अग्रगमनको पहिलो प्रस्तावक माओवादी हो यसमा द्विविधा छैन । ऊद्वारा साचालित दशवर्षे जनयुद्धले यो अग्रगामी परिवर्तन ल्याएको हॊ यसमा पनि द्विविधा छैन । र यो परिवर्तनलाई उन्नाईसदिने जनआन्दोलनले हावा दिएको पनि हो यसमा पनि द्विविधा छैन । र संविधान सभामा दबदबा पनि कम्युनिष्टहरुकै छ । तैपनि जनताले आजसम्म आफ्नो हक अधिकारको मुद्धालाइ सँस्थागत गर्न नसक्नुको एउटै कारण के छ भने अतिरिक्त श्रम र अतिरिु मूल्यवारे कहीँ कतै चर्चा गरिँदैन र गर्न जरुरी ठानिँदैन जुन अतिरिक्त श्रम र मूल्यलाइ गरिव मजदुरहरुले पत्तै नपाईकन आफ्ना मालिकहरुलाइ सुम्पिरहेका हुन्छन् र त्यही अतिरिक्त श्रम र मूल्यका आधारमा मालिकहरुले आफ्नो पूँजिलाइ बढवा दिईरहेका हुन्छन् ।
कोईलाको दलाली गर्नेको हात कालो भए जस्तै यहाँका क्रान्तिकारी पार्टीहरु र तिनका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले आफ्नो राजनीतिक जीवनको कुनै कालखण्डमा पनि गरिव तथा मजदुरहरुको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्य जसलाई उनीहरुले बाध्यतावश आफ्ना मालिकहरुलाइ सुम्पिदै आएका छन् र सुम्पिरहेका छन् त्यसवारे चर्चा गर्न जरुरी ठानेनन् । जसको सिधा अर्थ हो-स्वयम् क्रान्तिकारी दलहरुका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले नै मालिकहरु र श्रमजिवि मजदुरहरुको बीचमा दलाली गर्दैछन् र आफ्नो अभिष्ट पूरा गर्दैछन् । पूँजिवादको सर्वनाश हुनुपर्ने यो युगमा आज जुन हिसावसँग माक्स्रवाद-लेनिनवाद-माओत्सेतुङ्ग बिचारधाराको बदनामी भईरहेको छ त्यसको पछाडि कुनै न कुनै रुपमा क्रान्तिकारीताको जामा पहिरिने उनै दलालहरु छन् अरु छैनन् ।
हामीलाइ युगौँदेखि ईश्वरवादी चिन्तनको अफिम खुवाईँदै आएको हुँदा आफ्नो जीवन र जीवनका सबै जरुरतहरुलाइ हामीले भगवानकै भरोसामा छाडिदिन्छौँँ । किनकि हामी कर्म त गर्दछौँ तर फलको आसा गर्दै्रनौँ । अढाईसय बर्षसम्म दिलोदिमागमा कोच्चिँदै आएको अन्धबिश्वास कुरीति कुसँस्कारले हाम्रो दिमाग यति बोधो भईसकेको छ कि धनीहरु झन् झन् धनी र गरिवहरु झन् झन् गरिब बन्दै जानुको दोष हामी प्रारब्ध पूर्वजन्मको फल लाई दिन्छौँ । यो सोँच्दैनौँ कि मालिकहरुले अदृश्य रुपमा शोषण गरिरहेको गरिव मजदुरको अतिरिक्त श्रम (Surplus labour), र अतिरिक्त मूल्य (Surplus value) र अतिरिक्त श्रमकाल (Surplus labour time) तर्फ ध्यानै दिँदैनौ र दिन जरुरी पनि ठान्दैनौँ ।
राजतन्त्रको पलायनसँगै लोकतन्त्रको स्थापनापछिका दिनहरुमा हामीकहाँ पूँजिवादी दलहरु पुराना पाचहरुको दल लगायत नेपाली काँग्रेस र केही मधेसवादी दलहरु समेत र कम्युनिष्ट भनौदा साम्यवादी दलहरु बीच सधैँभरी मनमुटाव मात्र रहनु र उनीहरु बीच पानी बाराबारको स्थिति मात्रै बनिरहनुको मूलकारण के हो पूँजिवादी बिचार र साम्यवादी बिचार बीचको फराकिलो बैचारिक अन्तरद्वन्द जसलाई स्वयम् पूँजिवादी अर्थशास्त्रीहरुले पनि नकार्दैनन् । किनकि पूँजिवादको मुख्य आधारशीला नै अतिरिक्त श्रम अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल हो । यसको चर्चा गरिव तथा मजदुर वर्गकॊ प्रतिनिधित्व गर्ने सर्वहारा अधिनायकवादी दलहरुले गर्नुपर्दथ्यो गरेका छैनन् । किन किनकि कोईलाको दलाली गर्दा गर्दै सबैको हात यति कालो भईसकेको छ कि केही गरे पनि त्यो छुट्दै छुटिरहेको छैन ।
गरिव मजदुर तथा श्रमजिवि जनताको वकालत गर्ने सैयौँ संघ संगठनहरु हामीकहाँ छन्् । कुनैले पनि अतिरिक्त श्रम अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल र अतिरिक्त मूल्यको सिद्धान्त ९त्जभयचथ या क्गचउगिक खबगिभ० जुन माक्स्रवादको आधारशीला हुन् त्यसको चर्चा गर्दैनन् र गर्न जरुरी ठान्दैनन् । यसकारण गरिव मजदुर किसान दलित पीडित उत्पीडित जनता आज पनि आपनो हक अधिकारबाट बिाचत छन् र सुकिला-मुकिला क्रान्तिकारीहरुदेखि टाढा भाग्दैछन् ।
अतिरिक्त मूल्य माक्स्रवादी अर्थशास्त्रको अचूक अश्त्र हो । यो अतिरिक्त श्रमबाट उत्पन्न हुन्छ । कामदारले श्रमशक्तिलाई आफ्नो परिवारको जिविकोपार्जनका लागि आफ्नो श्रमशक्तिको मूल्य हासिल गर्न बाध्य भएर पूँजिपति मालिक को हातमा बेच्ने गर्दछ र पूँजिपतिले अतिरिक्त श्रमशक्ति शोषण गरेर त्यसबाट जुन मूल्य हासिल गर्दछ त्यसलाई पँूजिवादी अर्थशास्त्रीहरुले ुनाफाु को अत्तर छर्कि दिन्छन् । परन्तु माक्स्रवादको परिभाषामा त्यही ुनाफाु नै अतिरिक्त मूल्य हो जसको चर्चा हाम्रा कुनै पनि क्रान्तिकारी पार्टी र तिनका नेता कार्यकर्ताहरुले गर्दैनन् । हिजो पनि । आज पनि । किनकि यही दलालीबाटै उनीहरुलाइ सबथोक हासिल भईरहेको छ ।
उद्योग धन्धा कलकारखाना दोकान पसल जहाँसुकै कामदारले जुन श्रमशक्ति खर्च गर्दछ । त्यसमा आवश्यक श्रमशक्ति र अतिरिक्त श्रमशक्ति दुईवटा स्वरुप हुन्छन् । ज्याला तथा मजदुरीका लागि कामदारले खर्च गर्ने श्रमशक्ति आवश्यक श्रमशक्ति हो । त्यसलाई उसले थाहै नपाईकन मालिकको हातमा सुम्पिरहेको हुन्छ । लगानीभन्दा दोब्बरतेब्बर नाफा आर्जनका लागि कामदारबाट हासिल गर्ने श्रमशक्ति अतिरिक्त श्रमशक्ति हो जसमा सिङ्गै पूँजिवाद टिकेको हुन्छ र पूँजिपतिहरुले फूर्ति लगाउँने गर्दछन् ।
उत्पादन बिक्री वा बितरणको क्रममा कामदारले खर्च गर्ने श्रमशक्ति दुईथरी हुन्छन् । यसलाइ श्रमकालले नाप्ने गरिन्छ । कामदारले आफ्नो जिविकोपार्जनको लागि खर्चिने समय आवश्यक श्रमकाल हो । तर अतिरिक्त मूल्य हासिल गर्नको लागि मालिकले मजदुरबाट जति बढी श्रमकाल शोषण गर्दछ त्यो श्रमकाल चाहीँ अतिरिक्त श्रमकाल हो जुन मालिकले आर्जन गर्ने अतिरिक्त मूल्यको सूत्रधार पनि हो । गरिव मजदुर किसान भूमिहीन जनताको वकालत गरेरै नथाक्ने यहाँ कुनै यस्ता कम्युनिष्ट पार्टी र नेताहरु देखिएनन् जसले गरिव मजदुरले मालिकको हातमा सुम्पिएको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्यवारे कहिल्यै चर्चासम्म गरेका होउन् र कम्मर कसेर त्यसलाइ सँस्थागत गर्न लागीपरेका होउन् ।
माक्स्रवाद सदा जिवित रहने र अपराजेय शिक्षा मानिन्छ । यसले पूँजिवादको आथिृक नियम र त्यसका विकृतिहरुको विस्तृत ब्याख्या गरेर पूँजिवादको सर्वनाश हुने कारण पत्ता लगायो । तर यहाँका कुनै पनि कम्युनिष्टहरुले कहिल्यै त्यसवारे एक शब्द बोल्न जरुरी ठानेनन् र बोलेनन् । जवकि पूँजिवाद बिरुद्ध साम्यवादको निम्ति अतिरिक्त श्रम अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल अभेद्य अश्त्र हो । यस अर्थले नेपालका कम्युनिष्ट पार्टीहरु र तिनका नेता-कार्यकर्ताहरु केवल सत्ता हथ्याउन र शक्तिमा पुग्नकै निम्ति मात्र क्रान्तिकारीताको स्वाङ गरिरहेका छन् र आफ्ना झण्डाहरुमा हँसिया हथौडाको लोगो कोरिरहेका छन् । यो नै श्रमजिवि मजदुर किसान दलित पीडित भूमिहीन र सर्वहारा जनतासँग गरिएको आधुनिक जमानाको सबैभन्दा ठूलो राजनीतिक बेईमानी हो । अर्थात राजनैतिक छल !
गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुको वकालत गर्नेहरुले गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुले निःशुल्क रुपमा अाजानवश मालिकको हातमा सुम्पिरहेको बाध्यताको चर्चा गर्न जरुरी छ कि छैन गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुको नाम बेचेर त्यसबाट नेताकार्यकर्ताहरुले मोज गरिरहेको प्रतिफल नाफा हो कि होईन त्यो प्रतिफलमा गरिव श्रमजिवि मजदुर किसानहरुको अधिकार हुनुपर्छ कि पर्दैन गरिवले त्यसको प्रतिफल पसिना नसुक्दै पाउँनुपर्छ कि पर्दैन नपर्ने भए क्रान्तिकारीताको यो स्वाङ छोड्नुपर्छ कि पर्दैन के माक्स्रवाद-लेनिनवाद-माओवाद केवल देखाउने दाँत मात्र हो यसैको लागि हो माक्स्रवादलाई अजेय र अमर मानिएको बिज्ञान मानिएको जुन दसवर्षे जनयुद्धमा गरिव मजदुर किसान दलित पीडित उत्पीडितहरुले आफ्नो जिन्दगीको सम्पूर्ण ऊर्जा सिद्धयाए श्रमशक्ति र अतिरिक्त श्रम खर्चे त्यसबाट निस्केको लोकतन्त्ररुपी नाफाको प्रतिफल उनीहरुले पाउनुपर्ने कि नपर्ने महान जनआन्दोलनबाट हासिल गरेको यो नाफाको केही अंश ती जनताले पाउनुपर्ने कि नपर्ने जुन नाफामा उनका नेताहरुले दाईँ गर्दैछन् पाउने भए कहिले पाउने यो वितण्डा सकिएपछि र यो वितण्डा सकिने कहिले पूँजिवादको प्रतिनिधि अमेरिकाको नजर संयुक्त अरव ईमिरेट्समा युएई माथि पनि छ । किनकि त्यहाँ अपार तेलका कुवाहरु छन् । तर युएईका जनतालाई उचाल्ने उसकॊ हरेक प्रयास असफल भएका छन् । किनकि अरवका शेखहरुले आफ्नो सम्पूर्ण पूँजिलाई नागरिकको मुनाफाका लागि लगानी गर्दछ र त्यसको लाभाँश जनतामा बाँड्दछ । आज युएईमा जे छ त्यो अमेरिकासँग पनि छैन । किनभने आफु चारैतिरबाट सुरक्षित भएपछि मानिसलाइ केही पनि चाहिँदैन । न कुनै सिद्धान्त । न त कुनै बाद नै । स्वतन्त्र राज्य संघीयता को जुन खेल यहाँ खेलिँदैछ र तर त्यस्ता सँघीय राज्यहरुको जुन आफ्नै स्वतन्त्र अस्तित्व र आफ्नै बौद्धिक नैतिक स्वतन्त्र आधारहरु हुन्छ भन्ठानिएको छ माक्स्रवादको परिभाषामा ती पनि बुर्जुवा राज्यहरु नै हुन् जहाँ कुनै अवधिमा पूँजिवादी सामाजिक व्यवस्थाले साम्यवादी सामाजिक व्यवस्थामाथि क्रान्तिकारी तरिकाले संक्रमण गर्नेछ र पनि त्यसलाइ क्रान्तिकारी सर्वहारा अधिनायकवादको सुदर्शन चक्रले टुक्राटुक्रा पारिदिनेछ ।
No comments:
Post a Comment