमा एक्लिएकाजस्ता देखिए पनि तिनको नैतिक अडान एवं समर्थन आधार सुदृढ हँुदै गएकाले जोगाड रणनीतिका प्रणेता अत्तालिएका छन्। तिनले आउँदा दिनमा अपनाउनसक्ने कार्यनीतिले रामचन्द्र पौडेल, झलनाथ खनाल वा कृष्णबहादुर महराबीच फरक देख्ने छैनन्। बोलवाला भने संविधान सभामा मतदाताको विश्वास आर्जन गर्न असफल महत्वकांक्षी राजनीतिकर्मीको अझ बढ्नसक्छ।
सहमतिको प्रारूपः
संकट गहिरिँदै जाने अवस्थामा पनि कामचलाउ प्रधानमन्त्री नेपालको उपयोगिता अझै समाप्त भइनसकेको हुनसक्छ। उनलाई सरकार प्रमुख बनाउनेको कार्यनीतिले निरन्तरता पाउने हो भने अनमिनको बर्हिगमन, शान्तिप्रक्रिया विघटन एवं संविधान सभा भंग नभएसम्म कामचलाउ सरकारले नै काम चलाइरहने छ। त्यसपछि मात्र अन्य कुनै सरकारको जोगाड गरिने छ। त्यस्तो परिदृश्यमा एमाओवादी, कांग्रेस वा एमालेजस्ता पार्टीहरू जहाँ पुगे पनि व्यक्तिगत रूपमा कामचलाउ प्रधानमन्त्रीलाई कुनै फरक पर्ने छैन। उनको देब्रे हातमा सत्ताको तात्तातो जेरी छ। त्यो माओवादीसँगको सहमतिबाट प्राप्त भएको हो। दाहिने हातमा कहिले नसकिने चिसो आइसक्रिमको आपूर्ति कांग्रेसलेे सुनिश्चित गरिदिएकै छ। त्यसैले उनलाई राजनीतिक सहमति खोज्ने कुनै हतारो छैन।
सहमति र समाधानको चटारो माओवादीलाई पनि छैन। तत्काल सशस्त्र विद्रोह सम्भव छैन। माओवादीले पनि खेल्ने भनेको निर्वाचन राजनीतिको तयारीभित्रका सीमामा रहेर नै हो। त्यका लागि अध्यक्ष दाहालले संयमपूर्वक प्रतीक्षा गरेमात्र पनि पुग्छ। मधेसवादीको लोकप्रियता परालको आगो निभेपछिको हल्का खरानीमा रूपान्तरित हुने क्रममा छ। कांग्रेस स्वयं आत्मदाह गर्न तत्पर छ। त्यसपछि तात्कालिकरूपमा प्राविधिक प्रयोग गरिए पनि अन्ततः अन्तर्राष्ट्रिय खेलाडी पनि माओवादीलाई नेपालको मूल राजनीतिक शक्तिका रूपमा स्वीकार गर्न बाध्य हुनेछन्। आफ्नो राजनीतिक जितप्रति आश्वस्त दाहाल ढुक्कसँग चीनलाई रिझाउन व्यस्त छन्। उनको चिन्तित अनुहार आवरणमात्र पनि हुनसक्छ। कार्यपालिका प्रमुखको पाँच पाँच पटकको टेलिफोन तिरस्कार गर्ने आत्मविश्वास अरू जे भए पनि असुरक्षा भावबाट उब्जिएको पक्कै पनि होइन।
चित भए माओवादीले जित्ने र पट भए सैन्य प्रभुत्वको सरकार बन्ने अवस्था रहेका बेला केही गरी सिक्का किनारमा अडिएर ठिंग उभिए पनि त्यसको लाभ एमालेले पाइरहने निश्चित छ। जे गरे पनि सधैँ हारमात्र हात पर्ने अवस्था कांग्रेस नेतृत्वले आफैँ निम्त्याएको हो। कांग्रेसले शान्ति प्रक्रियाको नेतृत्व 'पुनः' लिने हो भने जड र अन्धमाओवादी विरोधको कार्यनीतिमा तत्काल पुनःविचार गर्नुपर्नेछ। देशभित्र जुन राजनीतिक शक्ति प्रभावशाली हुँदै गइरहेछ त्यसलाई बेवास्ता गरेर सुतुरमूर्ग जसरी बालुवामा टाउको लुकाएर आँधीबाट जोगिन सकिँदैन। शान्ति प्रक्रियाको 'गिरिजापथ' माओवादीसँग गरिने प्रतिस्पर्धात्मक सहकार्यमा आधारित छ। त्यसको विकल्प जोगाड गर्नेले जुराइदिएको 'प्रजा परिषद्' कार्यनीति हुन सक्तैन। गलत वा सही जे भए पनि कांग्रेसले आफ्नो निर्णय स्वयं गर्ने साइत अब जुटाउनुपर्छ। त्यसो नभएसम्म कामचलाउ सरकारले गणतन्त्र, संघीयता, सामेलीपन, सदाग्रह एवं समाजवादजस्ता प्रजातान्त्रिक कार्यसूची ओझेलमा नपारिएसम्म कामचलाई नै रहने छ। त्यस्ता सबै कामको दायित्वभागी हुँदै राजनीतिक मूल्य भने मूलतः कांग्रेसले नै तिर्नुपर्ने निश्चित् छ।

Friday, October 22, 2010

कम्युनिस्टहरुले बिर्सेको मुद्दा-अकेला श्रेष्ठ-

अग्रगमनको पहिलो प्रस्तावक माओवादी हो यसमा द्विविधा छैन । ऊद्वारा साचालित दशवर्षे जनयुद्धले यो अग्रगामी परिवर्तन ल्याएको हॊ यसमा पनि द्विविधा छैन । र यो परिवर्तनलाई उन्नाईसदिने जनआन्दोलनले हावा दिएको पनि हो यसमा पनि द्विविधा छैन । र संविधान सभामा दबदबा पनि कम्युनिष्टहरुकै छ । तैपनि जनताले आजसम्म आफ्नो हक अधिकारको मुद्धालाइ सँस्थागत गर्न नसक्नुको एउटै कारण के छ भने अतिरिक्त श्रम र अतिरिु मूल्यवारे कहीँ कतै चर्चा गरिँदैन र गर्न जरुरी ठानिँदैन जुन अतिरिक्त श्रम र मूल्यलाइ गरिव मजदुरहरुले पत्तै नपाईकन आफ्ना मालिकहरुलाइ सुम्पिरहेका हुन्छन् र त्यही अतिरिक्त श्रम र मूल्यका आधारमा मालिकहरुले आफ्नो पूँजिलाइ बढवा दिईरहेका हुन्छन् ।
कोईलाको दलाली गर्नेको हात कालो भए जस्तै यहाँका क्रान्तिकारी पार्टीहरु र तिनका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले आफ्नो राजनीतिक जीवनको कुनै कालखण्डमा पनि गरिव तथा मजदुरहरुको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्य जसलाई उनीहरुले बाध्यतावश आफ्ना मालिकहरुलाइ सुम्पिदै आएका छन् र सुम्पिरहेका छन् त्यसवारे चर्चा गर्न जरुरी ठानेनन् । जसको सिधा अर्थ हो-स्वयम् क्रान्तिकारी दलहरुका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले नै मालिकहरु र श्रमजिवि मजदुरहरुको बीचमा दलाली गर्दैछन् र आफ्नो अभिष्ट पूरा गर्दैछन् । पूँजिवादको सर्वनाश हुनुपर्ने यो युगमा आज जुन हिसावसँग माक्स्रवाद-लेनिनवाद-माओत्सेतुङ्ग बिचारधाराको बदनामी भईरहेको छ त्यसको पछाडि कुनै न कुनै रुपमा क्रान्तिकारीताको जामा पहिरिने उनै दलालहरु छन् अरु छैनन् ।
हामीलाइ युगौँदेखि ईश्वरवादी चिन्तनको अफिम खुवाईँदै आएको हुँदा आफ्नो जीवन र जीवनका सबै जरुरतहरुलाइ हामीले भगवानकै भरोसामा छाडिदिन्छौँँ । किनकि हामी कर्म त गर्दछौँ तर फलको आसा गर्दै्रनौँ । अढाईसय बर्षसम्म दिलोदिमागमा कोच्चिँदै आएको अन्धबिश्वास कुरीति कुसँस्कारले हाम्रो दिमाग यति बोधो भईसकेको छ कि धनीहरु झन् झन् धनी र गरिवहरु झन् झन् गरिब बन्दै जानुको दोष हामी प्रारब्ध पूर्वजन्मको फल लाई दिन्छौँ । यो सोँच्दैनौँ कि मालिकहरुले अदृश्य रुपमा शोषण गरिरहेको गरिव मजदुरको अतिरिक्त श्रम (Surplus labour), र अतिरिक्त मूल्य  (Surplus value)  र अतिरिक्त श्रमकाल (Surplus labour time) तर्फ ध्यानै दिँदैनौ र दिन जरुरी पनि ठान्दैनौँ । 
राजतन्त्रको पलायनसँगै लोकतन्त्रको स्थापनापछिका दिनहरुमा हामीकहाँ पूँजिवादी दलहरु पुराना पाचहरुको दल लगायत नेपाली काँग्रेस र केही मधेसवादी दलहरु समेत र कम्युनिष्ट भनौदा साम्यवादी दलहरु बीच सधैँभरी मनमुटाव मात्र रहनु र उनीहरु बीच पानी बाराबारको स्थिति मात्रै बनिरहनुको मूलकारण के हो  पूँजिवादी बिचार र साम्यवादी बिचार बीचको फराकिलो बैचारिक अन्तरद्वन्द जसलाई स्वयम् पूँजिवादी अर्थशास्त्रीहरुले पनि नकार्दैनन् । किनकि पूँजिवादको मुख्य आधारशीला नै अतिरिक्त श्रम अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल हो । यसको चर्चा गरिव तथा मजदुर वर्गकॊ प्रतिनिधित्व गर्ने सर्वहारा अधिनायकवादी दलहरुले गर्नुपर्दथ्यो गरेका छैनन् । किन  किनकि कोईलाको दलाली गर्दा गर्दै सबैको हात यति कालो भईसकेको छ कि केही गरे पनि त्यो छुट्दै छुटिरहेको छैन ।
गरिव मजदुर तथा श्रमजिवि जनताको वकालत गर्ने सैयौँ संघ संगठनहरु हामीकहाँ छन्् । कुनैले पनि अतिरिक्त श्रम अतिरिक्त मूल्य  र अतिरिक्त श्रमकाल  र अतिरिक्त मूल्यको सिद्धान्त ९त्जभयचथ या क्गचउगिक खबगिभ० जुन माक्स्रवादको आधारशीला हुन् त्यसको चर्चा गर्दैनन् र गर्न जरुरी ठान्दैनन् । यसकारण गरिव मजदुर किसान दलित पीडित उत्पीडित जनता आज पनि आपनो हक अधिकारबाट बिाचत छन् र सुकिला-मुकिला क्रान्तिकारीहरुदेखि टाढा भाग्दैछन् ।
अतिरिक्त मूल्य माक्स्रवादी अर्थशास्त्रको अचूक अश्त्र हो । यो अतिरिक्त श्रमबाट उत्पन्न हुन्छ । कामदारले श्रमशक्तिलाई आफ्नो परिवारको जिविकोपार्जनका लागि आफ्नो श्रमशक्तिको मूल्य हासिल गर्न बाध्य भएर पूँजिपति मालिक को हातमा बेच्ने गर्दछ र पूँजिपतिले अतिरिक्त श्रमशक्ति शोषण गरेर त्यसबाट जुन मूल्य हासिल गर्दछ त्यसलाई पँूजिवादी अर्थशास्त्रीहरुले ुनाफाु को अत्तर छर्कि दिन्छन् । परन्तु माक्स्रवादको परिभाषामा त्यही ुनाफाु नै अतिरिक्त मूल्य हो जसको चर्चा हाम्रा कुनै पनि क्रान्तिकारी पार्टी र तिनका नेता कार्यकर्ताहरुले गर्दैनन् । हिजो पनि । आज पनि । किनकि यही दलालीबाटै उनीहरुलाइ सबथोक हासिल भईरहेको छ ।
उद्योग धन्धा कलकारखाना दोकान पसल जहाँसुकै कामदारले जुन श्रमशक्ति खर्च गर्दछ । त्यसमा आवश्यक श्रमशक्ति र अतिरिक्त श्रमशक्ति दुईवटा स्वरुप हुन्छन् । ज्याला तथा मजदुरीका लागि कामदारले खर्च गर्ने श्रमशक्ति आवश्यक श्रमशक्ति हो । त्यसलाई उसले थाहै नपाईकन मालिकको हातमा सुम्पिरहेको हुन्छ । लगानीभन्दा दोब्बरतेब्बर नाफा आर्जनका लागि कामदारबाट हासिल गर्ने श्रमशक्ति अतिरिक्त श्रमशक्ति हो जसमा सिङ्गै पूँजिवाद टिकेको हुन्छ र पूँजिपतिहरुले फूर्ति लगाउँने गर्दछन् ।
उत्पादन बिक्री वा बितरणको क्रममा कामदारले खर्च गर्ने श्रमशक्ति दुईथरी हुन्छन् । यसलाइ श्रमकालले नाप्ने गरिन्छ । कामदारले आफ्नो जिविकोपार्जनको लागि खर्चिने समय आवश्यक श्रमकाल हो । तर अतिरिक्त मूल्य हासिल गर्नको लागि मालिकले मजदुरबाट जति बढी श्रमकाल शोषण गर्दछ त्यो श्रमकाल चाहीँ अतिरिक्त श्रमकाल हो जुन मालिकले आर्जन गर्ने अतिरिक्त मूल्यको सूत्रधार पनि हो । गरिव मजदुर किसान भूमिहीन जनताको वकालत गरेरै नथाक्ने यहाँ कुनै यस्ता कम्युनिष्ट पार्टी र नेताहरु देखिएनन् जसले गरिव मजदुरले मालिकको हातमा सुम्पिएको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्यवारे कहिल्यै चर्चासम्म गरेका होउन् र कम्मर कसेर त्यसलाइ सँस्थागत गर्न लागीपरेका होउन् ।
माक्स्रवाद सदा जिवित रहने र अपराजेय शिक्षा मानिन्छ । यसले पूँजिवादको आथिृक नियम र त्यसका विकृतिहरुको विस्तृत ब्याख्या गरेर पूँजिवादको सर्वनाश हुने कारण पत्ता लगायो । तर यहाँका कुनै पनि कम्युनिष्टहरुले कहिल्यै त्यसवारे एक शब्द बोल्न जरुरी ठानेनन् र बोलेनन् । जवकि पूँजिवाद बिरुद्ध साम्यवादको निम्ति अतिरिक्त श्रम अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल अभेद्य अश्त्र हो । यस अर्थले नेपालका कम्युनिष्ट पार्टीहरु र तिनका नेता-कार्यकर्ताहरु केवल सत्ता हथ्याउन र शक्तिमा पुग्नकै निम्ति मात्र क्रान्तिकारीताको स्वाङ गरिरहेका छन् र आफ्ना झण्डाहरुमा हँसिया हथौडाको लोगो कोरिरहेका छन् । यो नै श्रमजिवि मजदुर किसान दलित पीडित भूमिहीन र सर्वहारा जनतासँग गरिएको आधुनिक जमानाको सबैभन्दा ठूलो राजनीतिक बेईमानी हो । अर्थात राजनैतिक छल !
गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुको वकालत गर्नेहरुले गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुले निःशुल्क रुपमा अाजानवश मालिकको हातमा सुम्पिरहेको बाध्यताको चर्चा गर्न जरुरी छ कि छैन  गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुको नाम बेचेर त्यसबाट नेताकार्यकर्ताहरुले मोज गरिरहेको प्रतिफल नाफा हो कि होईन  त्यो प्रतिफलमा गरिव श्रमजिवि मजदुर किसानहरुको अधिकार हुनुपर्छ कि पर्दैन  गरिवले त्यसको प्रतिफल पसिना नसुक्दै पाउँनुपर्छ कि पर्दैन  नपर्ने भए क्रान्तिकारीताको यो स्वाङ छोड्नुपर्छ कि पर्दैन  के माक्स्रवाद-लेनिनवाद-माओवाद केवल देखाउने दाँत मात्र हो  यसैको लागि हो माक्स्रवादलाई अजेय र अमर मानिएको  बिज्ञान मानिएको  जुन दसवर्षे जनयुद्धमा गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुले आफ्नो जिन्दगीको सम्पूर्ण ऊर्जा सिद्धयाए श्रमशक्ति र अतिरिक्त श्रम खर्चे त्यसबाट निस्केको लोकतन्त्ररुपी नाफाको प्रतिफल उनीहरुले पाउनुपर्ने कि नपर्ने  महान जनआन्दोलनबाट हासिल गरेको यो नाफाको केही अंश ती जनताले पाउनुपर्ने कि नपर्ने  जुन नाफामा उनका नेताहरुले दाईँ गर्दैछन्  पाउने भए कहिले पाउने  यो वितण्डा सकिएपछि  र यो वितण्डा सकिने कहिले पूँजिवादको प्रतिनिधि अमेरिकाको नजर संयुक्त अरव ईमिरेट्समा  युएई माथि पनि छ । किनकि त्यहाँ अपार तेलका कुवाहरु छन् । तर युएईका जनतालाई उचाल्ने उसकॊ हरेक प्रयास असफल भएका छन् । किनकि अरवका शेखहरुले आफ्नो सम्पूर्ण पूँजिलाई नागरिकको मुनाफाका लागि लगानी गर्दछ र त्यसको लाभाँश जनतामा बाँड्दछ । आज युएईमा जे छ त्यो अमेरिकासँग पनि छैन । किनभने आफु चारैतिरबाट सुरक्षित भएपछि मानिसलाइ केही पनि चाहिँदैन । न कुनै सिद्धान्त । न त कुनै बाद नै । स्वतन्त्र राज्य संघीयता को जुन खेल यहाँ खेलिँदैछ र तर त्यस्ता सँघीय राज्यहरुको जुन आफ्नै स्वतन्त्र अस्तित्व र आफ्नै बौद्धिक नैतिक स्वतन्त्र आधारहरु हुन्छ भन्ठानिएको छ माक्स्रवादको परिभाषामा ती पनि बुर्जुवा राज्यहरु नै हुन् जहाँ कुनै अवधिमा पूँजिवादी सामाजिक व्यवस्थाले साम्यवादी सामाजिक व्यवस्थामाथि क्रान्तिकारी तरिकाले संक्रमण गर्नेछ र पनि त्यसलाइ क्रान्तिकारी सर्वहारा अधिनायकवादको सुदर्शन चक्रले टुक्राटुक्रा पारिदिनेछ ।
 

Tuesday, October 5, 2010

समाजवादको पुनर्जन्म > शशिधर भण्डारी

सन् १९१७ मा सोभियत सङ्घमा स्थापना भएको समाजवादी व्यवस्थाको निर्माण, प्रगति र समृद्धिले विश्व पुँजीवादलाई ठूलो चुनौती दियो । सन् १९२९ देखि १९३२ सम्म अमेरिकालगायत पुँजीवादी विश्व भयानक आर्थिक सङ्कटको सिकार भए तर सोभियत सङ्घ सन् १९२७ देखि लागू भएको प्रथम पञ्चवषर्ीय योजनाको सफलताले सन् १९३२ मा आउँदा अमेरिकासँग सिङ नार्ने महाशक्ति राष्ट्रका रूपमा उदायो । समाजवादी व्यवस्थाका इन्जिनियर स्टालिन थिए ।

Thursday, September 30, 2010

फेरि नागरिकता राजनीति >विश्वमणि पोखरेल

मुलुक फेरि नागरिकता विवादमा अल्भि्कएको छ। मतदाता परिचयपत्र बनाउने प्रमाणको आधारका रूपमा नागरिकता प्रमाणपत्रलाई मान्यता दिने निर्वाचन आयोगको नियमका विरोधमा मधेसवादी दल एकाएक सक्रिय भए।

Tuesday, September 28, 2010

तीन थरी कांग्रेस

आधारभूतरूपमा प्रजातन्त्र मान्ने तीन थरी मानिसको संगम नेपाली कांग्रेसमा छ। एक कर्मकाण्डी कांग्रेस, दुई बाहुबली कांग्रेस, तीन बीपी कांग्रेस। तिनका रूपरङ बाह्रौँ महाधिवेशनमा प्रस्ट देखियो।
नवनिर्वाचित सभापति सुशील कोइरालाको नेतृत्वमा कर्मकाण्डी कांग्रेस छ।

Sunday, September 26, 2010

विचारधिक्कर छ, तिमी कम्युनिस्टहरुलाई !

सरोजदिलु विश्वकर्मा

कार्ल्स मार्क्स फेडरिक एंगेलसले स्थापित गरेको कम्युन हेगेल्स्ले प्रतिपादन गरेका द्वन्द्ववाद फायरवाखले जन्माएको भौतिकवाद अत्यन्तै सुन्दर वैज्ञानिक दर्शन श्रमजीविहरुको चीरकालीन हतियार हुन् त्यसैको धरातलमा टेकेर ठूलाठूला विश्वस्तरीय समाजशास्त्र बनेका छन् जसले उत्पीडित र्सवहारा जनलाई हार्ने आधार दिएको छैन भने जित्नका लागि संसार दिएको जसले धनी गरिववीचमा द्वन्द्व मात्र होईन, सामन्जस्यता पनि सिर्जना गर्दछ जसले जातीय विभेदलाई नर्कादै विविधता संस्कृतिको पनि रक्षा गर्दछ यसैले कम्युन दर्शन महान अजर भन्ने कुरालाई नकार्न सकिदैंन तर, आफूलाई कम्युनिष्ट भन्नेहरुले स्वयंम्लाई ब्यवहारिक कम्युनिष्ट नबनाउँदा तिनको वैयक्तिक आचरणले विश्व परिदृश्यबाट कम्युन व्यवस्था लोप हुनसक्ने खतरा रहेको

Saturday, September 18, 2010

कांग्रेसको माओवादी नीति- दयालबहादुर शाही

नेपाली कांग्रेसका नीति दूरदर्शी वा स्वार्थ केन्द्रित तिनले विशेष स्थान पाउँछन्। प्रेस, मधेस र विदेशले कांग्रेसको पक्षपोषण गर्ने गरेकाछन्। बाह्रौं महाधिवेशनमा उभिएको कांग्रेस मूलतः नेतृत्व चयनमा केन्द्रित भएकाले नीति निर्माण, समीक्षा र पुनर्परिभाषामा ध्यान दिएको देखिएन। यस क्रममा कांग्रेसको माओवादीसम्बन्धी नीतिको समीक्षा पनि ओझेलमा परेको छ। नेकपा (एमाले)को माओवादी नीति अनुसरण गर्दै कांग्रेसले आफ्नो माओवादी नीति तय गरेको भए पनि एमाले कांग्रेसको पछि लागेको भ्रम परेको छ।
कांग्रेसको माओवादी नीतिका दुई पाटा देखिएका छन्- चरम असहिष्णु र आवश्यकताभन्दा उदार नीति। कांग्रेसले २०४९ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपाललाई राप्रपाभन्दा पनि पछि पार्न प्रत्यक्ष वा परोक्ष भूमिका खेल्यो। कम्युनिष्ट प्रभाव रोक्न सत्तारुढ दलले राज्य संयन्त्रको दुरुपयोग गर्‍यो। त्यो असहिष्णु राजनीति एमालेप्रति लक्षित भए पनि धैर्य, आत्मविश्वासको कमी, कमजोर संगठन, महत्वाकांक्षा र असहिष्णुता प्रवृत्ति भएका उग्रवामपंथीले सहनै सकेनन्। रचनात्मक सहयोग र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने एमाले २०५१ सालमा संसद्मा सबैभन्दा ठूलो दल बन्यो। माओवादीले चुनाव बहिस्कार गर्‍यो र हिंसात्मक विद्रोहमा उत्रियो। सायद, कांग्रेस त्यति धेरै कम्युनिस्ट विरोधी नभएको भए द्वन्द्वले हिंसात्मक रूप नलिन पनि सक्थ्यो। यसको समीक्षा आवश्यक छ।

पार्टीसत्ता र राज्यसत्ताको दुरुपयोग गरी राजनीतिलाई कमउने धन्दा बनाउन कांग्रेसमा गिरिजाप्रसाद कोइराला र एमालेमा माधवकुमार नेपाललाई घेर्नेहरू श्रेष्ठ साबित भएकै बेला २०५८ सालमा शेरबहादुर देउवाहरू सफलताको शिखरमा पुगे। कम्युनिस्ट विरोधी जनमतको ...शेर' हुने सपना ध्वस्त भएपछि प्रयोगधर्मी राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाले आफँैले सूत्रपात गरेको आवश्यकताभन्दा बढी असहिष्णु नीति त्यागेर माओवादीप्रति बढी उदार नीतिको अवलम्बन गरे। संविधान सभाको चुनावी परिणामपछि गिरिजाप्रसाद कोइरालाले त्यो नीति छाडेका भए पनि कांग्रेसले त्यसलाई कसरी लिएको छ भन्ने अहिलेसम्म प्रष्ट पारिएको छैन।
कोइरालाले त्यागेको बेवारिसे उदार माओवादी नीतिको संरक्षण गर्न अहिले एकातिरबाट राजबहादुर सिंह र कमल थापा अर्कोतिरबाट वामदेव गौतम र झलनाथ खनाल समानान्तर ढंगले अघि बढिरहेका छन् । व्यक्तिको विचलन र मनचिन्ते झोली आआफ्नै भएपनि एमाले २०४९ सालमा जननेता मदन भण्डारीले अवलम्बन गरेको कसैकाप्रति पनि धेरै उग्र, न धेरै उदार नीतिमा अटल छ।

अराजकताले राजनीतिमाथि पारेको दबाब न्यून गर्न नेपाली कांग्रेसले माओवादी नीति प्रष्ट र स्थायी प्रकृतिको बनाउनु आवश्यक छ। माओवादीप्रति कांग्रेसले २०४८ देखि २०५८ सम्म आख्तियार गरेको उग्र र निषेधकारी नीति पाण्डवहरूले पाँच गाउँ माग्दा पनि नदिने दुर्योधनकोे अहंकारजस्तो थियो। त्यस्तै, २०५९ र अझ २०६३ पछि गिरिजाप्रसाद कोइरालाले एमालेलाई साइजमा राख्न माओवादीप्रति आवश्यकताभन्दा बढी उदार नीति अख्तियार गर्दा नै संविधान सभाको चुनावी परिणाम समस्याको पोको भएर आइदियो।
एमालेकै हाराहारीमा माओवादी पुग्ने गरी ८४ जना सांसद माओवादीलाई दिनु, सुरक्षा अंगलाई पंगु बनाएर चुनाव जित्ने हमास शैलीलाई बल पुग्ने गरी एक दुई जिल्लामा सीमित पार्नुको सट्टा देशभर माओवादी लडाकुका शिविर स्थापना गर्न दिनु र वाईसीएलको अर्धसैन्य संरचना र अराजकतालाई छुट दिनु कांग्रेसको एमालेविरुद्धको घेराबन्दीकै अंश थियो । बली राजासँग वामनले तीन पाइला जमिनमात्र मागेका थिए तर पछि उनको दुई पाइलाले जमिन र आकाश ढाक्यो। वाचाअनुसार तेस्रो पाइला राख्न टाउको थाप्नुपर्‍यो। माओवादीप्रतिको उदार नीतिले कांग्रेस आधुनिक बली बन्न पुग्यो। एमालेलाई कमजोर पार्ने कांग्रेस, पे्रस, मधेस र विदेशको चालबाट लाभ भने माओवादीले पायो।
कांगे्रसले गलत नीति लिने र त्यसैलाई अन्य शक्ति केन्द्रले सही ठानेर अघिबढ्ने हो भने विगतमा जस्तै एमालेलाई नै प्रतिकूलता थपिने छ। वामआन्दोलनको मूलप्रवाह एमालेलाई सुकाउन खोजे खहरेले मूलप्रवाहको आकार लिएर राजनीतिक तटबन्ध भत्काउनेछ। त्यसपछि हुने कटानको अनुमानमात्र गर्न सकिन्छ।

अहिले राजावादी र एमालेकित्ताबाट देखाइएको उदारताले पनि लोभीपापी राजनीतिकर्मीलाई बलीकै अवस्थामा पुर्‍याउने देखिन्छ। लोकतन्त्रलाई सबल पार्न अन्य दलसँगको नीतिको मापदण्ड न निषेध न प्रवेश हुनुपर्छ। लोकतन्त्रको स्थायी खम्बाको रूपमा रहेको नेपाली कांग्रेसले परिपक्व र स्थायी माओवादी नीति अवलम्बन गर्नु लोकतन्त्रको हितमा हुनेछ।
लेखक नेकपा (एमाले)का कार्यकर्ता हुन्।

Thursday, September 16, 2010

यसर्थ “भीमबहादुर तामाङजीहरू" पराजित हुनुहुनेछ- दीपक अर्याल

नेपाली कांग्रेसको महाधिवेशनले धेरैको ध्यान तानेको छ। यसमा अभिव्यक्त हुने भावना, विचार-विमर्श, छलफल र सो बाट निस्कने निश्कर्षले नेपालको राजनीतिक भविष्यका बारेमा कुनै ठोस पहल होला भन्‍ने आशा हो तर समस्या के छ भने खास केही नेताहरू बाहेक कांग्रेसजनहरू चुनाव कसले जित्‍नेमा केन्द्रित छन् र कुन एजेण्डाले जित्‍ने वा कुनले जित्‍नु पर्ने? भन्ने कुरामा टाउको दु:खाउन चाहँदैनन्।
भीमबहादुर वा नरहरि आचार्यले एजेण्डाका कुरा गर्दा धेरै कांग्रेसीजन हाँस्छन्। गगन थापा, विश्वप्रकाश शर्मा, मनमोहन भट्टराई वा अन्य कुनै युवा नेताहरूले आफ्ना विचारहरू पोख्दा धेरै पुराना मान्छेहरूले आफुलाई अर्ति दिएको ठान्दा हुन्। अर्थात् नयाँ विचार, छलफल र एजेन्डाका कुरा गर्नका लागि कांग्रेसमा कठिन छ। त्यसो त यो रोग अन्य पार्टीमा पनि त्यत्तिकै छ। बाबुराम भट्टराईका योजना र एजेण्डाहरू पार्टीभित्र दक्षिणमुखि योजनाका रूपमा तुहिँदा धेरै आश्चर्य मान्नुपर्दैन। एमालेमा प्रदिप ज्ञवाली वा घनश्याम भुषालका विचार, अडान र मान्यताहरूलाई हाँसोमा उडाइयो भने त्यो पनि त्यति अचम्मको कुरा होइन। यसरी हेर्दा पार्टीहरूमा कुन पक्षकाका मान्छेहरू कति छन्? भन्‍ने कुरा विचार, आदर्श, त्याग, समर्पण र योजनाले होइन पैसा, पावर वा भोलि कसका पछाडि लाग्दा कति फाइदा हुन्छ? भन्‍ने कुराले निर्धारण गर्छ। यस अर्थमा, भीम बहादुर तामाङले जित्‍नुभयो भने त्यो वर्तमान नेपालको सामाजिक, आर्थिक, राजनीतिक मानसिकता तथा हामी र हाम्रा राजनीतिक पार्टीहरूका आम मान्यताहरूको विरूद्धमा हुनेछ र समाज शास्त्रले समाजमा व्याप्त यस्ता मान्यताहरूका विरूद्धमा एकजुट हुने वा चुनावमा हाम्रा आम मानसिकता भन्दा पर पुगेर सोच्‍ने र सोही अनुरूपको निर्णय गर्दै भोट हाल्ने कुरालाई मान्यता दिँदैन

Wednesday, September 8, 2010

नेपाली कांग्रेस र लोकतन्त्र - दीपक चौधरी

प्रजातान्त्रिक भनेर दाबी गर्ने तर बन्द कोठाभित्र गुट-उपगुट खडा गरेर अघि बढ्ने पुरानो मानसिकता र परम्पराबाट मुक्त हुन नसक्ने हो भने धनतन्त्र र मौकापरस्तहरूले कांग्रेस पार्टी सजिलै कब्जा गर्नेछन्

Sunday, August 22, 2010

अन्यौलपूर्ण राजनीतिक स्थिति र प्रतिगमनको खतरा

बारम्बारको चुनावपछि पनि प्रधानमन्त्रीको चुनावबारे कुनै निर्णय हुन सकेको छैन।

यो कुरामा मात्र अन्तरनिहित छैन कि प्रधानमन्त्रीको चयन हुन सकेन र यही स्थिति कायम रहेमा पाँचौ छैठौं… पटक पनि प्रधानमन्त्रीको चुनाव हुन सक्नेछ। योभन्दा कैयौं गुणा बढी गम्भीर प्रश्न यो होः यदि यही स्थिति दोहरिँदै जाँदा जुन अस्थिर र अन्योलपूर्ण राजनीतिक वातावरण भएको छ र हुँदै जानेछ त्यसको परिणाम के हुनेछ त्यसको पहिलो र प्रत्यक्ष परिणाम त यो हुनेछः त्यसबाट संविधानको निर्माणका लागि तोकिएको अवधि कम हुँदै गइरहेको छ र यो स्थिति कायम रहेमा थपिएको एकवर्षको अवधिमा पनि संविधानको निर्माण हुन सक्ने छैन। शायद कुरा त्यहीसम्म मात्र सीमित रहने छैन।

पुनः थपिएको एकवर्षको अवधिभित्र पनि संविधानको निर्माण भएन भने गणतन्त्रलाई संस्थागत गर्ने काम अधूरो रहनेछ। प्रतिगामी शक्तिहरु त्यसका लागि बाटो कुरेर बसिरहेका छन्। प्रथमतः उनीहरुले संविधानसभाको म्याद थप्ने कुराको नै विरोध गरेका थिए। अहिले पनि उनीहरुले लगातार संविधानसभाको विघटन गर्नुपर्ने कुरामा जोड दिइरहेका छन्। उनीहरुले चाहेको कुरा त्यही हो- संविधान नबनोस् र गणतन्त्र पनि संस्थागत नहोस्। त्यसका पछाडि उनीहरुको रणनीति स्पष्ट छ- त्यो अवस्थामा उनीहरुलाई राजतन्त्रको पुनस्र्थापनाका लागि गतिविधिहरु बढाउन बल पुग्नेछ। संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरुले जुन प्रकारको नीति अपनाइरहेका छन् त्यसबाट उनीहरुको नियत जेजस्तो भए पनि राजावादीहरुलाई नै मद्दत पुगिरहेको छ र पुग्नेछ।

संविधानसभाको विघटन हुनुपर्दछ भन्ने अभियानमा सर्वप्रथम र मुख्य रुपमा राजावादीहरु नै अग्रिम पंक्तिमा छन्। तर संविधान बनाउने कार्य अनिश्चित बन्दै जानुका साथै अझ जनतामा पनि संविधानसभाको आवश्यकता वा औचित्यबारे आशंका बढ्दै गइरहेको छ। त्यसको आभास प्रगतिशील पक्षका कतिपय अधिवक्ताहरुले प्रकट गरेका अभिव्यक्तिहरुबाट मिल्दछ। उनीहरुले पनि संविधानसभाको विघटनको पक्षमा आवाज उठाउन प्रारम्भ गरेका छन्। त्यस प्रकारको आवाज शायद ४/ पल्टको प्रयत्नपछि पनि प्रधानमन्त्रीको चुनाव हुन नसक्दा पैदा भएको निराशा अशन्तोष वा चिन्ताको परिणाम हो। यो कुराको अन्दाज गर्न सकिन्छ कि अहिलेको अवस्था कायम रहेमा वा लम्बिदै गएमा त्यो अवस्थामा जनताबाट पनि त्यही प्रकारको आवाज उठ्न थाल्ने छ र व्यवहारमा नै संविधानसभाको औचित्यता समाप्त हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यस्तो भयो भने करिब ६ दशकसम्म संघर्ष गरेर प्राप्त भएको संविधानसभाको आफ्नो कार्य पूरा नगरिकन अन्त मात्र हुनेछैन २०६२-६३ को आन्दोलनका उपलब्धिहरु र गणतन्त्र समेत समाप्त हुने खतरा रहने छ। राजावादीहरुले त्यही खोजिरहेको छन् र कतिपय प्रमुख गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुले पनि आफ्ना गलत नीति र कार्यप्रणालीद्वारा त्यस प्रकारको खतरालाई बढाउँदै लगिरहेका छन्।

संविधानको निर्माण र संविधानसभाको सन्दर्भमा जुन अवस्थाको सिर्जना भइरहेको छ त्यसका लागि प्रमुख राजनीतिक संगठनहरुका नीति र कार्यप्रणाली नै जिम्मेवार छन्। आम जनतामा आज देशमा देखापरेको अवस्थाका लागि सबै राजनीतिक दल संगठन वा सदस्यहरुलाई दोष दिने प्रवृत्ति पाइन्छ। त्यो अधिभूतवादी प्रकारको सोंचाई हो। अधिभूतवादी’ प्रकारको सोंचाईको अर्थ हुन्छ - कुनै चीजको गहिराइमा नपुगीकन र सम्बन्धित तथ्यहरु वा समग्रस्थितिबारे गम्भीरतापूर्वक विचार नगरिकन राय प्रकट गर्नु। तर चीजहरुबारे सही र तथ्यपरक दृष्टिले विचार गर्ने हो भने संविधानको निर्माण र देशमा अहिले कायम भएको अस्थिर र अन्यौलपूर्ण राजनीतिक अवस्थाका लागि सबै राजनीतिक संगठनहरु वा सभासद्हरुलाई समान प्रकारले दोषी ठहराउनु अवस्य पनि सही हुनेछैन।

अहिले देशमा जुन प्रकारको अवस्था उत्पन्न भएको छ त्यसको एउटा मूल कारण - तर यही एउटा मात्र कारण हो भन्ने होइन - संविधानको निर्माण र देशप्रतिको जिम्मेवारीभन्दा सत्ता र पद प्राप्तिलाई केन्द्रमा राख्ने प्रवृत्ति नै हो। कुनै राजनीतिक शक्तिले सत्ता वा सरकारको नेतृत्व गर्न खोज्नुलाई गलत भन्न सकिन्न। तर त्यसका लागि स्वस्थ्य प्रतिस्पर्धा हुनु पर्दछ। त्यस सन्दर्भमा अहिलेको समस्या के हो भने कतिपय राजनीतिक शक्तिहरुले सत्ता वा सरकारको नेतृत्वको प्रश्नलाई सबैभन्दा माथि राखेर आफ्ना नीति निर्धारित गर्ने र गतिविधिहरु साचालन गर्ने गरेका छन्। त्यस सिलसिलामा माओवादीहरुको नाम मुख्य रुपले आउँछ। उनीहरुले बहुमतद्वारा चुनिएको सरकारलाई असंवैधानिक घोषित गर्ने आफ्नो नेतृत्वमा सरकार नबन्दासम्म संविधान बन्न नदिने आफ्नो नेतृत्वमा सरकारको निर्माण बाहेक अन्य कुनै सरकारबारे कुनै पनि प्रकारको सहमतिलाई अस्वीकार गर्ने जुन प्रकारको कार्यप्रणाली अपनाउँदै आएका छन् त्यसले न लोकतान्त्रिक मूल्य र मान्यता र प्रणालीसित मेल खान्छ न स्वयं उनीहरु समेतको सहमति र सहभागितामा बनेको संविधानसित। अहिले उनीहरुले बहुदलीय प्रतिस्पर्धामा भाग लिएका छन्। त्यो गलत होइन। तर उनीहरुमा जीत वा हार जे भए पनि संविधानको निर्माणमा सकारात्मक भूमिका खेल्ने भावना हुनुपर्दछ।

अहिले उनीहरुले प्रधानमन्त्रीको चुनावमा जुन प्रतिस्पर्धा गरिरहेका छन् त्यो संवैधानिक प्रकि्रया र लोकतान्त्रिक विधि अनुसार नै छ। त्यसकारण त्यसलाई गलत भन्न सकिन्न। अहिले प्रधानमन्त्रीको चुनावमा देखापरिरहेको गत्यावरोधका लागि पनि माओवादी वा नेपाली कांग्रेसमध्ये कुनैलाई पनि दोष दिने ठाउँ छैन। अहिले प्रधानमन्त्रीको चुनावमा भइरहेको गत्यवरोधको अवस्थाका लागि एकातिर एमाले र अर्कातिर मधेशवादी राजनीतिक शक्तिहरु नै जिम्मेवार छन्। एमालेले सहमति वा दुई तिहाइ बहुमतप्राप्त सरकारको कुरा उठाएर प्रधानमन्त्रीको चुनावको मतदानबाट आफूलाई अलग राखेको छ। निश्चित रुपले त्यो गलत कार्यपद्धति हो। कुनै पनि विवाद वा प्रधानमन्त्रीको चुनावमा पनि सर्वप्रथम सहमतिको आधारमा कुनै निर्णयमा पुग्नु नै सही हुन्छ र सर्वप्रथम त्यसरी नै विवाद टुंगाउने प्रयत्न गर्नुपर्दछ। तर त्यसरी विवाद नटुंगिएको अवस्थामा बहुमतीय प्रणाली अपनाउनुको कुनै विकल्प छैन। प्रधानमन्त्रीको चुनावमा सहमतिको दिशामा गरिएको प्रयत्न असफल भएपछि बहुमतीय आधारमा प्रधानमन्त्रीको चुनावको प्रकि्रया प्रारम्भ भएको छ। त्यसरी बहुमतीय प्रतिस्पर्धाको प्रक्रिया शुरु भएको अवस्थामा सहमतिको कुरा उठाउनु बेमौसमी बाजा वा अप्रासंगिक कुरा हो। मधेशवादी दलहरुले पनि एक मधेश एक प्रदेश आत्मनिर्णयको अधिकार मधेशवादी समूहहरुका लडाकूहरुलाई नेपाली सेनामा सामूहिक प्रवेश आदि शर्तहरु अगाडि राखेर प्रधानमन्त्रीको चुनावमा बाधा पुर्याउने काम गरिरहेका छन्। उनीहरुका उक्त तीनवटै माग गलत छन्। तर जे भए पनि उनीहरुले आफ्ना मागहरुलाई संविधानसभामा प्रस्तुत गरेर नै टुंगाउने प्रयत्न गर्नुपर्दछ र बाहिरबाट दबाब दिएर तिनीहरुलाई पूरा गर्ने प्रयत्न गर्नु वा त्यसका आधारमा प्रधानमन्त्रीको चुनावमा गत्यवरोधको स्थिति पैदा गर्नु अवस्य पनि सही तरिका होइन। बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका हुन्छ।

उनीहरुले सही र जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनन् भने व्यवस्था असफल हुने खतरा हुन्छ र त्यो अवस्थामा एक वा अर्को प्रकारका दुर्घटनाहरु हुने सम्भावना हुन्छ। २००७ साल वा २०४६ सालपछि पनि विभिन्न राजनीतिक शक्तिहरुले सही नीति अपनाउन वा सही भूमिका खेल्न नसकेका कारणले देशमा जुन दुर्घटनाहरु भए ती हाम्रा अगाडि छन्।

माओवादी र नेकालाई अहिले प्रधानमन्त्रीको चुनावका सन्दर्भमा दोष दिन मिल्दैन। उनीहरु प्रधानमन्त्रीको चुनावमा उम्मेदवार बनेका छन् र संविधानमा गरिएको व्यवस्थाअनुसार उनीहरुले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्। त्यसैले उनीहरुका कारणले अहिले कुनै समस्या पैदा भएको छैन। तर एमाले र मधेशवादी संगठनहरुका कारणले नै अहिले चुनावमा गत्यवरोधको अवस्था उत्पन्न भएको छ। त्यसप्रकारको गत्यवरोधको अवस्था कायम रहेमा त्यसबाट कैयौं दुर्घटनाहरु हुन सक्नेछन्। त्यसैले ती दुवै संगठनहरुले अहिलेको आफ्नो नीति वा भूमिकाबारे पुनर्विचार गरेर तिनीहरुलाई सच्चाउनुपर्ने आवश्यकता छ।

हाम्रो जोड यो कुरामा छ कि अहिले देशका अगाडि उपस्थित ऐतिहासिक र राष्ट्रिय महत्वका जिम्मेवारीहरु मुख्यतः संविधानको निर्माण र गणतन्त्रलाई संस्थागत गर्ने कार्यहरु पूरा गर्नका लागि सामान्यतः संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरु मुख्यतः माओवादी एमाले र नेकाका बीचको सहमतिले निर्णयात्मक महत्व राख्दछ। तर त्यो कुरालाई प्रधानमन्त्रीको चुनाव वा सरकारको गठनसित जोडेर हेर्नु सही हुने छैन। संविधानमा गरिएको व्यवस्था अनुसार सहमतिका आधारमा प्रधानमन्त्रीको चुनाव हुन नसकेमा बहुमतीय आधारमा पनि त्यसको प्रधानमन्त्रीको निर्वाचन हुन सक्दछ। तर संविधानको निर्माणका लागि दुईतिहाइ बहुमतको समर्थनको आवश्यकता पर्दछ। त्यो कुरालाई आधार बनाएर कतिपय पक्षधहरुले प्रधानमन्त्रीको चुनाव पनि सहमतिको आधारमा हुनुपर्ने आवश्यकतामा जोड िदंदै त्यसो हुन नसकेमा संविधान बन्न नसक्ने कुरा उठाइरहेका छन्।

तर यहाँ विषयलाई गलत प्रकारले बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ। त्यो सोंचाई यो मान्यता माथि टिकेको छ कि कुनै राजनीतिक शक्ति सरकारमा सामेल भएपछि नै संविधानको निर्माणमा त्यसको सकारात्मक योगदान हुन सक्दछ वा हुनुपर्दछ। यो मौलिक रुपले नै गलत सोंचाई हो। त्यस प्रकारको सोचाईमा सत्तालाई नै केन्द्रमा राखेर सोंच्न चरम प्रकारको पदलोलुप प्रवृत्ति अन्तरनिहित भएको कुरा प्रष्ट छ। तर होइन कुनै राजनीतिक शक्ति सत्तामा भएमा वा प्रतिपक्षमा भएपनि संविधानको निर्माण वा गणतन्त्रलाई सुदृढ गर्ने काममा सहयोग गर्ने उसको कत्र्तव्य हुन्छ र हुनुपर्दछ।

त्यस प्रकारको दृष्टिकोणलाई अपनाएपछि प्रधानमन्त्रीको चुनाव सहमति वा दुईतिहाई बहुमतको समर्थनमा नभएपनि संविधानको निर्माणमा दुईतिहाई बहुमतको समर्थन प्राप्त गर्न कुनै कठिनाई प्राप्त हुने छैन। राजनीतिक दलहरुमा त्यस प्रकारको भावना देखापर्न सकेन भने के गर्ने वा त्यसको परिणाम के हुनेछ बताइरहनुपर्ने आवश्यकता छैन कि राजनीतिक दलहरुले सही नीति अपनाउन वा भूमिका खेल्न नसकेमा त्यसका कैयौं दुष्परिणामहरु हुनेछन् र तिनीहरुबाट २०६२-६३ को आन्दोलनका उपलब्धिहरु संविधानको निर्माण गणतन्त्रको सुदृढीकरण शान्ति प्रक्रिया वा देशको राष्ट्रियता सर्वभौमिकता र अखण्डतामा समेत गम्भीर क्षति पुग्ने छ। इतिहासको गति अग्रगमको दिशाको सट्टा प्रतिगमनको दिशामा फर्कने छ। निश्चय नै त्यो अवस्थामा पनि प्रतिगामी शक्तिहरुको विजय हुनेछ भन्ने होइन।

अन्तमा जीत जनता र अग्रगमनको नै हुनेछ। तर त्यसका लागि धेरै क्षतिहरु उठाउनु पर्नेछ र अहिले प्राप्त भएका उपलब्धिहरुलाई प्राप्त गर्न पुनः लामो र कठिन संघर्षको बाटो समात्नु पर्नेछ। तर राजनीतिक शक्तिहरुले समयमा नै ध्यान दिएर आफ्ना गलत नीति र गतिविधिहरुलाई सच्याउन सकेमा त्यस प्रकारका क्षति र अहिलेका उपलब्धिहरु प्राप्त गर्नका लागि पुनः लामो र कठिन संघर्षको बाटोबाट बच्न सकिने छ। त्यसका संविधानसभा र गणतन्त्र पक्षधर शक्तिहरुले गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ।
लेखक सिंह नेकपा मसालका महामन्त्री हुनुहुन्छ।