तरुण पौडेल
06 November, 2010
USA
केहि महिना पहिले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका दोश्रो बरियताका नेता डा. बाबुराम भट्टराइले काठमान्डूको टुँडिखेलको ठूलै जनशभामा भनेका थिए �नेकपा एमाले तेश्रो लिंगी पार्टी हो �।
नेपालमा जारी अहिलेको प्रधानमन्त्री नचुनिने शृंखलाबद्ध संसदीय अभ्यासबाट जुनरुपले राजनीति र राजनीतिज्ञप्रति अनास्था र आक्रोस को मात्रा चुलिदो छ, त्यसको जड र उत्तर डा. बाबुराम भट्टराइले खुलामंचबाट एमालेलाई दिईएको राजनीतिक विभूषणमा अन्तर्निहित छ ।
एमाले अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्रीय उम्मेदवारी एमाले भित्रबाटै क्युरेट गराईए पछि झलनाथ खनालले अहिलेको गन्जागोल र पार्टीको अध्यक्ष हुंदाहुदै प्रधानमन्त्री हुन नसके संधैका लागि बाँझो हुनुपर्ने हठधर्मिता पाल्दा "राजनीतिक तेश्रो लिंगी" पहिरन एमाले पार्टीलाइ गुथाउन
सफलता मिलेको छ । झलनाथ खनालको प्रधानमन्त्रीय उम्मेद्वारी फिर्ता त्यही पार्टीको निर्णय र प्रस्तावक माधव कुमार नेपालले संसदीय प्रक्रिया अनुरुप गर्नु भएको हो । त्यसपछि बाँकि दुइ उम्मेद्वार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र माओबादीका पुष्पकमल दाहाल मध्ये एक जनालाई मत दिनुपर्ने जिम्मेवारीबाट एमाले च्युत हुनु र तथष्टताको नाममा संसदीय हलो अड्काउने कार्य गरिरहेको छ ।
कम्युनिस्ट गोत्रीय हिसाबले माओबादीलाई वा संसदीय प्रजातान्त्रिक कित्तातिर एमाले नजिक हुन चाहने भए नेपाली कांग्रेसका उम्मेद्वारलाई मत दिएर नया सरकार बन्ने प्रक्रियालाई निकास दिनु एउटा राजनीतिक पार्टीको जिम्मेवारी हो । एमाले पार्टीका सांसदलाई कतै पनि भोट नहाल्न वा कुनै निर्णय नगर्न मतदाताले भोट दिएका होइनन ।
एमाले पार्टीको आफ्नै उम्मेद्वार कायम भएको भए हामीलाई मत देउ, हामीलाई यो कारणले साथ् दिनु पर्छ भन्न सक्ने आधार एमालेलाई हुन्थ्यो । नत्रभने कुन चाँहि उम्मेद्वारले राष्ट्रिय आवश्यकता संबिधान बनाउने र माओबादी लडाकाहरुको व्यवस्थापन गर्न सक्छन छानेर मत हाल्नु पर्दथ्यो । माओबादीका अध्यक्ष प्रचण्डले यसपालिको प्रधानमन्त्रीय खेलमा कुनै हालतमा पनि जित्न नसकिने देखेर उम्मेद्वारी फिर्ता लिएका हुन् । मुलुक माओबादी र कांग्रेसी पक्षमा विभक्त भएको छ यो प्रधानमन्त्रीय खेलमा तर आँफुलाई ठूला दल मध्येको ठान्ने र संसदीय बाटोको जनबादी ठान्ने एमालेले यता न उता को तेश्रो लिंगी चरित्र देखाएको छ ।
कांग्रेसका रामचन्द्र पौडेलले पनि उम्मेद्वारी फिर्ता लिईदिए माओबादीको समर्थनमा बहुमत पुर्याएर प्रधानमन्त्री हुन् पाइने आसमा झलनाथ खनालले मुलुकको राजनीतिलाई बन्धक बनाएका छन् ।
रामचन्द्र पौडेलको उम्मेद्वारी प्रक्रिया र बाध्यताको रुपमा जिउँदो छ । संसदीय प्रक्रिया अनुरुप कि त पराजित गर्न सक्नु पर्यो यात साथ् दिनु पर्यो । बिचरा रामचन्द्र पौडेललाई पदलोलुप भन्ने डंका पिटाएर आफ्नो "तेश्रो लिंगी चरित्र " को साबिती दिएर आत्मरतिमा एमालेका अध्यक्ष झलनाथ खनालले �झर्ला र खाउँला� भनेर मुलकलाई नै बन्धक बनाएका छन् ।
रामचन्द्र पौडेलको उम्मेद्वारी जारि रहेर कमसेकम संसदीय परिपाटीको निरन्तरता भैरहेको छ । माननीय मनुवाहरुले कमसेकम आफ्नो काम छ भन्न पाएका छन् । समयमै संबिधान बनाउन असफल व्यवस्थापिका र सांसदहरुको जागिर थाम्न पनि पौडेलको उम्मेदवारीले भयानक योगदान गरेको मात्रै छैन मुलुकको राजनीतिमा माओबादीलाइ निश्चित दवाबमा राख्न पनि कामयावी भएको छ ।
उत्तरी छिमेकी चाइनाको सीमावर्ती भूभागमा चाइनिज जुत्ताले दक्षिणी छिमेकीका राजदूतलाई हिर्काएर माओबादी पार्टीका अध्यक्ष र लडाकाहरुको चाइना भ्रमणद्वारा दिल्लीलाई घुर्की देखाउने माओबादी अध्यक्ष प्रचण्डको रणनीतिले एमालेका अध्यक्ष झलनाथ खनाललाइ मुतको न्यानो दिएको होला तर एमाले पार्टीको साखलाई जनता र अन्तराष्ट्रिय रुपमा गिराउन जेएन कमरेडले राम्रै योगदान पुर्याउनु भएको छ ।
हुनत नया सरकार नबन्दा एमालेकै नेता कमरेडको कामचलाउ दिन थपिईरहेको हुनाले माधव नेपालको सरकारले बजेट समेत ल्याउदैछ । एमाले पार्टीका केहि नेता कार्यकर्ताहरुलाइ मोज भैरहेको होला तर मुलुकको मुख्य आवश्यकता र जनताको चाहना अनुरुपको संबिधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनु पर्ने महत्वपूर्ण कार्यमा भने एमालेको तेश्रो लिंगी चरित्रले ठूलो अड्चन गरेको छ ।
संसदमा कतैपनि भोट हाल्दिन भनेर भत्ता मात्रै खान पाईदैन , कालो या सेतो कुन ठिक भन्दा मलाई खैरोमात्रै मन पर्छ भनेर जवाफ दिनु गलत उत्तर दिएको हुन्छ । संसदमा प्रधानमन्त्रिको चुनाबमा पक्ष या विपक्ष एउटा कित्तामा भोट हाल्नु एमालेको राजनीतिक कर्तब्य हो । एमालेले लिएको तटस्थताको तेश्रो लिंगी अडानले नेपालको राजनीतिलाई चक्काजाममा पारिदिएको छ । एमालेले रामचन्द्र पौडेलको पक्षमा मत दिए मुलुकले नया सरकार पाउन सक्छ अथवा बिपक्षमा मत दिए रामचन्द्र पौडेलले संसदमा पुर्याउन नसकेको बहुमत पुर्याउन सक्ने अर्को व्यक्तिको लागि नया प्रक्रियामा गएर सरकारबिहिनताको अवस्था तोडिन सक्दछ । मुलुकमा संसदीय प्रक्रिया जारि रहन सक्दछ ।
हुनत नया सरकार नबन्दा एमालेकै नेता कामरेडको कामचलाउ दिन थपिईरहेको हुनाले माधव नेपालको सरकारले बजेट समेत ल्याउदैछ । एमाले पार्टीका केहि नेता कार्यकर्ताहरुलाइ मोज भैरहेको होला तर मुलुकको मुख्य आवश्यकता र जनताको चाहना अनुरुपको संबिधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनु पर्ने महत्वपूर्ण कार्यमा भने एमालेको तेश्रो लिंगी चरित्रले ठूलो अड्चन गरेको छ ।
संसदमा कतैपनि भोट हाल्दिन भनेर भत्ता मात्रै खान पाईदैन , कालो या सेतो कुन ठिक भन्दा मलाई खैरोमात्रै मन पर्छ भनेर जवाफ दिनु गलत उत्तर दिएको हुन्छ । संसदमा प्रधानमन्त्रिको चुनाबमा पक्ष या विपक्ष एउटा कित्तामा भोट हाल्नु एमालेको राजनीतिक कर्तब्य हो । एमालेले लिएको तटस्थताको तेश्रो लिंगी अडानले नेपालको राजनीतिलाई चक्काजाममा पारिदिएको छ । एमालेले रामचन्द्र पौडेलको पक्षमा मत दिए मुलुकले नया सरकार पाउन सक्छ अथवा बिपक्षमा मत दिए रामचन्द्रले संसदमा पुर्याउन नसकेको बहुमत पुर्याउन सक्ने अर्को व्यक्तिको लागि नया प्रक्रियामा गएर सरकारबिहिनताको अवस्था तोडिन सक्दछ ।एमालेले एउटा बाटो रोजेमा मधेसबादी र अन्य साना दलहरुले पनि आफ्नो पक्षधरता रोज्ने वा निर्णय गर्ने अथवा मोलतोलको लागि बाटो खुल्ने हुन्छ । मुलुकले तत्कालको लागि एउटा राजनीतिक निकास पाउँछ ।
मुलुक संसदीय प्रक्रियाबाट नै अगाडी बढ्न सक्दछ अन्यथा तुलनात्मक रुपमा सम्मानयोग्य बामपन्थी नेताहरु चित्र बहादुर के.सी.ले भने जस्तो मुलुकमा पंचायत फर्किन सक्ने वा नारायणमान बिजुक्छेले भने जस्तो राष्ट्रपति शासन लागु गर्नु पर्ने स्थिति तर्फ राजनीति उन्मुख हुने खतरा देखिन्छ । एमालेकै नपुंसक व्यवहारले गर्दा मरेको राजतन्त्रको काँचो बायु काठमान्डू उपत्यकाबाट लखेटिएका विक्रम टेम्पोले फ्याक्ने धुँवा जस्तै मन्दबिष जसरि नेपाली राजनीतिक पर्यावरणमा संक्रमित हुन खोजिरहेको देखिन्छ ।
समयमा र गतिलो संबिधान बनाउन पनि नसक्ने र सरकार निर्माण गर्न पनि नसक्ने जम्बो व्यवस्थापिकाको औचित्य पनि समाप्त हुन्छ । त्यस्तो अवस्थाको कारक एमाले कै तटस्थताको तेश्रो लिंगी चरित्र हुनेछ । अहिलेको संसदको अप्राकृतिक मृत्युले मुलुकमा संस्थागत हुन लागेको गणतन्त्र र संघियताको पनि भ्रुण हत्या हुनेछ । त्यो राजनीतिक दुर्घटना निम्त्याउन अहिलेको तटस्थताको रटानले एमालेको संस्थापन पक्ष जोरजुलुम गरिरहेको देखिन्छ । आफ्नो अनुकुलमा परिस्थिति ल्याउन संसद्को नियम र पद्दति नै संसोधन गर्न समेत एमालेका अध्यक्ष मण्डली र माओबादीका अध्यक्ष मण्डलीहरु संबिधान सभाका अध्यक्ष कंहा गएका थिए । त्यसबाट नै प्रचण्ड र झलनाथको नियत स्पष्ट हुन्छ । प्रचण्डको प्रधानमन्त्रित्वमा रहेको माओबादी नेतृत्वको सरकार र माधव नेपालको प्रधानमन्त्रित्वको एमाले नेतृत्वको दुवै सरकार ढाल्न एमाले अध्यक्ष झलनाथ खनाल को मुख्य भूमिका थियो । अहिले आफु प्रधानमन्त्री हुन् पाइन् भनेर स्वयम्भु र बनकालिमा रमाउने पात्रहरुको चरित्र कमरेड जेएन ले नेपाली राजनीतिमा देखाउनु भएको छ- आफु पनि घर नबनाउने अरुको पनि भत्काइदिने ।
No comments:
Post a Comment