नेपाल स्पेन समाचार तपाई हरुको हार्दिक स्वागत गर्दै निस्पल्क्ष सत्य र राजनैतिक तथा सामाजिक समाचार लाई प्राथमिकता दिदै समाचार को अपेक्षा गर्दछ

गृह - बिचार तथा बिस्लेशण - शुभ कामना- साहित्य- प्रवासी समाचार- ब्यक्ती / ब्यक्तित्व- मोडेल - धर्म- ड्राईभिङ - भाषा परिवर्तन - फन्ट डाउन्लोड -नेपाली टाईप - हाम्रो बारेमा

Sunday, January 2, 2011

किन उठ्छन् माओवादीबारे अनेक प्रश्नहरु - केशब देबकोटा

माओवादी नेपालको संविधानसभाको सबैभन्दा ठूलो दल हो । शशस्त्र युद्धबाट आएको आफूलाई अन्य संसदवादी दलभन्दा बेग्लै र क्रान्तिकारी भन्न रुचाउने र हाल प्रमुख प्रतिपक्षी दलमा रहिरहेको माओवादी पार्टीमाथि निरन्तर रुपले अनेक प्रश्नहरु उठ्ने गरेका छन् । कतिपय प्रश्नको नेपाली जनताले हल्का फुल्का उत्तर पाउने गरे पनि अधिकांश प्रश्न र जिज्ञासाहरु अनुत्तरित नै रहेको देखिएको छ । बास्तवमा देशका जिम्मेवार राजनीतिक पार्टीहरुमाथि यसरी अनगिन्ती संसययुक्त प्रश्नहरु उठ्नु आफैमा राम्रो कुरा होइन । प्रश्न उठिसकेपछि त्यसका बारेमा स्पष्ट नगर्नु अर्को आपतिजनक कुरा हो । माओवादीमाथि धेरै लाग्ने गरेको आरोप दोहोरो चरित्र प्रदर्शन गरेको भन्ने नै देखिन्छ । राजनीतिमा दोहोरो चरित्र आफैमा आलोच्य छ । त्यमाथि पनि कम्युनिष्ट पार्टीहरुमा त यस्तो दोहोरो चरित्रको प्रदर्शन बर्जित नै मानिन्छ । माओवादीको कम्युनिष्ट चरित्रकाबारेको बिश्लेषण आफ्नै ठाउँमा छ । तर कम्युनिष्ट पार्टी हुनुको नाताले उसले आफ्नै खालको आदर्श मूल्य र मान्यताको निर्वाह गर्नु पर्ने सर्बत्र अपेक्षा भैरहेको हुन्छ । कम्युनिष्ट नैतिकता र आचरण एबं अनुसाशनका कुराहरु रहेका छन् । ठोस परिस्थितिको ठोस बिश्लेषण गरेर मात्र कुनै पनि घटनाका बारेमा बोल्नुपर्ने र कदम चाल्नु पर्ने कुराहरु छन् । आलोचना र आत्मालोचनाको पद्धति छ र त्यसको पनि आफ्नै दायरा छ । भाईचारा पार्टी शत्रु र मित्रु शक्ति छुट्याएर काम गर्नुपर्ने लगायतका कुराहरु पनि कम्युनिष्ट पार्टी हुनुको नाताले ख्याल गर्नैपर्ने मानिन्छ । माओवादीले १० बर्ष जनयुद्धका नाममा जुन आदर्श देखाएको थियो त्यसको पालना भयो कि भएन अथवा उलंघन भएको भए किन उलंघन भैरहेको छ भन्ने जिज्ञासाहरु पनि ब्यक्त हुने गर्दछन् । त्यसैले माओवादीका बारेमा उठेका प्रश्नहरुको


सो पार्टीले मात्र नभएर अन्य पार्टी र शक्तिहरुले पनि बिश्लेषण गर्ने तथा निश्कर्ष निकाल्ने प्रयास गरेमा उपयुक्त हुने देखिएको छ । राजनीतिमा दोहोरो चरित्रको प्रदर्शन संसदवादी राजनीतिको चरम बिकृत रुप हो । त्यस्तो रुप नेपालको माओवादी पार्टीले देखाएको छ भन्ने खबर बिश्वभर कै कम्युनिष्टहरुका लागि अपि्रय मानिन्छ । दोहोरो चरित्र प्रदर्शन गर्नेहरु कहिल्यै पनि सफल हुदैनन् । त्यस्तो राजनीति धेरै दिन टिक्दा पनि टिक्दैन । त्यसैले माओवादीले आफ्नो दोहोरो चरित्रका बारेमा यथासमयमा बिचार गरेर सुधार्न सक्नु पर्दछ । माओवादी नेपालका अन्य संसदवादी दलभन्दा अलग पार्टी हुदै होइन । किनकी उ नेपाली जनताद्वारा गरिएको मतदानबाट संबिधानसभाको सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा गयो । आफ्नो नेतृत्वमा एमाले र मधेशी दलहरुलाई मिलाएर सरकार बनायो । संसदवादी राजनीतिको एउटा प्रमुख पक्ष मानिने प्रमुख प्रतिपक्षी दलको हैसियतलाई सहस्र स्वीकार गर् यो । अझ कतिपय अबस्थामा त नेकां र एमाले लगायतका संसदवादी दलहरुलाई नै बिसा्रउने गरी सत्ता र भत्ताको लागि लुछाचुँडी गर् यो । यस्तो अबस्थामा उसले आफूलाई संविधानसभामा रहेका अन्य दलभन्दा भिन्न भन्न पनि मिल्दैन र अन्य दलहरुले उठाएका कुराहरुप्रति वेवास्ता गर्न पनि मिल्दैन । जहाँसम्म प्रधानमन्त्री पदको कुरा छ अब प्रधानमन्त्री को बन्ने भन्ने बिबाद पार्टी तहमा मात्र नभएर ब्यक्ति तहसम्म नै पुगिसक्यो । माओवादी नेकां र एमाले लगायतका प्रायः सबै दलका नेताहरुले प्रधानमन्त्री बन्ने इच्छा र आक्यांक्षा राखेको देखिएको छ । सबैले आफूलाई सो पद नभैनहुने तर अरुलाई कसैगरी दिनै नहुने नीति लिएर अनेक षडयन्त्रमा खेल्दा देशले बिगत झण्डै ६ महिनादेखि प्रधानमन्त्री समेत छनौट गर्न सकिरहेको छैन । निर्धारित मितिमा नयाँ संविधान बन्न नसक्दा कतिपय छिमेकी मुलुकहरुले आफ्नो देशको संविधानलाई आधार बनाएर संबिधान निर्माण गरे हुने भन्नेजस्ता धारणा ब्यक्त गर्न थालेका छन् । भोली प्रधानमन्त्री छनौट हुन नसक्दा छिमेकी देशहरुले आफ्नो देशको प्रधानमन्त्रीबाट काम चलाउ भने भने के होला त्यसैले माओवादी लगायतका सबै दलहरुले यदि यही देशमा राजनीति गर्ने हो भने प्रजातन्त्रका बिश्वब्यापि मूल्य र मान्यताहरुको अनुशरण गर्नैपर्ने हुन्छ । सहमति गर्ने हो भने मेरो गोरुको बाह्रैटक्का भन्न छाडेर अरुका कुरा पनि मान्नु पर् यो । आफ्नो नेतृत्वमा सरकार बनाउने हो भने अन्य सहयोगी दलहरुलाई बिश्वासमा लिन सक्नु पर् यो । अन्यथा सरक्क प्रतिपक्षमा बसेर देश र जनताका समस्याहरु समाधान गर्ने गराउने र सरकारलाई जनबिरोधी तथा राष्ट्र बिरोधी काम कारवाही गर्न नदिन खबरदारी गर्नु पर् यो । यतिवेलाको अबस्थामा माओवादीको नेतृत्वमा अन्य कुनै पार्टीहरु पनि सरकारमा जान तयार छैनन् । कतिपयले त आफ्नो नेतृत्वमा बन्ने सरकारमा समेत माओवादीलाई राख्न नसकिने बताउँदै आएका छन् । यस्तो अबस्थामा माओवादीले सत्ताको रडाको मच्चाउनु हुने थिएन । उसले सहज ढंगले प्रतिपक्षमा बस्ने नीति अख्तियार गरेर अन्य दलहरुलाई सरकार बनाउन मार्गप्रसस्त गर्नुका साथै दबाब दिने हो भने देशले अहिलेको जस्तो अन्यौल अनिश्चितताको अबस्था ब्यहोर्नु नै पर्ने थिएन । माओवादीले राजनीतिका कुनै पनि मूल्य मान्यता र आदर्शको ख्याल नगरी जेपायो त्यही बोल्ने र गर्ने गरेका कारण उसका बारेमा पनि जथाभावी कुराहरु प्रचार हुने गरेका छन् । बिभिन्न कोणबाट बिभिन्न आरोप लगाइने गरेका छन् । माओवादीले नराम्रो काम गरेको भए उसको पतन होला त्यो स्वाभाविक छ । तर कम्युनिष्ट पार्टी भएको नाताले माओवादीका गतिविधिबाट अन्य कम्युनिष्ट पार्टीहरु पनि प्रभावित हुने भएकाले सबैले यसमा ध्यान दिनै पर्ने भएको छ । माओवादीले देशको राजनीतिलाई बिकृत नबनाओस र अन्य कम्युनिष्टहरुलाई समेत बदनाम नगराओस भन्नैपर्ने हुन्छ ।