गत साता (भदौ ३० गते) नागरिक दैनिकमा एनेकपा (माओवादी)को एउटा सभाको सानो समाचार छापिएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्यले सभालाई सँगै सम्बोधन गरेका रहेछन्। सभामा मोहन वैद्यले प्रचण्डलाई राजनेता बन्ने प्रलोभनबाट जोगिने सल्लाह दिएका थिए। प्रचण्डले राजनेता बन्दा सर्वहारा वर्गको वर्गीय हित हुँदैन भन्ने मोहन वैद्यको कथन थियो।
मोहन वैद्य अर्थात् कमरेड 'किरण' माओवादीका शीर्षस्थ सिद्धान्तकार हुन्। माओवादीको स्थापनाकालदेखि अहिलेसम्म पार्टीको सिद्धान्त, कार्यक्रम र रणनीतिको व्याख्याका क्रममा उनको ठुलो योगदान छ। मोहन वैद्यले माओवादी १२ बुँदे सम्झौतामा आएदेखि अहिलेसम्म आफ्नो वर्गीय(?) दृष्टिकोणलाई कहिले पनि लुकाएका छैनन्। माओवादीले 'जनयुद्ध' थाल्दा नेपालमा सीमाबद्ध भए पनि एउटा प्रजातान्त्रिक व्यवस्था थियो। विसं २०४७ सालमा लागु गरिएको संविधानमा लेख्ने, बोल्ने, पार्टी खोल्ने स्वतन्त्रता सन्तोषजनक मात्रामा प्रत्याभूति गरिएको थियो। माओवादीले त्यस व्यवस्थाको विरोधमा हतियार उठायो। भोलिको नेपालमा पनि उदारवादका यस्तै आधारभूत मान्यता कायम राखेर एउटा नयाँ किसिमको बहुदलीय व्यवस्था बनाउने प्रयत्न भइरहेको छ। यस पृष्ठभूमिमा मोहन वैद्यको टिप्पणीले ध्यान आकर्षण गर्छ।
कम्युनिस्टहरूले मार्क्सवादलाई एउटा सम्पूर्ण एवं अकाट्य वैज्ञानिक शास्त्रका रूपमा लिएका छन्। मार्क्सवादभित्र अणुपरमाणुदेखि ब्रह्माण्डसम्मका सबै समस्याको व्याख्या छ। त्यस्ता समस्याको त्यहाँ व्याख्यामात्र छैन, समस्याहरूको समाधान पनि छ भन्ने सामान्यतः सबै कम्युनिस्टको विश्वास छ। यस सर्वज्ञ विज्ञानले नेतृत्वको चरित्र र कोटीका बारेमा पृथक धारणा राख्नु स्वभाविकै हो। शास्त्रीय मार्क्सवाद अर्थात् मार्क्स र एंगेल्सको रचनात्मक परम्परामा भने नेतृत्वका बारे धेरै विशद चर्चा भएको भेटिँदैन। कार्ल मार्क्सले नेपोलियन तृतीयका बारे लेखेको 'दी एटिन्थ ब्रुमअर अफ नेपालीयन बोनापार्ट' भन्ने पुस्तकमा व्यक्तिले इतिहास बनाउने प्रक्रियाका बारेमा केही गम्भीर टिप्पणी अवश्य गरिएको छ। होइन भने मार्क्सवादले इतिहास निर्माणका प्रक्रियामा व्यक्तिलाई केन्द्रीय भूमिका दिने गरेको छैन। सोभियत क्रान्तिको विकासक्रमका निमित्त लेनिनको व्यक्तित्वभन्दा पनि तत्कालीन आर्थिक, भौतिक र अन्तर्राष्ट्रिय परिस्थिति जिम्मेदार छ भनेर कट्टर लेनिनपन्थीले पनि लेखेका छन्। बरु लेनिनका आलोचकले सोभियत क्रान्ति लेनिनको व्यक्तित्व र नेतृत्वको प्रत्यक्ष परिणाम थियो भनेका छन्। लेनिनका कुनै समयका गुरु प्लेखानोभले इतिहासमा निर्वैयक्तिक शक्ति प्रधान हुन्छ भनेर एउटा सिंगो पुस्तक नै लेखे। तदनुरूप बोल्सेभिक क्रान्तिपछि रुसमा एउटा खास प्रकारको मार्क्सवाद विकसित भयो। यस्तै चिन्तनको आधारमा स्टालिनले पार्टी, कार्यकर्ता, नेतृत्व र समाजका बारेमा सिद्धान्तहरू बनाए। स्टालिनको भाष्य नै कम्युनिज्मको आधिकारिक सिद्धान्त भयो। यसै वौद्धिक परम्परामा नेतृत्वको वर्ग र श्रेणीका बारे मोहन वैद्यले टिप्पणी गर्नुभएको हो।
मोहन वैद्यको प्रस्तुतीकरणले आजको नेपालको ऐतिहासिक चरणमा सर्वहारा वर्गको भूमिका र बाँकी समाजको सम्बन्धका बारे एउटा प्रश्न उठाएको छ। सर्वहारा वर्ग र बाँकी समाजका हित एक हुन् वा विपरीत छन्? शास्त्रीय मार्क्सवादले सर्वहारा वर्गको स्वार्थलाई बाँकी समाजको स्वार्थभन्दा पृथक राखेको थिएन। सर्वहारा वर्ग एउटा खास ऐतिहासिक चरणमा समाजको सर्वाधिक प्रगतिशील वर्ग हुन्छ। सर्वहारा वर्गले अगाडि सारेको विचारलाई समाजका शेष सदस्यले तत्कालका लागि अस्वीकार गर्न सक्छन्। किन्तु, समग्रमा सर्वहारा वर्गको हित नै त्यस समयको वर्ग समाजमा समेत सिंगो समाजको निमित्त हितकारी हुन्छ भन्ने मार्क्सको अडान थियो। त्यस दृष्टिले सर्वहारा वर्गको एउटा नेता सिंगो समाजको नेता हुन नसक्ने भन्ने देखिँदैन। साँच्चै भन्ने हो भने जुन नेता जति हदसम्म सर्वहारा वर्गको साचो नेता छ त्यस हदसम्म त्यसले सिंगो समाजको भावना र आकांक्षाको प्रतिनिधित्व गर्नुपर्ने हो।
उपर्युक्त तर्कलाई तन्काएर एउटा कुरा सजिलै भन्न सकिन्छ, आज नेपालका माओवादी नेता सिंगो समाजको प्रतिनिधित्व गर्न सकिराखेको छैन। त्यसको कारण के हो भने नेपालमा सर्वहारा वर्ग छँदैछैन। नेपालमा रहेका आजको सर्वहारा वर्ग त दिल्ली र बम्बैमा दरवान, चौकिदार र होटलका कामदार बनेर जवानी गुजार्दै छन्, सक्नेहरू मध्यपूर्व अथवा मलेसियामा गएका छन्। हाम्रो समाजको कटु सत्य के छ भने अन्य देशमा हाम्रा सर्वहारा वर्गले बगाएको पसिनाबाट आर्जिएको ज्यालाका भरमा नेपालमा एउटा 'भुइँफुट्टा' वर्गको रजगज चलेको छ। यस्तो 'भुइँफुट्टा' वर्गको अस्तित्वका बारे सर्वप्रथम बीपी कोइरालाले औँलाउनु भएको थियो। त्यस 'भुइँफुट्टा' वर्गलाई पञ्चायत कालमा विदेशी दानअनुदान र प्रोजेक्टले र एनजीओले मलजल गरेका थिए। तर आज त्यतिले नपुगेर विदेशिएको श्रमको शोषणबाट नेपालमा विषम समाजको निर्माण भएको छ। यस परिस्थितिमा प्रचण्ड, बाबुराम वा मोहन वैद्यले नेपालमा विद्यमान नभएका सर्वहारा वर्गको नेतृत्व गर्दैछन्। त्यसैले गर्दा उनीहरू सर्वहारा वर्गको नेता हुन सकेका छैनन् भन्न सकिन्छ। यस्तो उत्तर मोहन वैद्यलाई दिएको ओठे जवाफ ठहरिनेछ। यो उत्तर गम्भीर हुनेछैन। यथार्थ के हो भने मार्क्सले भनेजस्तो सर्वहारा वर्ग रुस र चीनमा पनि थिएन। त्यति हुँदाहुँदै पनि दुवै देशमा क्रान्ति भए। ती क्रान्तिले आफूलाई कम्युनिस्ट क्रान्ति नै भने। उक्त दुवै मुलुकमा मात्रै होइन, क्युबा र भियतनाममा समेत मजदुर वर्गको पहल र संगठनमा कम्युनिस्ट क्रान्ति भएको थिएन। कदाचित् आजको नेपालमा माओवादी यही गर्न खोज्दैछन्। माथिका कम्युनिस्ट क्रान्तिमा त्यहाँका नेताले राष्ट्रिय परिस्थितिअनुरूप आफ्नो नेतृत्व र नीतिको व्याख्या गरेका थिए। माओ त्सेतुंगको तथाकथित नयाँ जनवादी क्रान्ति त्यस्तै व्याख्याको एउटा प्रयास थियो। एनेकपा (माओवादी)ले भने आजको नेपालका अनुसार आफ्नो कार्यक्रमको व्याख्या गर्नसकेको छैन। एकातिर उनीहरू नेपालमा अनुपस्थित सर्वहारा वर्गको जमात र त्यसको सम्भाव्य हितलाई कल्पना गरेर क्रान्ति गर्न खोज्दै छन् भने अर्कोतिर नेपालको धरातलअनुसारको सिद्धान्त बनाउनै असमर्थ भएका छन्। नेपालको धरातललाई बुझेका भए वैद्यले सर्वहारा वर्गको हित र राजनेताको महत्वकांक्षा विपरीत हुन्छ भन्ने अवस्था आउने थिएन।
नेताले जनताको भावनाअनुसार काम गर्न सकेको दिन त्यो व्यक्ति वर्ग विशेषको लालमोहरिया सदस्य भइरहनु पर्दैन। नेपालमा वर्ग छ, वर्ग संघर्ष पनि छ। त्यतिले नपुगेर यहाँ जातीय र जनजातीय भेद पनि छ। यताका दिनहरूमा लैंगिक आन्दोलन अगाडि आएको छ। पर्यावरणलगायत अनेकानेक सामयिक समस्याका अभियान पनि हामीले देखिरहेका छौं। रुढ वर्गीय दृष्णिकोणबाट मात्र सारा आन्दोलनलाई बुझ्न र बुझाउन गाह्रो पर्छ। अझ हिजोका कम्युनिस्ट क्रान्तिले प्रचलनमा ल्याएका प्रवर्ग र अवधारणालाई दोहोर्याएर केही बुझ्नबुझाउन त सत्तै्कसकिँदैन। पर्यावरणले कुनै एउटा वर्ग विशेषलाई मात्रै प्रभाव गरेको हुँदैन। पर्यावरणको विनाशका लागि पुँजीवाद अवश्य जिम्मेवार छ तर पर्यावरण जोगाउने क्रममा पुँजीवादी र साम्यवादीले प्रत्यक्ष लडाइँ गर्नैपर्छ भन्ने छैन। अझ हामीले भर्खरै एउटा डरलाग्दो भुँइचालो झेल्यौं। यस भुइँचालोले ल्याउन सक्ने भयावहता पुँजीवादी उत्पादन प्रणालीले झन् चर्को बनाएको छ। भूमण्डलीकरणले केन्द्रीकृत विकराल र विकृत सहरलाई जन्म दिएका छन्। काठमाडौं त्यस्तो एकमात्र सहर होइन। यस केन्द्रीकरणलाई रोक्न पुँजीवादको विस्तारको प्रचलित बाटो बदलिनुपर्छ, यो अन्तिम सत्य हो। तर भँुइचालोबाट रक्षाका क्रममा पुँजीवादी र कम्युनिस्टले पहिले नै काटाकाट गर्नुपर्छ भन्ने छैन। भोलि सहयोगको कुरा उठ्ला। माओवादीले त्यसमा पनि वर्गीय भेदभाव देख्लान्। यसमा अहिले केही टिप्प्णी गर्नु अमानवीय प्रतीत हुनेछ।
सूक्ष्मरूपमा भन्दा जाति, जनजाति, महिला, क्षेत्रीय विषमता, पर्यावरणका सबै समस्यालाई पुँजीवादको आर्थिक विकाससँग जोड्न सकिन्छ। यो एक वस्तुनिष्ठ सत्य हो। र, त्यति हुँदाहुँदै पनि यी सारा समूहलाई लिएर एउटा कार्यक्रम विशेषका लागि अगाडि बढाउन आज यावत पुराना शास्त्रको नवसंस्कार आवश्यक भएको छ। पुँजीवाद र साम्यवादसँग त्यस्तो शास्त्र छैन। आज नेपालमा हुने राजनेताले सबै सरोकारवाला समूहलाई साथ लिएर हिड्नुपर्छ। नेपालमा आज यस समय व्यापक नागरिक समाजको उपस्थिति छ। त्यस नागरिक समाजका विभिन्न अवयव छन्। यी सारालाई लिएर हिड्न राजनेताले खास किसिमको नौलो भाषा, प्रतीक र विम्बको निर्माण गर्नुपर्छ। राजनेता आकाशबाट टप्कने जन्तु होइन। यसै समाजमा विद्यमान विभिन्न वर्ग र प्रवृतिका बीचमा न्यूनतम मिलन विन्दु खोज्नु नै राजनेताको परिभाषा हो।
अमेरिकाको इतिहासमा अब्राहम लिंकनलाई राजनेताका रूपमा लिइन्छ। लिंकनले दास प्रथाका सबालमा भीषण गृहयुद्धको नेतृत्व गरेका थिए। अमेरिकाको ठूलो सम्पन्न जमात र क्षेत्र त्यस समय दास प्रथाको विमोचन चाहँदैन थिए। तर लिंकन दास प्रथाको विरोधमा लड्दाखेरी निश्चय उनी अमेरिकाको इतिहासमा तत्कालका लागि पक्षधर भए। तर समग्रमा उनीले लिएको कदमले लगत्तैपछि सिंगो अमेरिकालाई लाभान्वित गर्यो। अमेरिकालाई लाभान्वित गर्ने क्रममा उनले बोलेका भाषा, अभिव्यक्ति र भंगिमा आज पनि मननीय र अनुकरणीय छ। उनले गेटिसवर्गमा कसैका प्रति दुर्भावना नराख्ने ऐतिहासिक भाषण गरेका थिए। दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले त्यहाँका काला र गोराका बीचमा त्यसरी नै सेतु स्थापित गरे। समग्रमा राजनेताले प्रत्येक संघर्ष र द्वन्द्वका बीचमा पनि सबैलाई सक्तो चित्त बुझ्ने भाषा र शैली प्रयोग गरेको हुन्छ। उसले आफ्नो वैचारिक प्रतिबद्धता यथावत् राख्दाराख्दै पनि अर्को वर्गका शंका र डरलाई समेत निर्मूल गर्ने काम गरेको हुन्छ। राजनेता आफ्ना वर्गप्रति बेइमान हुनु पर्दैन बरुे आफ्नो वर्गका आग्रह, आकांक्षा, कमजोरी अर्को वर्गलाई बताउनुपर्छ। ठिक त्यस्तै अर्को वर्गको अकांक्षा, कमीकमजोरी आफ्नो वर्गलाई पनि बुझाउनु पर्छ। कुनै पनि राजनेता आफ्नो पार्टीको सदस्य हुनुहुँदैन भन्ने होइन तर त्यस व्यक्तिले आफ्नो पार्टीको दृष्टिकोणमात्र नबुझीकन अर्को पार्टीको दृष्टिकोण पनि बुझ्नुपर्छ। यसरी राजनेता समाजलाई तोड्ने होइन कि जोड्ने व्यक्तित्वका रूपमा परिचित हुँदैजान्छ। एनेकपा (माओवादी)को आजको अप्ठेरो के हो भने यो पार्टी आजको मितिमा अरू पार्टीको दृष्टिकोण बुझ्न बिलकुलै तयार छैन। अरू पार्टीको पनि समस्या त्यही हो। उनीहरू माओवादीको दृष्टिकोण बुझ्न पटक्कै तयार छैनन्। दुवै पटि्ट पूर्वाग्रह छ। यसले गर्दा नेपालीले आज नेता पाइरहेको छैन। राजनेता पाउनेको त परैको कुरा रहोस्।
आफ्ना मूल्य र मान्यतालाई यथावत राखेर विरोधीसमेतलाई बुझ्नु, विरोधीलाई बुझ्नुमात्रै होइन, सम्मान गर्नु राजनेताको पहिलो पहिचान हुन्छ। आफ्ना आखिरी दिनमा बीपी कोइरालाले यो गुण देखाउनुभएको थियो। राजासँग अत्यन्त कटु सम्बन्ध हुँदाहुँदै पनि राजाको सदाशयता विश्वास राखेर उहाँले राष्ट्रिय मेलमिलापको आह्वान गर्नुभयो। यस सिद्धान्तको सर्वोत्कृष्ट अभिव्यक्ति गान्धीमा छ। गान्धीले सधैंँ आफ्ना परम विरोधीलाई पनि मित्र भनेर सम्बोधन गरे। उनी सधैँ भन्थे, 'म दुस्मनलाई मार्ने पक्षमा छैन। म दुस्मनीलाई मार्न चाहन्छु। लडाइँ उही हो। लडाइँमा तपार्इँले व्यक्ति विशेषलाई हमला गर्नुभयो भने त्यसमा दुस्मनको मात्रै मृत्यु हुन्छ। व्यक्ति विशेषले प्रतिनिधित्व गरेको प्रवृत्तिलाई हमला गर्नुभयो भने दुस्मनी निर्मूल हुन्छ।' एनेकपा (माओवादी)को विडम्बना के हो भने यस दलले आफ्नो संघर्ष गर्ने क्रम व्यक्ति हत्या प्रारम्भ गर्यो। अहिले त्यो हत्या व्यवहारमा बन्द भएको छ तर त्यसको वैचारिक अभिव्यक्ति जारी छ। मोहन वैद्यको व्यक्तित्वमा त्यसको झझल्को पाइन्छ। अझ अफसोचको त केमा छ भने यो प्रवृत्ति माओवादीमा मात्र सीमित छैन। हाम्रो पार्टी नेपाली कांग्रेसमा पनि शीर्षस्थ स्थानमा अवस्थित छ। यो आजको नेपालको भयानक त्रासदी हो।
राजनीतिक दलहरूमा एक अर्काको दृष्टिकोण बुझ्न तयार हुने प्रवृत्ति नभएकै कारण नेपालीले आज नेता नै पाइरहेका छैनन् भने राजनेता पाउनु त धेरै परको सपना भयो।
राजनेता र सर्वहाराको भूमिका
प्रदीप गिरि
गत साता (भदौ ३० गते) नागरिक दैनिकमा एनेकपा (माओवादी)को एउटा सभाको सानो समाचार छापिएको छ। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्यले सभालाई सँगै सम्बोधन गरेका रहेछन्। सभामा मोहन वैद्यले प्रचण्डलाई राजनेता बन्ने प्रलोभनबाट जोगिने सल्लाह दिएका थिए। प्रचण्डले राजनेता बन्दा सर्वहारा वर्गको वर्गीय हित हुँदैन भन्ने मोहन वैद्यको कथन थियो। मोहन वैद्य अर्थात् कमरेड 'किरण' माओवादीका शीर्षस्थ सिद्धान्तकार हुन्। माओवादीको स्थापनाकालदेखि अहिलेसम्म पार्टीको सिद्धान्त, कार्यक्रम र रणनीतिको व्याख्याका क्रममा उनको ठुलो योगदान छ। मोहन वैद्यले माओवादी १२ बुँदे सम्झौतामा आएदेखि अहिलेसम्म आफ्नो वर्गीय(?) दृष्टिकोणलाई कहिले पनि लुकाएका छैनन्। माओवादीले 'जनयुद्ध' थाल्दा नेपालमा सीमाबद्ध भए पनि एउटा प्रजातान्त्रिक व्यवस्था थियो। विसं २०४७ सालमा लागु गरिएको संविधानमा लेख्ने, बोल्ने, पार्टी खोल्ने स्वतन्त्रता सन्तोषजनक मात्रामा प्रत्याभूति गरिएको थियो। माओवादीले त्यस व्यवस्थाको विरोधमा हतियार उठायो। भोलिको नेपालमा पनि उदारवादका यस्तै आधारभूत मान्यता कायम राखेर एउटा नयाँ किसिमको बहुदलीय व्यवस्था बनाउने प्रयत्न भइरहेको छ। यस पृष्ठभूमिमा मोहन वैद्यको टिप्पणीले ध्यान आकर्षण गर्छ।
कम्युनिस्टहरूले मार्क्सवादलाई एउटा सम्पूर्ण एवं अकाट्य वैज्ञानिक शास्त्रका रूपमा लिएका छन्। मार्क्सवादभित्र अणुपरमाणुदेखि ब्रह्माण्डसम्मका सबै समस्याको व्याख्या छ। त्यस्ता समस्याको त्यहाँ व्याख्यामात्र छैन, समस्याहरूको समाधान पनि छ भन्ने सामान्यतः सबै कम्युनिस्टको विश्वास छ। यस सर्वज्ञ विज्ञानले नेतृत्वको चरित्र र कोटीका बारेमा पृथक धारणा राख्नु स्वभाविकै हो। शास्त्रीय मार्क्सवाद अर्थात् मार्क्स र एंगेल्सको रचनात्मक परम्परामा भने नेतृत्वका बारे धेरै विशद चर्चा भएको भेटिँदैन। कार्ल मार्क्सले नेपोलियन तृतीयका बारे लेखेको 'दी एटिन्थ ब्रुमअर अफ नेपालीयन बोनापार्ट' भन्ने पुस्तकमा व्यक्तिले इतिहास बनाउने प्रक्रियाका बारेमा केही गम्भीर टिप्पणी अवश्य गरिएको छ। होइन भने मार्क्सवादले इतिहास निर्माणका प्रक्रियामा व्यक्तिलाई केन्द्रीय भूमिका दिने गरेको छैन। सोभियत क्रान्तिको विकासक्रमका निमित्त लेनिनको व्यक्तित्वभन्दा पनि तत्कालीन आर्थिक, भौतिक र अन्तर्राष्ट्रिय परिस्थिति जिम्मेदार छ भनेर कट्टर लेनिनपन्थीले पनि लेखेका छन्। बरु लेनिनका आलोचकले सोभियत क्रान्ति लेनिनको व्यक्तित्व र नेतृत्वको प्रत्यक्ष परिणाम थियो भनेका छन्। लेनिनका कुनै समयका गुरु प्लेखानोभले इतिहासमा निर्वैयक्तिक शक्ति प्रधान हुन्छ भनेर एउटा सिंगो पुस्तक नै लेखे। तदनुरूप बोल्सेभिक क्रान्तिपछि रुसमा एउटा खास प्रकारको मार्क्सवाद विकसित भयो। यस्तै चिन्तनको आधारमा स्टालिनले पार्टी, कार्यकर्ता, नेतृत्व र समाजका बारेमा सिद्धान्तहरू बनाए। स्टालिनको भाष्य नै कम्युनिज्मको आधिकारिक सिद्धान्त भयो। यसै वौद्धिक परम्परामा नेतृत्वको वर्ग र श्रेणीका बारे मोहन वैद्यले टिप्पणी गर्नुभएको हो।
मोहन वैद्यको प्रस्तुतीकरणले आजको नेपालको ऐतिहासिक चरणमा सर्वहारा वर्गको भूमिका र बाँकी समाजको सम्बन्धका बारे एउटा प्रश्न उठाएको छ। सर्वहारा वर्ग र बाँकी समाजका हित एक हुन् वा विपरीत छन्? शास्त्रीय मार्क्सवादले सर्वहारा वर्गको स्वार्थलाई बाँकी समाजको स्वार्थभन्दा पृथक राखेको थिएन। सर्वहारा वर्ग एउटा खास ऐतिहासिक चरणमा समाजको सर्वाधिक प्रगतिशील वर्ग हुन्छ। सर्वहारा वर्गले अगाडि सारेको विचारलाई समाजका शेष सदस्यले तत्कालका लागि अस्वीकार गर्न सक्छन्। किन्तु, समग्रमा सर्वहारा वर्गको हित नै त्यस समयको वर्ग समाजमा समेत सिंगो समाजको निमित्त हितकारी हुन्छ भन्ने मार्क्सको अडान थियो। त्यस दृष्टिले सर्वहारा वर्गको एउटा नेता सिंगो समाजको नेता हुन नसक्ने भन्ने देखिँदैन। साँच्चै भन्ने हो भने जुन नेता जति हदसम्म सर्वहारा वर्गको साचो नेता छ त्यस हदसम्म त्यसले सिंगो समाजको भावना र आकांक्षाको प्रतिनिधित्व गर्नुपर्ने हो।
उपर्युक्त तर्कलाई तन्काएर एउटा कुरा सजिलै भन्न सकिन्छ, आज नेपालका माओवादी नेता सिंगो समाजको प्रतिनिधित्व गर्न सकिराखेको छैन। त्यसको कारण के हो भने नेपालमा सर्वहारा वर्ग छँदैछैन। नेपालमा रहेका आजको सर्वहारा वर्ग त दिल्ली र बम्बैमा दरवान, चौकिदार र होटलका कामदार बनेर जवानी गुजार्दै छन्, सक्नेहरू मध्यपूर्व अथवा मलेसियामा गएका छन्। हाम्रो समाजको कटु सत्य के छ भने अन्य देशमा हाम्रा सर्वहारा वर्गले बगाएको पसिनाबाट आर्जिएको ज्यालाका भरमा नेपालमा एउटा 'भुइँफुट्टा' वर्गको रजगज चलेको छ। यस्तो 'भुइँफुट्टा' वर्गको अस्तित्वका बारे सर्वप्रथम बीपी कोइरालाले औँलाउनु भएको थियो। त्यस 'भुइँफुट्टा' वर्गलाई पञ्चायत कालमा विदेशी दानअनुदान र प्रोजेक्टले र एनजीओले मलजल गरेका थिए। तर आज त्यतिले नपुगेर विदेशिएको श्रमको शोषणबाट नेपालमा विषम समाजको निर्माण भएको छ। यस परिस्थितिमा प्रचण्ड, बाबुराम वा मोहन वैद्यले नेपालमा विद्यमान नभएका सर्वहारा वर्गको नेतृत्व गर्दैछन्। त्यसैले गर्दा उनीहरू सर्वहारा वर्गको नेता हुन सकेका छैनन् भन्न सकिन्छ। यस्तो उत्तर मोहन वैद्यलाई दिएको ओठे जवाफ ठहरिनेछ। यो उत्तर गम्भीर हुनेछैन। यथार्थ के हो भने मार्क्सले भनेजस्तो सर्वहारा वर्ग रुस र चीनमा पनि थिएन। त्यति हुँदाहुँदै पनि दुवै देशमा क्रान्ति भए। ती क्रान्तिले आफूलाई कम्युनिस्ट क्रान्ति नै भने। उक्त दुवै मुलुकमा मात्रै होइन, क्युबा र भियतनाममा समेत मजदुर वर्गको पहल र संगठनमा कम्युनिस्ट क्रान्ति भएको थिएन। कदाचित् आजको नेपालमा माओवादी यही गर्न खोज्दैछन्। माथिका कम्युनिस्ट क्रान्तिमा त्यहाँका नेताले राष्ट्रिय परिस्थितिअनुरूप आफ्नो नेतृत्व र नीतिको व्याख्या गरेका थिए। माओ त्सेतुंगको तथाकथित नयाँ जनवादी क्रान्ति त्यस्तै व्याख्याको एउटा प्रयास थियो। एनेकपा (माओवादी)ले भने आजको नेपालका अनुसार आफ्नो कार्यक्रमको व्याख्या गर्नसकेको छैन। एकातिर उनीहरू नेपालमा अनुपस्थित सर्वहारा वर्गको जमात र त्यसको सम्भाव्य हितलाई कल्पना गरेर क्रान्ति गर्न खोज्दै छन् भने अर्कोतिर नेपालको धरातलअनुसारको सिद्धान्त बनाउनै असमर्थ भएका छन्। नेपालको धरातललाई बुझेका भए वैद्यले सर्वहारा वर्गको हित र राजनेताको महत्वकांक्षा विपरीत हुन्छ भन्ने अवस्था आउने थिएन।
नेताले जनताको भावनाअनुसार काम गर्न सकेको दिन त्यो व्यक्ति वर्ग विशेषको लालमोहरिया सदस्य भइरहनु पर्दैन। नेपालमा वर्ग छ, वर्ग संघर्ष पनि छ। त्यतिले नपुगेर यहाँ जातीय र जनजातीय भेद पनि छ। यताका दिनहरूमा लैंगिक आन्दोलन अगाडि आएको छ। पर्यावरणलगायत अनेकानेक सामयिक समस्याका अभियान पनि हामीले देखिरहेका छौं। रुढ वर्गीय दृष्णिकोणबाट मात्र सारा आन्दोलनलाई बुझ्न र बुझाउन गाह्रो पर्छ। अझ हिजोका कम्युनिस्ट क्रान्तिले प्रचलनमा ल्याएका प्रवर्ग र अवधारणालाई दोहोर्याएर केही बुझ्नबुझाउन त सत्तै्कसकिँदैन। पर्यावरणले कुनै एउटा वर्ग विशेषलाई मात्रै प्रभाव गरेको हुँदैन। पर्यावरणको विनाशका लागि पुँजीवाद अवश्य जिम्मेवार छ तर पर्यावरण जोगाउने क्रममा पुँजीवादी र साम्यवादीले प्रत्यक्ष लडाइँ गर्नैपर्छ भन्ने छैन। अझ हामीले भर्खरै एउटा डरलाग्दो भुँइचालो झेल्यौं। यस भुइँचालोले ल्याउन सक्ने भयावहता पुँजीवादी उत्पादन प्रणालीले झन् चर्को बनाएको छ। भूमण्डलीकरणले केन्द्रीकृत विकराल र विकृत सहरलाई जन्म दिएका छन्। काठमाडौं त्यस्तो एकमात्र सहर होइन। यस केन्द्रीकरणलाई रोक्न पुँजीवादको विस्तारको प्रचलित बाटो बदलिनुपर्छ, यो अन्तिम सत्य हो। तर भँुइचालोबाट रक्षाका क्रममा पुँजीवादी र कम्युनिस्टले पहिले नै काटाकाट गर्नुपर्छ भन्ने छैन। भोलि सहयोगको कुरा उठ्ला। माओवादीले त्यसमा पनि वर्गीय भेदभाव देख्लान्। यसमा अहिले केही टिप्प्णी गर्नु अमानवीय प्रतीत हुनेछ।
सूक्ष्मरूपमा भन्दा जाति, जनजाति, महिला, क्षेत्रीय विषमता, पर्यावरणका सबै समस्यालाई पुँजीवादको आर्थिक विकाससँग जोड्न सकिन्छ। यो एक वस्तुनिष्ठ सत्य हो। र, त्यति हुँदाहुँदै पनि यी सारा समूहलाई लिएर एउटा कार्यक्रम विशेषका लागि अगाडि बढाउन आज यावत पुराना शास्त्रको नवसंस्कार आवश्यक भएको छ। पुँजीवाद र साम्यवादसँग त्यस्तो शास्त्र छैन। आज नेपालमा हुने राजनेताले सबै सरोकारवाला समूहलाई साथ लिएर हिड्नुपर्छ। नेपालमा आज यस समय व्यापक नागरिक समाजको उपस्थिति छ। त्यस नागरिक समाजका विभिन्न अवयव छन्। यी सारालाई लिएर हिड्न राजनेताले खास किसिमको नौलो भाषा, प्रतीक र विम्बको निर्माण गर्नुपर्छ। राजनेता आकाशबाट टप्कने जन्तु होइन। यसै समाजमा विद्यमान विभिन्न वर्ग र प्रवृतिका बीचमा न्यूनतम मिलन विन्दु खोज्नु नै राजनेताको परिभाषा हो।
अमेरिकाको इतिहासमा अब्राहम लिंकनलाई राजनेताका रूपमा लिइन्छ। लिंकनले दास प्रथाका सबालमा भीषण गृहयुद्धको नेतृत्व गरेका थिए। अमेरिकाको ठूलो सम्पन्न जमात र क्षेत्र त्यस समय दास प्रथाको विमोचन चाहँदैन थिए। तर लिंकन दास प्रथाको विरोधमा लड्दाखेरी निश्चय उनी अमेरिकाको इतिहासमा तत्कालका लागि पक्षधर भए। तर समग्रमा उनीले लिएको कदमले लगत्तैपछि सिंगो अमेरिकालाई लाभान्वित गर्यो। अमेरिकालाई लाभान्वित गर्ने क्रममा उनले बोलेका भाषा, अभिव्यक्ति र भंगिमा आज पनि मननीय र अनुकरणीय छ। उनले गेटिसवर्गमा कसैका प्रति दुर्भावना नराख्ने ऐतिहासिक भाषण गरेका थिए। दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले त्यहाँका काला र गोराका बीचमा त्यसरी नै सेतु स्थापित गरे। समग्रमा राजनेताले प्रत्येक संघर्ष र द्वन्द्वका बीचमा पनि सबैलाई सक्तो चित्त बुझ्ने भाषा र शैली प्रयोग गरेको हुन्छ। उसले आफ्नो वैचारिक प्रतिबद्धता यथावत् राख्दाराख्दै पनि अर्को वर्गका शंका र डरलाई समेत निर्मूल गर्ने काम गरेको हुन्छ। राजनेता आफ्ना वर्गप्रति बेइमान हुनु पर्दैन बरुे आफ्नो वर्गका आग्रह, आकांक्षा, कमजोरी अर्को वर्गलाई बताउनुपर्छ। ठिक त्यस्तै अर्को वर्गको अकांक्षा, कमीकमजोरी आफ्नो वर्गलाई पनि बुझाउनु पर्छ। कुनै पनि राजनेता आफ्नो पार्टीको सदस्य हुनुहुँदैन भन्ने होइन तर त्यस व्यक्तिले आफ्नो पार्टीको दृष्टिकोणमात्र नबुझीकन अर्को पार्टीको दृष्टिकोण पनि बुझ्नुपर्छ। यसरी राजनेता समाजलाई तोड्ने होइन कि जोड्ने व्यक्तित्वका रूपमा परिचित हुँदैजान्छ। एनेकपा (माओवादी)को आजको अप्ठेरो के हो भने यो पार्टी आजको मितिमा अरू पार्टीको दृष्टिकोण बुझ्न बिलकुलै तयार छैन। अरू पार्टीको पनि समस्या त्यही हो। उनीहरू माओवादीको दृष्टिकोण बुझ्न पटक्कै तयार छैनन्। दुवै पटि्ट पूर्वाग्रह छ। यसले गर्दा नेपालीले आज नेता पाइरहेको छैन। राजनेता पाउनेको त परैको कुरा रहोस्।
आफ्ना मूल्य र मान्यतालाई यथावत राखेर विरोधीसमेतलाई बुझ्नु, विरोधीलाई बुझ्नुमात्रै होइन, सम्मान गर्नु राजनेताको पहिलो पहिचान हुन्छ। आफ्ना आखिरी दिनमा बीपी कोइरालाले यो गुण देखाउनुभएको थियो। राजासँग अत्यन्त कटु सम्बन्ध हुँदाहुँदै पनि राजाको सदाशयता विश्वास राखेर उहाँले राष्ट्रिय मेलमिलापको आह्वान गर्नुभयो। यस सिद्धान्तको सर्वोत्कृष्ट अभिव्यक्ति गान्धीमा छ। गान्धीले सधैंँ आफ्ना परम विरोधीलाई पनि मित्र भनेर सम्बोधन गरे। उनी सधैँ भन्थे, 'म दुस्मनलाई मार्ने पक्षमा छैन। म दुस्मनीलाई मार्न चाहन्छु। लडाइँ उही हो। लडाइँमा तपार्इँले व्यक्ति विशेषलाई हमला गर्नुभयो भने त्यसमा दुस्मनको मात्रै मृत्यु हुन्छ। व्यक्ति विशेषले प्रतिनिधित्व गरेको प्रवृत्तिलाई हमला गर्नुभयो भने दुस्मनी निर्मूल हुन्छ।' एनेकपा (माओवादी)को विडम्बना के हो भने यस दलले आफ्नो संघर्ष गर्ने क्रम व्यक्ति हत्या प्रारम्भ गर्यो। अहिले त्यो हत्या व्यवहारमा बन्द भएको छ तर त्यसको वैचारिक अभिव्यक्ति जारी छ। मोहन वैद्यको व्यक्तित्वमा त्यसको झझल्को पाइन्छ। अझ अफसोचको त केमा छ भने यो प्रवृत्ति माओवादीमा मात्र सीमित छैन। हाम्रो पार्टी नेपाली कांग्रेसमा पनि शीर्षस्थ स्थानमा अवस्थित छ। यो आजको नेपालको भयानक त्रासदी हो।
No comments:
Post a Comment