सिद्धान्त, सङ्गठन र नेतृत्व शैली बदल्दै शान्तिपूर्ण आन्दोलनको अगुवाईका लागि जनतामा उत्साह सञ्चार गराउन सक्दा मात्रै काङ्ग्रेसले आफ्नो सान्दर्भिकता पुनर्स्थापित गर्न सक्छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मान्यवर कामरेड द्वय माधवकुमार नेपाल र खड्गप्रसाद ओलीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को गृह मन्त्रालय चलाउनसक्ने वाञ्छनीय योग्यताका बारे जतिसुकै चर्को स्वरमा प्रश्न उठाए पनि माओवादीसँग एमालेको भावनात्मक एकीकरण